Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Others/महँगीले खर्चिलो बन्दै दशैं, न्यून आय भएकालाई चाडपर्व धान्नै मुस्किल

महँगीले खर्चिलो बन्दै दशैं, न्यून आय भएकालाई चाडपर्व धान्नै मुस्किल

10/14/2026, 6:27:23 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
महँगीले खर्चिलो बन्दै दशैं, न्यून आय भएकालाई चाडपर्व धान्नै मुस्किल

काठमाडौँ उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड लागेको छ ।

दसैँ नजिकिँदै गर्दा खासगरी सहरी क्षेत्रका भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धरा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर, पुतली सडकलगायतका क्षेत्रमा लुगाफाटा र आवश्यक सरसामान खरिद गर्नेको चहलपहल बाक्लो रुपमा रहेको पाइएको छ ।

गत भदौ १० गते भोटेकोशी बाढीपछि छिमेकी मुलुक चीनतर्फको दुई वटा नाका ठप्प भएकाले पनि अघिल्लो वर्षको तुलनामा बजारमा खासगरी लत्ताकपडाको मूल्य केही बढेको हुनसक्ने उपभोक्ताको अनुमान छ । हुन त दैनिक उपभोग्यवस्तुसहित खाद्यान्नको मूल्य पनि पछिल्लो समय निकै बढेको उपभोक्ताको गुनासो छ ।

काठमाडौँ महानगर पालिका–३२ का शालिकचन्द्र शर्माले महङ्गी बढेसँगै चाडपर्व मनाउन पनि अप्ठ्यारो हुँदै गएको गुनासो गरे ।

‘जिरा मसिनो चामलको भाउ एक बोरामा नै रु ३०० बढेको छ, उनले भने दसैँमा खानुपर्ने खसीको मासुको भाउ पनि प्रतिकिलो तीनदेखि ४०० ले बढेको छ । न्यून आय हुनेका लागि त दसैँ मनाउन पनि मुस्किल हुने देखिएको छ ।’

शालिकचन्द्र मात्रै होइन्, तिनकुनेकी स्मिता खत्री पनि यसपालीको दसैँमा आफ्ना परिवारका सदस्यलाई एकजोर नयाँ लुगा फेरिदिने सोचमा छिन् । तर, लत्ताकपडाको भाउ बढे पनि जेनतेन तीन सन्तानलाई नयाँ लुगा किनमेल गरिसकेको बताइन् । ‘दसैँमा एकसरो लुगा त फेरिदिनुप¥यो नी, उनले भनिन् सीमित आयस्रोत हुनेलाई दसैँ त दशा जस्तै हुने के गर्नु नमनाएर पनि नहुने ।’

आम्दानीको स्रोत कम हुनेलाई दसैँ मनाउने विषय धेरै सास्ती हुने गरेको सर्वसाधारण उपभोक्ताको भनाइ छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले यसपालीको दसैँमा खाद्यान्न, लत्ताकपडा र अन्य अत्यावश्यक सरसमानको भाउ निकै वृद्धि भएको बताए । ‘बजारमा सबैखालको खाद्यान्नमा भाउ बढेको छ, उनले भने अहिले त ताजा तरकारी, फलफूलदेखि मासुजन्य पदार्थको मूल्य आकासिएको छ ।’

अध्यक्ष तिमिल्सिना नियमित रुपमा बजार अनुगमन गरी मूल्यवृद्धिलाई नियन्त्रण गर्नेतर्फ सरकारका समयन्त्र अग्रसर हुनुपर्ने बताउँछन् ।

‘सरकारले आपूर्ति शृङ्खलालाई नियमित गर्ने र मूल्यवृद्धि नियन्त्रणमा हस्तक्षेप गरेर नै अघि बढ्नुपर्ने जरुरी देखिएको छ’, उनले भने ।

नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले छिमेकी मुलुक चीनसँग जोडिएका मुख्य लाइफलाइनका रुपमा रहेका रसुवा र तातोपानीका नाका अवरुद्ध हुँदा वस्तु तथा समान ल्याउन असहज भइरहेको बताए ।

‘चीनसँग जोडिएका नाका अवरुद्ध हुँदा व्यापारमा पनि ठूलो असर पारेको छ, उनले भने चीनतर्फबाट दसैँलगायत पर्वलाई लक्षित गरी ल्याउन लागिएका करिब रु पाँच अर्ब मूल्य बराबरका सामान नाकामा रोकिएको छ’ ।

वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण विभागका महानिर्देशक रितेशकुमार शाक्यले विभागले चाडपर्व लक्षित अनुगमनलाई तीव्रता दिँदै आइरहेको बताए ।

उनले भने ‘अहिले दैनिक २५ देखि ५० वटा विभिन्न फर्म तथा कम्पनीको अनुगमन गर्दै आइरहेका छौँ । अधिकतम खुद्रा मूल्यभन्दा धेरै मूल्य लिने व्यापारी तथा व्यवसायीलाई पनि आवश्यक कानुनी दायरामा ल्याइरहेका छौँ ।’

महानिर्देशक शाक्यले कुनै पनि वस्तु तथा समान तोकिएको मूल्यअनुसार बिक्रीवितरण गर्न सबैलाई अनुरोध गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

विचार र प्रदेश फरक भए पनि राष्ट्र निर्माणको सङ्कल्प एउटै हुनुपर्छ : मुख्यमन्त्री किरण थापा मगर
OthersJust now

विचार र प्रदेश फरक भए पनि राष्ट्र निर्माणको सङ्कल्प एउटै हुनुपर्छ : मुख्यमन्त्री किरण थापा मगर

काठमाडौं, असोज २८। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश र राजनीतिक विचार फरक भए पनि राष्ट्र निर्माणको साझा सङ्कल्प एउटै हुनुपर्ने बताउनुभएको छ। उहाँले समृद्ध नेपाल, सशक्त प्रदेश र सुखी नेपालीको लक्ष्य हासिल गर्न सबै प्रदेशबीच आपसी सहकार्य, एकता र साझा प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको हो। दुई दिनसम्म चलेको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनपछि आफ्नो धारणा सार्वजनिक गर्दै मुख्यमन्त्री थापा ...

जनताटाइम्स
भारत भ्रमणबाट फर्कँदै गर्दा गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्रीबीच आकस्मिक भेटवार्ता
OthersJust now

भारत भ्रमणबाट फर्कँदै गर्दा गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्रीबीच आकस्मिक भेटवार्ता

भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच विमानस्थलमा आकस्मिक भेट भएको छ । भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा उनीहरूबीच भेट भएको हो । ...

पर्दाफास
मलेसियाका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
OthersJust now

मलेसियाका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत

२८ असोज, काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम अस्वीकृत भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play