जग्गाको सीमाना विवादमा धकेलाधकेल हुँदा ७५ वर्षीय वृद्धको मृत्यु

काठमाडौं । सप्तरीमा जग्गाको सीमाना विवादका क्रममा धकेलाधकेल हुँदा एक जना वृद्धको मृत्यु भएको छ। छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा शनिबार बिहान भएको घटनामा ७५ वर्षीय तेतर रायको मृत्यु भएको हो। प्रहरीका अनुसार बिहान करिब ९ बजे २७ वर्षीय रघुनन्दन राय र तेतर रायबीच जग्गाको सीमाना विषयलाई लिएर विवाद भएको थियो। विवादका क्रममा रघुनन्दनले तेतरलाई धकेलेपछि उनी भुइँमा लडेका थिए। घटनास्थलमै तेतरको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाबारे स्थानीयले जानकारी गराएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा रघुनन्दनलाई नियन्त्रणमा लिएको छ। मृतक तेतर यसअघि नै मुटुसम्बन्धी रोगबाट पीडित रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News
![कांग्रेस सभापति गगन थापाले लिए शपथ, नागरिकका घरघरमा जान नेताहरूलाई निर्देशन [फोटोफिचर]](/logo1.png)
कांग्रेस सभापति गगन थापाले लिए शपथ, नागरिकका घरघरमा जान नेताहरूलाई निर्देशन [फोटोफिचर]
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले शपथग्रहण गरेका छन् । ...

पार्टीभन्दा माथि कोही छैन, चुकेको अवस्थामा मलाई सभापतिबाट हटाउनुस् : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू चुकेको अवस्थामा तत्काल सभापतिबाट अलग गर्न पार्टी पङ्क्तिलाई आग्रह गरेका... ...

जादु र चमत्कार गर्छु भन्दिनँ, इमानदार कर्म गर्छु : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले इमानदार कर्म गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टी कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले बेइमानी नगरीकन कर्म गर्ने बताएका हुन्। ‘जादु गर्छु, चमत्कार गर्छु म भन्दिनँ। म इमानदारीपूर्वक कर्म गर्छु। बेइमानी नगरीकन, नचुकीकन कर्म गर्छु,’सभापति थापाले भने। त्यस्तै, थापाले कांग्रेसलाई सबैले भरोसा गर्न लायक पार्टी बनाउने बताए। कांग्रेसलाई वैचारिक नेतृत्वको रूपमा उभ्याउने प्रतिबद्धता ...

पपुलिजमबाट लोकतन्त्रतर्फ राजनीतिलाई लैजानुपर्छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समकालीन नेपाली राजनीतिलाई सस्तो लोकप्रियतावाद (पपुलिजम) बाट पुनः वास्तविक लोकतन्त्रतर्फ र केवल प्रदर्शनमुखी शैलीबाट नीतिगत सुधारतर्फ डोर्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् । ललितपुरको सानेपास्थित... ...

