टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ, राष्ट्रपति पौडेललाई सलामी अर्पण

काठमाडौं । नेपाली सेनाले बडादसैँको फूलपातीका अवसरमा काठमाडौंस्थित टुँडिखेलमा परम्परागत फूलपाती बढाइँ समारोह आयोजना गरेको छ। हरेक वर्ष फूलपातीका दिन आयोजना हुँदै आएको उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल तथा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। समारोहमा नेपाल सरकारका मन्त्रीहरू तथा उच्चपदस्थ कर्मचारीहरू पनि सहभागी भएका थिए। सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो। फूलपाती बढाइँ समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो। साथै, सेनाले विभिन्न कला, कौशल तथा सैनिक प्रदर्शन प्रस्तुत गरेको थियो। नेपाली संस्कृति र सैनिक परम्पराको महत्त्वपूर्ण हिस्सा मानिने फूलपाती बढाइँले बडादसैँको उल्लाससँगै राष्ट्रिय एकता र सांस्कृतिक परम्परालाई समेत प्रतिबिम्बित गर्दछ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

झलनाथ खनालको स्वास्थ्य बुझ्न ह्याम्स अस्पताल पुगे केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न आइतबार काठमाडौंस्थित ह्याम्स अस्पताल पुगेका छन्। मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्थाबारे ओलीले जानकारी लिएका हुन्। खनाल आइतबार अस्पताल भर्ना भएका हुन्। ...

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा
करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको छ । ...

दुई महिनापछि तातोपानी नाका हुँदै तीन कन्टेनर सामान नेपाल भित्रियो
करिब दुई महिनादेखि बन्द तातोपानी भन्सार नाका सञ्चालनमा आएको छ। गत भदौ १४ गतेदेखि बन्द रहेको तातोपानी नाका आज कात्तिक १ गतेदेख सञ्चालनमा आएको हो। आज तातोपानी नाकाबाट ६ वटा कन्टेनर पास भएका छन्। तातोपानी भन्सार कार्यालयका अधिकृत नरेन्द्र जैसीका अनुसार तीन वटा मालवहाक कन्टेनर चीनबाट आएको र ३ वटा खाली कन्टेनर नेपाल तर्फबाट गएको जानकारी दिए। ... ...

पृथ्वी राजमार्गमा सवारी चाप घट्यो, धुलो र खाल्डाखुल्डीले यात्रामा सास्ती
काठमाडौं । बडादसैँमा राजधानीबाट गृहजिल्ला फर्कने यात्रुको आउजाउ निरन्तर रहे पनि पृथ्वी राजमार्गमा विगतका वर्षहरूको तुलनामा सवारीसाधनको चाप घटेको छ । दसैँका कारण सडक किनारका साना खानपिनका पसल तथा होटलहरू प्रायः बन्द छन् । यद्यपि, मलेखु क्षेत्रका माछा होटल र बेनिघाट क्षेत्रका स्टाफ होटलमा घर फर्किंदै गरेका तथा यात्रामा रहेका सर्वसाधारणको चहलपहल देखिन्छ । राजमार्गमा ठूला मालवाहक सवारीसाधनको उपस्थिति न्यून छ । ...


