Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बुढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

बुढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

Share:WhatsAppFacebookX (Twitter)Telegram
बुढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा । बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ । आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। यसमध्ये ७० जना विदेशी नागरिक रहेका उनले बताएका छन् । बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पु¥याएसँगै सो क्षेत्रमा रहेका नागरिक फसेका थिए । नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरुलाई उद्धार गरिएको शर्माले बताए । उनका अनुसार बाढी गएको पहिलो दिन आइतबार प्रभावित क्षेत्रका ९६ जनाको उद्धार भएको थियो । सोमबार ३२१ र मङ्गलबार १८६ जनाको उद्धार भएको हो । बुधबार भने ४४१ जनाको उद्धार भएको सहायक प्रजिअ शर्माको भनाइ छ । उद्धारसँगै राहत वितरणको काम पनि तीव्र पारिएको उल्लेख छ । सरकार र विभिन्न सङ्घसंस्थाको सहयोगमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार, जेनेरेटरलगायत राहत सामग्री वितरण भइरहेको सहायक प्रजिअ नेत्रप्रसाद शर्माले बताउनुभएको छ । बाढीले सडक सञ्जालसँगै पदमार्ग कटान गरेपछि उद्धार र राहतमा हेलिकोप्टर प्रयोग गर्नुपरेको उनी बताउँछिन् । “राहत वितरण गर्नका लागि पनि हेलिकोप्टरकै प्रयोग भइरहेको छ । यताबाट उद्धार गर्न जाने हेलिकप्टरले राहतका सामग्री लाने र उताबाट आउँदा मान्छेलाई उद्धार गरेर ल्याउने गरेको छ”, उनले भने । रेडक्रसको सहयोग यसैबीच, नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढीको प्रतिकार्यलाई तीव्रता दिएको छ रेडक्रस सोसाइटीका महामन्त्री ऋषि खनालले बाढीको क्षतिको आकलनसहित तत्काल बाढी प्रतिकार्यमा स्वयंसेवक परिचालन गरिएको र गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पु¥याउन काम भएको जानकारी दिए । उनले भने, “बाढी गएको सूचना प्राप्त गर्नासाथ गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपुर पूर्व र पश्चिमका स्वयंसेवकलाई परिचालन ग¥यौँ । उहाँहरूले पूर्वसूचना प्रवाहित गर्नुभयो । प्रतिकार्य जारी छ ।” बाढीको तत्काल प्रतिकार्यका लागि गैरखाद्य सामग्री सहित अन्य सामग्री प्रभावित क्षेत्रमा पठाउने काम भएको र यो कार्य जारी रहेको नेपाल रेडक्रसले जनाएको छ । महामन्त्री खनालका अनुसार हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकण र नेपाली सेनाको सहकार्य र समन्वयमा नै गैरखाद्य सामग्री त्रिपाल (तारपोलियन), म्याट्रेस, ब्ल्याङ्केट, डिग्निटी किटलगायत प्रभावित क्षेत्रमा पठाइएको छ । साथै अस्पताल सञ्चालन गर्न सकिने ठूला ÷ठूला दुईवटा टेन्ट पनि प्रभावित क्षेत्रमा पुगेको उहाँले जानकारी दिए । महामन्त्री खनालले भने, “ क्षतिको अध्ययन गर्न विज्ञ जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिसकिएको र थप आवश्यक गैरखाद्य सामग्री आज सरकारको समन्वयमा पठाइँदै छ । प्रभावित क्षेत्रमा मानवीय सेवा पु¥याउन स्वयंसेवक तल्लीन छन् ।” – रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

अमेरिकाद्वारा इरानविरुद्ध ‘मदर अफ अल बम्स’ प्रयोगसहितको नयाँ सैन्य योजना तयार
ताजा खबरJust now

अमेरिकाद्वारा इरानविरुद्ध ‘मदर अफ अल बम्स’ प्रयोगसहितको नयाँ सैन्य योजना तयार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेश दिएमा अमेरिकी सेनाले इरानका ऊर्जा पूर्वाधार र आणविक केन्द्रहरूमा आक्रमण गर्न नयाँ सैन्य योजना तयार गरेको छ । ती योजनामा विश्वकै शक्तिशाली गैर–आणविक बमहरूमध्ये एक मानिने ‘मदर अफ अल बम्स’ प्रयोग गर्ने विकल्पसमेत समावेश गरिएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ। ‘मदर अफ अल बम्स’ इरानविरुद्ध प्रयोग भएमा यो युद्धमा ठुलो सैन्य शक्तिको ...

टक्सार
सोनासती मन्दिरमा भूतमेला
ताजा खबरJust now

सोनासती मन्दिरमा भूतमेला

महोत्तरी । मधेसकै प्रसिद्ध देवी शक्तिपिठ मानिने महोत्तरीको औरही–७ भोइलस्थित सोनासती देवी मन्दिरमा तान्त्रिक मेलाको चहलपहल सुरु भएको छ । बोलीचालीमा सोनामाई भनिने यो मन्दिरमा शारदीय नवरात्रमा तान्त्रिक मेलाको परम्परा छ । नवरात्रको फूलपातीका दिनदेखि जम्ने यो मेला पञ्चमीकै दिन सुरु हुन्छ । यो तान्त्रिक मेलालाई आमरुपमा ‘भूतमेला’ भन्ने गरिन्छ । “नवरात्रको पहिलो दिनदेखि नै बडादसैँ पर्वको पूजाआराधना सुरु हुन्छ, तर दुष्टात्माबाट ...

केन्द्रबिन्दु
लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
ताजा खबरJust now

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १८ जनालाई पक्राउ गरेको जनाएको छ । काठमाडौं, मोरङ, सर्लाही, मकवानपुर, कञ्चनपुर, दाङ र सुर्खेतलगायतका जिल्लामा गरिएको कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन् । काठमाडौंको तारकेश्वर नगरपालिका-४ बाट ९६ ग्राम खैरो हेरोइन र एक थान डिजिटल तराजुसहित रसुवाको उत्तरगया गाउँपालिका-५ घर भएका २७ वर्षीय सन्चबहादुर गोलेलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ...

हिमालय टाइम्स
सोनासती मन्दिरमा तान्त्रिक मेला
ताजा खबरJust now

सोनासती मन्दिरमा तान्त्रिक मेला

महोत्तरी । मधेसकै प्रसिद्ध देवी शक्तिपिठ मानिने महोत्तरीको औरही–७ भोइलस्थित सोनासती देवी मन्दिरमा तान्त्रिक मेलाको चहलपहल सुरु भएको छ । बोलीचालीमा सोनामाई भनिने यो मन्दिरमा शारदीय नवरात्रमा तान्त्रिक मेलाको परम्परा छ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play