ओमानमाथि नेपालको ११३ रनको शानदार जित, सन्दीप र नन्दनले लिए तीन–तीन विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि ११३ रनको शानदार जित निकालेको छ। नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ३९.६ ओभरमा १५० रनमै अलआउट भएपछि नेपालले सहज जित दर्ता गरेको हो। ओमानका कप्तान विनायक शुक्लाले ७७ रनको उत्कृष्ट इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। जय ओडेद्राले २५ तथा जतिन्दर सिंहले १८ रन बनाए। नेपालको जितमा बलर सन्दीप लामिछाने र नन्दन यादवले महत्वपूर्ण भूमिका निर्वाह गरे। दुवैले तीन–तीन विकेट लिए। त्यस्तै, दीपेन्द्र सिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक–एक विकेट हात पारे। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २६३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले। उनले ६७ बलमा ६१ रन बनाए। करण केसीले आक्रामक ब्याटिङ गर्दै मात्र १६ बलमा ४० रन जोडे। उनको इनिङ्समा चार छक्का र एक चौका समावेश थियो। त्यस्तै, अर्जुन कुमालले ४०, इर्शान पाण्डे र बसिर अहमदले समान ३७ तथा दीपेन्द्र सिंह ऐरीले २२ रनको योगदान दिए। ओमानका बलर शकिल अहमद, करण सोनाभेल र शाह फैसलले दुई–दुई विकेट लिए भने हसनइन शाहले एक विकेट हात पारे। लिग–२ अन्तर्गत यसअघिको खेलमा पनि नेपालले क्यानडालाई २४ रनले पराजित गरेको थियो। ओमानमाथिको यो जितसँगै नेपालले प्रतियोगितामा आफ्नो प्रदर्शनलाई थप मजबुत बनाएको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

कांग्रेस महाधिवेशन : ३५ वर्ष मुनी उमेर समूहबाट सुशील भट्टसहित ७ केन्द्रीय सदस्य निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सात प्रदेशबाट ३५ वर्ष उमेर समूहका ७ युवा नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । मंगलबार साँझ आएको अन्तिम मत परिणाम अनुसार ७ वटा प्रदेशबाट ३५ वर्ष मुनिका ७ युवा छनोट हुने व्यवस्था रहेको थियो । जसमध्ये सचिन तिमिल्सेनाले सर्वाधिक मत ल्याएका छन् । उनले ३ हजार १ […] ...

कांग्रेसकाे खुल्ला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित
काठमाडौं, असोज २७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार रामहरि खतिवडा र अजयबाबु शिवाकोटी सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ। खतिवडा २ हजार ९१० मत प्राप्त गर्दै सर्वाधिक मतसहित विजयी हुनुभएको हो। त्यस्तै, शिवाकोटीले २ हजार १७३ मत प्राप्त गरी सहमहामन्त्री पदमा निर्वाचित हुनुभएको छ। यस पदमा गण्डकी प्रदेशका सांसद डिल्लीराम ...

खगेन्द्र सुनार : विद्रोही छविमा विवादको दाग
पछिल्लो चुनावबाट रास्वपाको पल्लाभारी मात्रै भएन, ऊ अहिले त्यसै भारीबाट थिचिन थालेको छ । त्यसैले उसका कतिपय निर्वाचित सांसदले नै चाउचाउको कुपनको उपमाको आरोप खेपिरहेका छन् । कतिपयका लज्जास्पद बोली–व्यवहारले सांसद पदकै गरिमाको धज्जी उडाइरहेको छ । त्यसैको पछिल्लो उदाहरण बनेका छन्– खगेन्द्र सुनार । खासमा खगेन्द्रको भनिएको त्यो अडिओको वास्तविकता जुनसुकै समय वा सम्बन्धको सन्दर्भमा भएको भए पनि सत्य ...

कांग्रेसको महिला खुला केन्द्रीय सदस्यमा वासना थापालाई सर्वाधिक मत, अरु कस-कसले जिते चुनाव ?
काठमाडौं, असोज २७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ केन्द्रीय सदस्यमा संसदीय दलकी प्रमुख सचेतक वासना थापा सर्वाधिक मतसहित निर्वाचित हुनुभएको छ। थापाले ५ हजार १९३ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजय हासिल गर्नुभएको हो। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पनि उहाँ केन्द्रीय सदस्य चयन हुनुभएको थियो। महिला खुलातर्फ कांग्रेस सांसद उर्मिला थपलिया र लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी पनि केन्द्रीय ...


