Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Others/भारत सरकारको सहयोगमा तेह्रथुममा शीतभण्डार निर्माण सुरु

भारत सरकारको सहयोगमा तेह्रथुममा शीतभण्डार निर्माण सुरु

10/14/2026, 5:43:24 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
भारत सरकारको सहयोगमा तेह्रथुममा शीतभण्डार निर्माण सुरु

भारत सरकारको सहयोगमा तेह्रथुममा शीतभण्डार निर्माण सुरु भएको छ। लालीगुराँस नगरपालिका–२ मा निर्माण हुने शीतभण्डारको बुधबार शिलान्यास गरिएको छ । शीतभण्डारको नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव ऋषभ देव र लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। शीतभण्डार निर्माणका लागि भारत सरकारले करिब ४ करोड ४१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण हुने यो आयोजना लालीगुराँस नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ। यो तेह्रथुम जिल्लामा सञ्चालन हुन लागेको दोस्रो एचआईसीडीपी परियोजना हो। शीतभण्डार निर्माणले लालीगुराँस नगरपालिकामा कृषि उपजको भण्डारण तथा व्यवस्थापन सहज बनाउनुका साथै दिगो कृषि व्यवसाय विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। शिलान्यास कार्यक्रममा नगरप्रमुखसहित स्थानीय सरोकारवालाले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ पूर्वाधारले कृषि क्षेत्रको दीर्घकालीन विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए। नेपाल र भारतबीच विभिन्न क्षेत्रमा हुँदै आएको सहकार्यअन्तर्गत एचआईसीडीपी परियोजनाले नेपालको प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास र आर्थिक वृद्धिका लागि सहयोग गर्दै आएको भारतीय दूतावासले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

ईसेवा मनी ट्रान्सफर र भिसाबीच रणनीतिक साझेदारी
OthersJust now

ईसेवा मनी ट्रान्सफर र भिसाबीच रणनीतिक साझेदारी

२८ असोज, काठमाडौं । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्सफरले विश्वव्यापी डिजिटल भुक्तानी कम्पनी भिसासँग रणनीतिक साझेदारी गरेको छ। साझेदारीअन्तर्गत भिसा डाइरेक्ट प्लेटफर्मलाई एकीकृत गरिने भएको छ। यसबाट विश्वभरका भिसा डाइरेक्ट सुविधा उपलब्ध गराउने साझेदारमार्फत नेपालमा रेमिट्यान्स पठाउने प्रक्रिया थप सहज हुने अपेक्षा गरिएको छ। भिसा डाइरेक्ट भिसाको विश्वव्यापी रकम स्थानान्तरणसम्बन्धी प्लेटफर्म हो।… ...

अनलाइन खबर
‘स्वास्थ्य श्री’ ब्रान्ड तोरी तेल गुणस्तरहीन, बजारबाट तत्काल फिर्ता गर्न सरकारको निर्देशन
OthersJust now

‘स्वास्थ्य श्री’ ब्रान्ड तोरी तेल गुणस्तरहीन, बजारबाट तत्काल फिर्ता गर्न सरकारको निर्देशन

कारबाहीमा परेको स्वास्थ्य श्री तोरी तेल आयातित तोरीको दानाबाट उत्पादन गरिएको १ लिटर प्याकेटमा बजारमा उपलब्ध थियो । ...

अनलाइन खबर
महँगीले खर्चिलो बन्दै दशैं, न्यून आय भएकालाई चाडपर्व धान्नै मुस्किल
OthersJust now

महँगीले खर्चिलो बन्दै दशैं, न्यून आय भएकालाई चाडपर्व धान्नै मुस्किल

काठमाडौँ उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड लागेको छ । दसैँ नजिकिँदै गर्दा खासगरी सहरी क्षेत्रका भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धरा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर, पुतली सडकलगायतका क्षेत्रमा लुगाफाटा र आवश्यक सरसामान खरिद गर्नेको चहलपहल बाक्लो रुपमा रहेको पाइएको छ । गत भदौ १० गते भोटेकोशी बाढीपछि छिमेकी मुलुक चीनतर्फको दुई वटा नाका ठप्प भएकाले ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play