दशैं, तिहार र छठमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैं, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले बिहीबार जरुरी सूचना जारी गर्दै विशेषगरी राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने खाद्य व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र बिक्रीवितरण गर्न आग्रह गरेको हो। विभागले उपभोग्य अवधि बाँकी रहेका खाद्य पदार्थ मात्र बिक्री गर्न, पकाएको र नपकाएको खाना छुट्टाछुट्टै राख्न तथा खाद्य पदार्थलाई सुरक्षित तापक्रममा भण्डारण गर्न निर्देशन दिएको छ। त्यस्तै, भान्सा, खाना वितरण गर्ने स्थान र परिसर सफा राख्न, कामदारको व्यक्तिगत सरसफाइमा ध्यान दिन तथा सफा भाँडाकुँडा र स्वच्छ पानी प्रयोग गर्न पनि सूचित गरेको छ। सूचनाअनुसार खाद्य व्यवसायीले गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरी खाना राम्ररी पकाएर मात्र उपभोक्तालाई उपलब्ध गराउनुपर्नेछ। बासी, सडेगलेका, झिँगा भन्केका, धुलो तथा फोहोर पानी मिसिएका वा अस्वच्छ अवस्थामा तयार गरिएका खाद्य पदार्थ बिक्री गर्न पाइने छैन। साथै, खाद्य पदार्थको बिक्रीस्थलमा आवश्यकताअनुसार चिसो वा तातो तापक्रमको व्यवस्था मिलाउन र उचित मूल्यमा बिक्री गर्न पनि विभागले निर्देशन दिएको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिमका प्रावधान पालना गर्न सचेत गराउँदै निर्देशन उल्लङ्घन गर्ने व्यवसायीमाथि कानुनअनुसार कारबाही हुने जनाएको छ। यसैगरी, विभाग वा मातहतका कार्यालयबाट खाद्य स्वच्छताको आधारमा व्यवसायको स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्न पनि विभागले आग्रह गरेको छ। चाडपर्वका समयमा खाद्य पदार्थको खपत र यात्रुहरूको आवतजावत बढ्ने भएकाले खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न विभागले व्यवसायीको ध्यानाकर्षण गराएको हो।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्थित पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा परेको छ। यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले गाउँ जोड्ने सडक र पदमार्ग क्षतिग्रस्त बनाएको छ... ...
नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी
नारायणगढ । चितवनको भरतपुर महानगरपालिका-१ स्थित पशुपति मन्दिर पछाडि नारायणी नदीमा खुट्टा धुने क्रममा बुधबार डुबेका तीन जनामध्ये बेपत्ता दुई जनाको आज पनि खोजी जारी छ । नदीमा डेबेका एक बालिकाको... ...

रकम ठगी गर्ने एक जना बिचौलिया पक्राउ
पर्सा। प्रहरीले रकम ठगी गर्ने एक जना बिचौलियालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज भन्सार कार्यालयहरूबाट लिलाम बिक्री हुने सवारीसाधन तथा घरायसी प्रयोजनका सरसामान कम मूल्यमा उपलब्ध गराइदिने... ...

जडीबुटीको भरमा उपल्लो डोल्पाको जीविका, संरक्षण र बजारीकरणमा चुनौती
• उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा जडीबुटी संकलन स्थानीयवासीहरूको आम्दानीको प्रमुख स्रोत बनेको छ, जसले खाद्यान्न, शिक्षा र घरायसी खर्चमा सहयोग पुर्याउँछ। • जडीबुटी संकलनमा कठिनाइ र चुनौतीहरू छन्, जस्तै भौगोलिक विकटता, प्रतिकूल मौसम र उचित मूल्यको अभाव, जसले संकलकहरूको लाभमा असर पार्छ। • जडीबुटीको संरक्षण र व्यवस्थापनमा ध्यान नदिए भविष्यमा जीविकोपार्जनमा समस्या आउन सक्ने भएकाले स्थानीयस्तरमा स्पष्ट नियम र ...


