Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/कांग्रेसको महिला खुला केन्द्रीय सदस्यमा वासना थापालाई सर्वाधिक मत, अरु कस-कसले जिते चुनाव ?

कांग्रेसको महिला खुला केन्द्रीय सदस्यमा वासना थापालाई सर्वाधिक मत, अरु कस-कसले जिते चुनाव ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसको महिला खुला केन्द्रीय सदस्यमा वासना थापालाई सर्वाधिक मत, अरु कस-कसले जिते चुनाव ?

काठमाडौं, असोज २७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ केन्द्रीय सदस्यमा संसदीय दलकी प्रमुख सचेतक वासना थापा सर्वाधिक मतसहित निर्वाचित हुनुभएको छ। थापाले ५ हजार १९३ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजय हासिल गर्नुभएको हो। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पनि उहाँ केन्द्रीय सदस्य चयन हुनुभएको थियो। महिला खुलातर्फ कांग्रेस सांसद उर्मिला थपलिया र लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। निर्वाचन समितिका अनुसार प्रतिनिधिसभा सदस्य थपलियाले ३ हजार ९७० र प्रदेशसभा सदस्य गिरीले ३ हजार ९०६ मत प्राप्त गर्नुभएको छ। त्यसैगरी, पूर्वसांसद कुसुमदेवी थापा र पूर्वराष्ट्रियसभा सदस्य धनाकुमारी थापा पनि महिला खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। कुसुमदेवीले ३ हजार २५० र धनाकुमारीले ३ हजार २३१ मत प्राप्त गर्नुभएको छ। यसैगरी, विनिता खड्का, अनिता देवकोटा, लक्ष्मी पाण्डे, सृजना अधिकारी र मुना भुसाल पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। निर्वाचन समितिका अनुसार खड्काले २ हजार ८६६, देवकोटाले २ हजार ८५३, पाण्डेले २ हजार ७००, अधिकारीले २ हजार ६५८ र भुसालले २ हजार ५१४ मत प्राप्त गर्नुभएको छ। यससँगै महिला खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित नेतृहरूले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व गर्ने अवसर पाउनुभएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित
राजनीतिJust now

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ । प्रदेशसभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित भएसँगै करिब तीन महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो । आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको ...

फरकधार
कांग्रेस महाधिवेशन : ३५ वर्ष मुनी उमेर समूहबाट सुशील भट्टसहित ७ केन्द्रीय सदस्य निर्वाचित
राजनीतिJust now

कांग्रेस महाधिवेशन : ३५ वर्ष मुनी उमेर समूहबाट सुशील भट्टसहित ७ केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सात प्रदेशबाट ३५ वर्ष उमेर समूहका ७ युवा नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । मंगलबार साँझ आएको अन्तिम मत परिणाम अनुसार ७ वटा प्रदेशबाट ३५ वर्ष मुनिका ७ युवा छनोट हुने व्यवस्था रहेको थियो । जसमध्ये सचिन तिमिल्सेनाले सर्वाधिक मत ल्याएका छन् । उनले ३ हजार १ […] ...

लोकपथ
कांग्रेसकाे खुल्ला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित
राजनीतिJust now

कांग्रेसकाे खुल्ला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौं, असोज २७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार रामहरि खतिवडा र अजयबाबु शिवाकोटी सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ। खतिवडा २ हजार ९१० मत प्राप्त गर्दै सर्वाधिक मतसहित विजयी हुनुभएको हो। त्यस्तै, शिवाकोटीले २ हजार १७३ मत प्राप्त गरी सहमहामन्त्री पदमा निर्वाचित हुनुभएको छ। यस पदमा गण्डकी प्रदेशका सांसद डिल्लीराम ...

जनताटाइम्स
खगेन्द्र सुनार : विद्रोही छविमा विवादको दाग
राजनीतिJust now

खगेन्द्र सुनार : विद्रोही छविमा विवादको दाग

पछिल्लो चुनावबाट रास्वपाको पल्लाभारी मात्रै भएन, ऊ अहिले त्यसै भारीबाट थिचिन थालेको छ । त्यसैले उसका कतिपय निर्वाचित सांसदले नै चाउचाउको कुपनको उपमाको आरोप खेपिरहेका छन् । कतिपयका लज्जास्पद बोली–व्यवहारले सांसद पदकै गरिमाको धज्जी उडाइरहेको छ । त्यसैको पछिल्लो उदाहरण बनेका छन्– खगेन्द्र सुनार । खासमा खगेन्द्रको भनिएको त्यो अडिओको वास्तविकता जुनसुकै समय वा सम्बन्धको सन्दर्भमा भएको भए पनि सत्य ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play