Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’

रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’

Share:WhatsAppFacebookX (Twitter)Telegram
रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले जलवायुजन्य बाढीबाट प्रभावित विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति गरेका जलविद्युत आयोजनासहितका भौतिक पूर्वाधारको पुनर्निमाणमा तीनै तहको सरकारबीच आवश्यक समन्वय र सहकार्य आवश्यक रहेको उनीहरुको भनाइ छ । बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद उर्मिला अर्यालले जलवायु परिवर्तन र बाढीबाट उत्पन्न चुनौती सामना गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताउनु भयो । उहाँले जलवायु पुनरुत्थानका लागि छुट्टै मोडल र विश्वव्यापी मञ्च निर्माण गर्न नेपालले पहल गर्नुेपर्नेमा जोड दिनुभयो । सांसद अर्यालले सिँचाइ, जग्गा व्यवस्थापन, परम्परागत खेती प्रणाली र मानव बस्तीको व्यवस्थित विकासमा ध्यान दिनुपर्ने बताउँदै कृषि, वन तथा बस्ती व्यवस्थापनका लागि भूदृश्य नक्साङ्कन गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘जलवायु पुनरुत्थानका लागि हामीले एउटा छुट्टै मोडल र ग्लोबल प्ल्याटफर्म पनि बनाउनुपर्ने आवश्यकता छ । यसको लागि नेपाल सरकारले पहल गरोस् । अस्ती भर्खरका बाढीका घघटनाहरुले यो कुराहरुको हामीले धेरै अनुभव पनि गरेका छौँ, भोगेका पनि छौँ । अब पानीको आवश्यकता, सिँचाइको साधन, जग्गा व्यवस्थापन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि अवलम्बन गर्नुपर्ने आवश्यकता पनि छ । पछिल्लो समय ग्लोबल वार्मिङको चुनौतीहरु धेरै तेर्सिएर आयो र हाम्रो परम्परागत व्यवस्थापन पद्धति समेत बिर्सिँदै गएका छौँ । हामीले परम्परागत खेती प्रणाली, पुनर्बास लगायतका कुरामा पनि हामीले ध्यान दिनुपर्छ । अनि कृषि प्रणाली, वन व्यवस्थापन, मानव बस्तीको लागि ल्याण्डस्केप म्यापिङ हुनु जरुरी देख्छु । त्यसको लागि राम्रै किसिमले ल्याण्ड म्यापिङ गरेर र हामीले एउटा व्यवस्थित तरिका र योजनाबद्ध तरिकाले यी कामहरु गर्नुपर्ने आवश्यकता देखिन्छ । अन्तर्राष्ट्रिय ग्लोबल वार्मिङको असर मूलतः कमजोर आर्थिक स्थिति भएको मुलुकले सामना गरिरहेको छ । ग्लोबल इस्युहरुमा आधिपत्य जनाउने केही ठूला देशहरुको इन्क्रोचमेन्टको प्रभाव हाम्रो देशले भोग्नुपरेको छ । यसको लागि ग्लोबल इस्यु हामी नेपालले विश्व समुदायको ध्यानाकर्षण गराउन आवश्यक छ ।’ नेपाली काँग्रेसकी सांसद कमला पन्तले जलवायु प्रतिकार्यका विषयमा तीन तहको सरकारबीच आवश्यक हुन नसकेको बताउनु भयो । उहाँले बाढी प्रभावित क्षेत्रका प्रदेश र स्थानीय तहसँग मिलेर संघीय सरकार अघि बढ्नुपर्नेमा त्यसो हुन नसकेको बताउनुयो । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्नेमा उहाँको जोड छ । सांसद पन्तले बाढीका कारण विद्युत् क्षेत्रको विकासमा असर पारेसँगै हिमनदीबाट विद्युत उत्पादन गर्न सकिने सम्भावनाप्रतिको उत्साहसमेत कमजोर हुँदै गएको बताउनु भयो । बाढीले पर्यटन विकासमा समेत बाधा पु¥याएको उल्लेख गर्दै उहाँले पर्यटकको मनोबल बढाउन र नेपालमा पर्यटक आकर्षित गर्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘तीन वटा सरकारको बीचमा समन्वय छैन । यो संघीय सरकार घोडा चढेर हिँड्या छ । यो घोडा चढेर हिँडेको सरकारले तललो दुइटा टायरलाई देख्नै सक्दैन । यो समस्याले पनि यो अझै हामी समस्या भोगिराखेका छौँ कि जस्तो लाग्छ । तीन तहको सरकारबीच समन्वयकारी भूमिकामा लैजानको लागि संघीय सरकारले पहल त गर्नुपर्यो नि । अनि संघीय सरकारले प्रदेश र स्थानीय तहलाई काम गर्न पनि दिनुपर्यो । हाम्रो सम्पती भनेको विद्युत विकास थियो । बाढीले सबै समाप्त पार्दियो । अब हिमनदीहरूमा विद्युत उत्पादन गर्न सकिन्छ भन्ने उत्साह चाहिँ कमजोर हुँदै गएको अवस्था छ । पर्यटकीय विकासमा पनि बाढीले बाधा उत्पन्न गरेको छ । पर्यटकको मनोबल कसरी बढाउने र नेपालमा आकर्षित कसरी गर्ने भनेर हामीले एउटा कार्यक्रम बनाउन आवश्यक छ ।’ नेकपा (एमाले)की सांसद सम्झना देवकोटाले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि वित्तीय व्यवस्थापन र जलवायु कोष परिचालनलाई प्राथमिकता दिनुपर्ने दिनुपर्ने बताउनु भयो । उहाँले कोप–३१ सम्मेलनमा जलवायु वित्तको विषय प्रभावकारी रूपमा उठाउन तयारी गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद देवकोटाले मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि आवश्यक कानूनी व्यवस्था गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले भन्नुभयो,‘जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न समेत राष्ट्रिय प्रकृति संरक्षणको जिम्मेवारी छ । यसको जलवायु प्रतिकार्यका लािग वित्तीय व्यवस्थापन र कोष ल्याउने कुरालाई समेत हामीले प्राथमिकताका साथ लाग्नुपर्छ । यसका लागि विशेष पहल होस् । र कोप ३१ मा जाँदाखेरि जलवायु वित्तको विषयमा प्रभावकारी तयारी गरेर उजिानुपर्छ । अहिले जोखिममा भएको लामटाङ र मनास्लु संरक्षण क्षेत्र आसपासका लागि नागरिकको आवागमनमा सहज बनाउन समेत पहल गर्नुहोस् । मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि हामीले कानून नै बनाएर जानुपर्छ ।’ बैठकमा बोल्ने अधिकांश सांसदहरुले विपद्पछिको पुनर्निर्माण तथा पुनबार्स गर्दा परम्परागत खेती प्रणालीलाई छुटाउन नहुने धारणा राखे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा
ताजा खबरJust now

पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्थित पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा परेको छ। यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले गाउँ जोड्ने सडक र पदमार्ग क्षतिग्रस्त बनाएको छ... ...

रातोपाटी
नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी
ताजा खबरJust now

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

नारायणगढ । चितवनको भरतपुर महानगरपालिका-१ स्थित पशुपति मन्दिर पछाडि नारायणी नदीमा खुट्टा धुने क्रममा बुधबार डुबेका तीन जनामध्ये बेपत्ता दुई जनाको आज पनि खोजी जारी छ । नदीमा डेबेका एक बालिकाको... ...

रातोपाटी
रकम ठगी गर्ने एक जना बिचौलिया पक्राउ
ताजा खबरJust now

रकम ठगी गर्ने एक जना बिचौलिया पक्राउ

पर्सा। प्रहरीले रकम ठगी गर्ने एक जना बिचौलियालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज भन्सार कार्यालयहरूबाट लिलाम बिक्री हुने सवारीसाधन तथा घरायसी प्रयोजनका सरसामान कम मूल्यमा उपलब्ध गराइदिने... ...

रातोपाटी
जडीबुटीको भरमा उपल्लो डोल्पाको जीविका, संरक्षण र बजारीकरणमा चुनौती
ताजा खबरJust now

जडीबुटीको भरमा उपल्लो डोल्पाको जीविका, संरक्षण र बजारीकरणमा चुनौती

• उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा जडीबुटी संकलन स्थानीयवासीहरूको आम्दानीको प्रमुख स्रोत बनेको छ, जसले खाद्यान्न, शिक्षा र घरायसी खर्चमा सहयोग पुर्याउँछ। • जडीबुटी संकलनमा कठिनाइ र चुनौतीहरू छन्, जस्तै भौगोलिक विकटता, प्रतिकूल मौसम र उचित मूल्यको अभाव, जसले संकलकहरूको लाभमा असर पार्छ। • जडीबुटीको संरक्षण र व्यवस्थापनमा ध्यान नदिए भविष्यमा जीविकोपार्जनमा समस्या आउन सक्ने भएकाले स्थानीयस्तरमा स्पष्ट नियम र ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play