Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

उदयपुर।दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको निधन भएको छ। त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याइए पनि त्यसअघि नै उनको निधन भएको अस्पतालले घोषणा गरेको थियो। प्रहरीका अनुसार, चौधरीको शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने काम भइरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

बडादसैँमा प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन
ताजा खबरJust now

बडादसैँमा प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बडादसैँको अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–स्थित पलाञ्चोक भगवतीको पूजा–अर्चना तथा दर्शन गर्नुभएको छ। बडादसैँको चौथो दिन आज बिहान प्रधानमन्त्री शाह पलाञ्चोक भगवतीको दर्शनका लागि पुग्नुभएको पाँचखाल नगरपालिका–९ का वडाध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिनुभयो। वडाध्यक्ष श्रेष्ठका अनुसार प्रधानमन्त्री शाह बिहान १० बजे मन्दिर पुग्नुभएको थियो। प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार पनि पलाञ्चोक भगवतीको ...

हिमालय टाइम्स
पछिल्लो रुसी आक्रमणबाट युक्रेनमा ६ लाख मानिस विद्युत् सेवाबाट वञ्चित
ताजा खबरJust now

पछिल्लो रुसी आक्रमणबाट युक्रेनमा ६ लाख मानिस विद्युत् सेवाबाट वञ्चित

किएभ । रुसले युक्रेनका ऊर्जा पूर्वाधारमा गरेको व्यापक आक्रमणका कारण करिब ६ लाख मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको... ...

रातोपाटी
कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइली दोब्बरभन्दा बढी मतले अगाडि
ताजा खबरJust now

कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइली दोब्बरभन्दा बढी मतले अगाडि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा सीता मिजार र दलित खुला केन्द्रीय सदस्यमा डा. डिबी सुनारले अग्रता लिइहरेका छन्। दलिततर्फ २ हजार ४ सय मतगणना हुँदा सहमहामन्त्रीका उम्मेदवार रसाइलीले १ हजार ६ सय ५१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले ४ सय ३... ...

नेपालखबर
कर्णालीको भावना काठमाडौँले बुझ्न आवश्यक छ : महामन्त्री राणा
ताजा खबरJust now

कर्णालीको भावना काठमाडौँले बुझ्न आवश्यक छ : महामन्त्री राणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले कर्णालीका समस्या काठमाडौँले बुझ्न आवश्यक रहेको बताएका छन्। काठमाडौँमा ‘आधा अध्याय’ पुस्तक विमोचन गर्दै उनले कर्णाली, सुदूरपूर्व र सुदूरपश्चिमका नागरिकको भावना तथा उनीहरूले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play