पृथ्वी राजमार्गमा सवारी चाप घट्यो, धुलो र खाल्डाखुल्डीले यात्रामा सास्ती

काठमाडौं । बडादसैँमा राजधानीबाट गृहजिल्ला फर्कने यात्रुको आउजाउ निरन्तर रहे पनि पृथ्वी राजमार्गमा विगतका वर्षहरूको तुलनामा सवारीसाधनको चाप घटेको छ । दसैँका कारण सडक किनारका साना खानपिनका पसल तथा होटलहरू प्रायः बन्द छन् । यद्यपि, मलेखु क्षेत्रका माछा होटल र बेनिघाट क्षेत्रका स्टाफ होटलमा घर फर्किंदै गरेका तथा यात्रामा रहेका सर्वसाधारणको चहलपहल देखिन्छ । राजमार्गमा ठूला मालवाहक सवारीसाधनको उपस्थिति न्यून छ । त्यसको तुलनामा यात्रुवाहक हायस, निजी सवारीसाधन, पर्यटक बोक्ने हरियो नम्बर प्लेटका गाडी तथा समूह बनाएर यात्रा गरिरहेका मोटरसाइकल र स्कुटर बढी देखिन्छन् । पृथ्वी राजमार्गका विभिन्न खण्डमा भने यात्रा जोखिमपूर्ण छ । कतिपय ठाउँमा धुलो उड्ने समस्या छ भने कतै हिलो र खाल्डाखुल्डीका कारण सडक यात्रा कष्टकर बनेको छ । विशेषगरी मोटरसाइकल तथा स्कुटर चालकलाई सडकको अवस्थाले सास्ती दिएको छ । धुलो, हिलो र खाल्डाखुल्डीका कारण दुईपाङ्ग्रे सवारीसाधन चिप्लिएर दुर्घटना हुने जोखिमसमेत छ । तस्बिर : शंकर श्रेष्ठ
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै
भोजपुर – नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा माटाका भाँडा बनाउने चलन हराउँदै जान थालेको छ । विगतमा घरायसी प्रयोजनका लागि प्रयोग हुने गाग्री, हाँडी, घैँटो, धुपौरोलगायत माटाका सामग्री अहिले कमै मात्रै देखिन थालेका छन् । सीप पुस्तान्तरण नहुँदा भाडा बनाउने र प्रयोग गर्ने दुवै चलन हराउँदै गएको हो । विशेषगरी घरायसी […] ...

प्लास्टिक र स्टिलको प्रयोग बढ्दा माटाको भाँडा लोप हुने जोखिममा
नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा माटाका भाँडा बनाउने चलन हराउँदै जान थालेको छ । विगतमा घरायसी प्रयोजनका लागि प्रयोग हुने गाग्री, हाँडी, घैँटो, धुपौरोलगायत माटाका सामग्री अहिले कमै मात्रै देखिन थालेका छन् । सीप पुस्तान्तरण नहुँदा भाडा बनाउने र प्रयोग गर्ने दुवै चलन हराउँदै गएको हो । विशेष गरी घरायसी कामदेखि धार्मिक तथा सांस्कृतिक कार्यसम्म माटाका भाँडाको प्रयोग ...

दसैं मनाउन एक लाख मानिस उक्लिए पहाड
अविनाश चौधरीधनगढी, कात्तिक १ गते । दसैं, तिहार मनाउन तराईबाट पहाड र सहरबाट गाउँतिर जानेको भिड लागेको छ । सुदूरपश्चिम प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरबाट दसैं, तिहार मना... ...

दसैँ बिदाले सर्यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम
काठमाडौँ । दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम सरेको छ। स्वास्थ्य सेवा विभागका अनुसार कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गरिनेछ। अभियानमा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ। यसअघि कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन गर्ने तालिका थियो। विभागले निर्धारित मितिमा नजिकैको ...


