कांग्रेसलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्याउँछौँ : सहमहामन्त्री आलम

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री डा। मोहम्मद फिर्दोस आलमले पार्टीलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्याउने बताएका छन् । कांग्रेसको १५औँ महाधिवेशनमा मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आलमले नवनिर्वाचित सभापति गगनकुमार थापाले सबैलाई समेटेर पार्टीलाई अघि बढाउने विश्वास व्यक्त गरे । उनले विगतमा नेतृत्व तहबाट भएका कमजोरी सुधार गर्दै कांग्रेसको ऐतिहासिक पहिचानलाई निरन्तरता दिने बताए । मुलुकमा सङ्कट पर्दा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि जनताको विश्वास कायम राख्ने गरी पार्टी अघि बढ्ने धारणा राखे । पार्टी कार्यालय सानेपा सबै कांग्रेसजनको साझा थलो भएको बताउँदै आलमले सबैलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउने बताए । थापाले समाज, देश र पार्टीको आवश्यकता तथा जनताको चाहना बुझेको भन्दै उनले सक्षम नेतृत्वबाट कांग्रेसले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे । आलमले सरकारलाई जनउत्तरदायी र जवाफदेही बनाउन कांग्रेसले निरन्तर खबरदारी गर्ने पनि बताए । सरकारका कमजोरी औँल्याउँदै जनताका अपेक्षाअनुसार काम गर्न प्रेरित गर्नु प्रतिपक्षको जिम्मेवारी भएको उनको भनाइ छ । वर्तमान सरकारप्रति जनताको अपेक्षा धेरै भए पनि त्यसअनुसार काम हुन नसकेको टिप्पणी गर्दै उनले चाडपर्वका बेला बढ्न सक्ने महँगी नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले उनलाई नियुक्तिका लागि बधाई दिँदै सफल र उपलब्धिमूलक कार्यकालका लागि शुभकामना दिएको मन्त्रालयले जनाएको छ । सो अवसरमा दुवै पक्षले नेपाल–पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा छलफल गरे । दुवै मुलुकबीच रहिआएको ...

परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको भेटवार्ता
काठमाडौं।परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले उनलाई नियुक्तिका लागि बधाई दिँदै सफल र उपलब्धिमूलक कार्यकालका लागि शुभकामना दिएको मन्त्रालयले जनाएको छ। सो अवसरमा दुवै पक्षले नेपाल–पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा छलफल गरेका थिए। दुवै मुलुकबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई ...

आईएमएफको वार्षिक बैठकमा पहिलोपटक नेपालको नेतृत्वदायी भूमिका, सांसद खड्काको पहलमा गरियो ‘नेपाल कर्नर’ कार्यक्रम
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सन् २०२६ को वार्षिक बैठकका अवसरमा बैंककमा आयोजित ‘नेपाल कर्नर’ कार्यक्रम बागलुङ -१ का प्रतिनिधिसभा सदस्य सुशील खड्काको पहल र नेतृत्वमा सञ्चालन गरिएको छ। कार्यक्रममा नेपालबाट पाँच जना सांसदसहित विभिन्न क्षेत्रका प्रतिनिधि, विज्ञ तथा बैंककमा रहेका नेपाली समुदायका सदस्यहरूको सहभागिता थियो। इन्स्टिच्यु... ...

नेपाल क्लियरिङ्ग हाउसको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को आफ्नो पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५% बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस पश्चात् एनसीएचएलको चुत्ता पुँजी रु. १,६७,७२,८८,२०० बराबरको ...


