रास्वपाले सार्वजनिक गर्यो उम्मेदवार छनोटको रूपरेखा, के-के छन् प्रावधान?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक गरिएको रूपरेखामा पार्टी सचिवालयलाई निश्चित पदका उम्मेदवार छनोट गर्दा अधिकतम १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। रूपरेखाअनुसार सचिवालयले यस्तो अधिकार प्रयोग गरी छनोट गरेका उम्मेदवारलाई पार्टी केन्द्रीय समितिबाट अनुमोदन गराउनुपर्नेछ। यो व्यवस्था गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्ष पदका उम्मेदवारको हकमा लागू हुने रास्वपाले जनाएको छ । महानगरपालिकाका हकमा भने वडा सदस्य, वडा अध्यक्ष, उपप्रमुख र प्रमुख पदका उम्मेदवार छनोटमा समेत अधिकतम १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सकिने प्रावधान राखिएको रुपरेखामा उल्लेख छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

नेपाल क्लियरिङ्ग हाउसको १५औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको बुधबार काठमाडौंमा सम्पन्न १५औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्दै उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। सभाले २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसमेत स्वीकृत गरेको छ। बोनस सेयर ...

सुदूरपश्चिम रोयल्सले फ्यानलाई स्कुटर उपहार दिने
२८ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स आफ्ना समर्थकलाई स्कुटर उपहार दिने भएको छ । सुदूरपश्चिमले एथर नेपालसँगको सहकार्यमा एक भाग्यशाली समर्थकलाई स्कुटर उपहार दिन लागेको हो । एथर तेस्रो संस्करणको एनपीएलका लागि सुदूरपश्चिमसँग यात्रा साझेदारका रूपमा जोडिएको छ । समर्थकलाई एक स्कुटर उपहार दिने गरी एथर र सुदूरपश्चिमबिच… ...

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना
पभोक्ता हित विपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु. पाँच लाख १५ हजार जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले भदौ २० देखि असोज २८ गतेसम्म गरेको आकस्मिक बजार निरीक्षण तथा अनुगमनका क्रममा म्याद गुज्रिएका र अखाद्य वस्तु बिक्री गर्ने तथा अस्वाभाविक मूल्य लिने व्यवसायीमाथि कारबाही गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बजारमा उपभोक्ताको हित विपरीत हुने गतिविधि नियन्त्रण गर्न ...

गंगालक्ष्मी अवाल कांग्रेस केन्द्रीय सदस्य निर्वाचित
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा गंगालक्ष्मी अवाल निर्वाचित भएकी छिन् । उनी आदिवासी जनजाती (महिला) क्लस्टरबाट निर्वाचित भएकी हुन् । भक्तपुरबाट प्रतिनिधित्व गर्ने उनी कांग्रेस सांसद पनि हुन् । अवाल नेपाली कांग्रेसको राजनीतिसँगै उद्यमी पनि हुन् । भक्तपुर बहुमुखी क्याम्पसमा स्ववियु सदस्यबाट सुरु भएको उनको राजनीतिक यात्रा भक्तपुर महाधिवेशनमा नगर कोषाध्यक्ष, महिला… ...


