Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन्। ४ हजार ६ सय मत गणना हुँदा आचार्यले १ हजार ६५७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले १ हजार ४७६ मत पाएका छन्। आचार्य र केसीबीच १८१ मतको अन्तर रहेको छ। मतगणनाको पछिल्लो विवरणअनुसार आचार्यले केसीलाई पछि पार्दै अग्रता कायम गरेका हुन्। सहमहामन्त्री पदमा एक जना मात्रै निर्वाचित हुने भएकाले आचार्य र केसीबीचको प्रतिस्पर्धा मुख्य देखिएको छ। खस आर्यतर्फ सहमहामन्त्री पदका अर्का उम्मेदवार दिनेश कोइरालाले ८८८ मत प्राप्त गरेका छन्। त्यस्तै, शुभराम बस्नेतले ३१६ मत पाएका छन्। ४ हजार ६ सय मत गणना हुँदा आचार्यले सबैभन्दा बढी मत प्राप्त गरेका छन्। केसी दोस्रो, कोइराला तेस्रो र बस्नेत चौथो स्थानमा छन्। प्राप्त मत विवरणअनुसार चार उम्मेदवारले कुल ४ हजार ३३७ मत पाएका छन्। बाँकी मतको विवरण भने सार्वजनिक गरिएको छैन। कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ । खस आर्यतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि मात्रै निर्वाचित उम्मेदवारको टुंगो लाग्नेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल
ताजा खबरJust now

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

एजेन्सी- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ यालु नदी पुल १२ वर्षको ढिलाइपछि बिहीबार सञ्चालनमा आएको छ। यसबाट दुई देशबीच व्यापार, यातायात र आर्थिक सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ। सन् २०१४ मै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको पुल उत्तर कोरियातर्फको निर्माण अधुरो रहेकाले लामो समय रोकिएको थियो। चीनमाथिको आर्थिक निर्भरता, उत्तर कोरियाको […] ...

काठमाण्डुपाटी
दशैं, तिहार र छठमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
ताजा खबरJust now

दशैं, तिहार र छठमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैं, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले बिहीबार जरुरी सूचना जारी गर्दै विशेषगरी राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने खाद्य व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र बिक्रीवितरण गर्न आग्रह गरेको हो। विभागले उपभोग्य ...

नेपालन्युज
रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’
ताजा खबरJust now

रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले जलवायुजन्य बाढीबाट प्रभावित विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति गरेका जलविद्युत आयोजनासहितका भौतिक पूर्वाधारको पुनर्निमाणमा तीनै तहको सरकारबीच आवश्यक समन्वय र सहकार्य आवश्यक ...

हिमालय टाइम्स
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
ताजा खबरJust now

बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी

• बुढीगण्डकी नदीमा आएको बाढीका कारण ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाले सुरक्षित स्थानमा पुर्‍याएको छ। • नेपाली सेनाको टोलीले हवाई र स्थल मार्गबाट निरन्तर खोज र उद्धार कार्य गर्दैछ। • राहत सामग्रीको ढुवानीलाई तीव्रता दिई ३,९६० किलोग्राम खाद्यान्न र अन्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play