Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/रेडक्रस सोसाइटीले भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि घर बनाइदिने

रेडक्रस सोसाइटीले भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि घर बनाइदिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
रेडक्रस सोसाइटीले भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि घर बनाइदिने

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी र पुर्वाधार विकास मन्त्रालयको भवन विभागसँग आपसी समझदारी भएको छ । सोसाइटीले भोटेकोशी–त्रिशूली बाढी प्रभावित नागरिकका लागि दुई हजार घर बनाइदिनेगरी समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ । एक हजार अस्थायी र एक हजार स्थायी घर निर्माण गर्ने नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीले जानकारी दिए। आवास निर्माणको लागि बिहीबार पुर्वाधार विकास मन्त्रालयमा भवन विभागसँग सम्झौता हो । सम्झौताअनुसार बाढी प्रभावितलाई लक्षित गरी आवास तथा भाडा सहायता कार्यक्रम सञ्चालन गरिनेछ। भण्डारीले दशैँलगत्तै कार्ययोजना तयार गरिने र सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि अस्थायी आवास तथा स्थायी घर निर्माण प्रक्रिया अघि बढाइने भण्डारीले बताए। घर बगाएका करिब पाँच हजार लाभग्राहीलाई भाडा सहायता उपलब्ध गराउनेसमेत सहमति भएको उनले बताए। सम्झौताअनुसार आवास निर्माणको नेतृत्व भवन विभागले गर्ने उनले जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल
ताजा खबरJust now

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

एजेन्सी- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ यालु नदी पुल १२ वर्षको ढिलाइपछि बिहीबार सञ्चालनमा आएको छ। यसबाट दुई देशबीच व्यापार, यातायात र आर्थिक सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ। सन् २०१४ मै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको पुल उत्तर कोरियातर्फको निर्माण अधुरो रहेकाले लामो समय रोकिएको थियो। चीनमाथिको आर्थिक निर्भरता, उत्तर कोरियाको […] ...

काठमाण्डुपाटी
दशैं, तिहार र छठमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
ताजा खबरJust now

दशैं, तिहार र छठमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैं, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले बिहीबार जरुरी सूचना जारी गर्दै विशेषगरी राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने खाद्य व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र बिक्रीवितरण गर्न आग्रह गरेको हो। विभागले उपभोग्य ...

नेपालन्युज
रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’
ताजा खबरJust now

रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले जलवायुजन्य बाढीबाट प्रभावित विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति गरेका जलविद्युत आयोजनासहितका भौतिक पूर्वाधारको पुनर्निमाणमा तीनै तहको सरकारबीच आवश्यक समन्वय र सहकार्य आवश्यक ...

हिमालय टाइम्स
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
ताजा खबरJust now

बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी

• बुढीगण्डकी नदीमा आएको बाढीका कारण ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाले सुरक्षित स्थानमा पुर्‍याएको छ। • नेपाली सेनाको टोलीले हवाई र स्थल मार्गबाट निरन्तर खोज र उद्धार कार्य गर्दैछ। • राहत सामग्रीको ढुवानीलाई तीव्रता दिई ३,९६० किलोग्राम खाद्यान्न र अन्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play