जादु र चमत्कार गर्छु भन्दिनँ, इमानदार कर्म गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले इमानदार कर्म गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टी कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले बेइमानी नगरीकन कर्म गर्ने बताएका हुन्। ‘जादु गर्छु, चमत्कार गर्छु म भन्दिनँ। म इमानदारीपूर्वक कर्म गर्छु। बेइमानी नगरीकन, नचुकीकन कर्म गर्छु,’सभापति थापाले भने। त्यस्तै, थापाले कांग्रेसलाई सबैले भरोसा गर्न लायक पार्टी बनाउने बताए। कांग्रेसलाई वैचारिक नेतृत्वको रूपमा उभ्याउने प्रतिबद्धता समेत थापाले व्यक्त गरेका छन्। कांग्रेसका असल मौलिक कुराहरूलाई यथावत राखेर कार्यशैली मात्रै बदल्ने उनले उल्लेख गरे। कांग्रेसलाई सामाजिक आन्दोलनको अगुवा बनाएर देखाउने उनले बताएका छन्। The post जादु र चमत्कार गर्छु भन्दिनँ, इमानदार कर्म गर्छु : सभापति थापा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

काठमाडौंको माछापोखरीमा दुई युवकबीचको झगडामा एक जनाको मृत्यु
माछापोखरी चोकस्थित सडकखण्डमा शुक्रबार राति सवा १२ बजेतिर हिँडिरहेको अवस्थामा कञ्चनपुरका २० वर्षीय अर्जुन ताम्राकार र नुवाकोटका २० वर्षीय सुवास तामाङबीच आपसी विवादमा झगडा भएको थियो। ...

सेनाको विपद् प्रतिकार्य: समन्वय र सहकार्यको उत्कृष्ट संयोजन
नेपाली सेनाले भोटेकोसी बाढीपछि विपद्का घटनामा गरिएको खोज, उद्धार तथा पुनःस्थापनालाई समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट संयोजनको संज्ञा दिएको छ। बाढीपहिरो प्रभावित क्षेत्रमा सडक र पुल भत्किएर आवागमन ठप्प भएको बेला बदलिँदो परिस्थितिअनुसार प्रविधिको उपयोग गर्दै विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सेनाले देखाएको तत्परता र व्यावसायिक क्षमतालाई प्रतिबिम्बित गरे... ...

टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ, राष्ट्रपति पौडेललाई सलामी अर्पण
काठमाडौं । नेपाली सेनाले बडादसैँको फूलपातीका अवसरमा काठमाडौंस्थित टुँडिखेलमा परम्परागत फूलपाती बढाइँ समारोह आयोजना गरेको छ। हरेक वर्ष फूलपातीका दिन आयोजना हुँदै आएको उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल तथा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। समारोहमा नेपाल सरकारका मन्त्रीहरू तथा उच्चपदस्थ कर्मचारीहरू पनि सहभागी भएका ...

पुस्तक संसार : यो साता बजारमा आएका दसैं कोसेली
दसैंको चटारोमा कतिपयको योजना हुन्छ- किताब पढ्ने । फेरि कतिपय भन्छन्- दसैं त खानेपिउने रमाउने पो हो त, दसैंमा पनि पढ्छ कोही ! तर पढन्ताहरू भने किताबको सूची नै बनाएर बसेका हुन्छन् । ...


