‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा बनेको बहुप्रतीक्षित फिल्म ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुला भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा राजधानी काठमाडौंसहित मोफसलका अधिकांश मल्टिप्लेक्सले फिल्मको टिकट बुकिङ खुलाएका हुन् । एक्सन, पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधको कथा समेटिएको फिल्मले सुरुवाती चरणमा देशभर १ सय ४ शो पाएको छ । फिल्मप्रति दर्शकको चासो बढिरहेका बेला मल्टिप्लेक्समा पाएको शो संख्यालाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । विशेषगरी अभिनेता विराज भट्ट र समीर भट्टको जोडी पर्दामा कस्तो देखिनेछ भन्ने कौतुहलता दर्शकमाझ छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले शुक्रबारका लागि काठमाडौं उपत्यकामा २३ शो उपलब्ध गराएको छ भने मोफसलमा २२ शो दिएको छ । त्यस्तै, दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले देशभरका आफ्ना आउटलेटमा १६ शो दिएको छ । फ्रेन्ड्स सिनेमाज्ले १०, वान सिनेमाज्ले ८ र बिग मुभिजले ३ शो उपलब्ध गराएका छन् । अन्य मल्टिप्लेक्सले भने अहिलेसम्म फिल्मको शो सार्वजनिक गरिसकेका छैनन् । आगामी दिनमा थप शो उपलब्ध हुने सम्भावना रहेकाले फिल्मको प्रदर्शन तालिका अझै बढ्न सक्नेछ । फिल्मका वितरक गोविन्द शाहीका अनुसार हलहरूले शो उपलब्ध गराउने क्रम जारी छ । उनले आज साझसम्ममा देशभरका हलहरूबाट ‘१२ गाउँ २’ले १५० भन्दा बढी शो पाउने दाबी गरेका छन् । ‘१२ गाउँ २’ ले चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘पीजी’ प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै १६ वर्षभन्दा कम उमेरका दर्शकले फिल्म हेर्न जाँदा अभिभावकको साथ लिनुपर्नेछ । एक्सनप्रधान दृश्यसँगै पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधलाई जोडेर निर्माण गरिएको फिल्ममा विराज भट्ट र समीर भट्ट मुख्य आकर्षणका रूपमा रहेका छन् । बुबा–छोराको पर्दा उपस्थितिसमेत दर्शकका लागि चासोको विषय बनेको छ । फिल्ममा विराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, कृशु शाही (काफिया), वर्षा इटनी, खुसी कार्की र पुष्कर भट्टलगायत कलाकारको अभिनय रहेको छ । फिल्मको निर्देशन विराज भट्टले गरेका हुन् भने कथा तथा पटकथा सन्तोष सरकारको छ । महेश पौडेलले छायाङ्कन गरेको फिल्मलाई बन्दे प्रसादले सम्पादन गरेका छन् । युग भुसाल र डीपी खनालको संगीत रहेको फिल्ममा रामजी लामिछाने र सियोन श्रेष्ठले नृत्य निर्देशन गरेका छन् । त्यस्तै, स्टन्ट सिल्भा र शंकर महर्जनले द्वन्द्व निर्देशन गरेका छन् । एक्सन दृश्य, पारिवारिक सम्बन्ध र प्रतिशोधको कथालाई कसरी प्रस्तुत गरिएको छ भन्ने विषयले ‘१२ गाउँ २’ प्रति दर्शकको चासो बढाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

देउवा समूहले जनप्रतिनिधिलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई १५औँ महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । देउवा समूहले कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको हो । देउवा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई पत्र पठाउँदै उक्त निर्णय ...

साढे ४० खर्ब नाघ्यो विदेशी मुद्रा, २० महिनाको वस्तु आयात धान्ने
गत असारयता भदौसम्म नेपालको विदेशी मुद्रा ४.३ प्रतिशतले बढेको छ। असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा ४० खर्ब ६५ अर्ब ७८ करोड पुगेको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ भदौ मसान्तमा ४.६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ करोड पुगेको छ। कुल विदेशी विनिमय... ...

सिटिजन्स बैंक र रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइकबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले रामाडा एन्कोर काठमाडौंमा १५ प्रतिशत, होटल हिमालयन होराइजनमा १५ प्रतिशत र पान्क बाइक प्रा. लि. मा १० ...

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु
पेशावर।पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र एक महिला शिक्षकसहित २९ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन्। मृतक बालबालिकामध्ये ६ जना बालिका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ता मोहम्मद असीमले बताए। घाइते तथा मृतक बालबालिका सबै १३ वर्ष वा सोभन्दा कम उमेरका रहेको उनले जानकारी दिए। घाइतेको उपचारका लागि अस्पतालमा आपतकालीन ...


