खगेन्द्र सुनारकाे विवादै-विवादको यात्रा

काठमाडौं । माइतीघर मण्डलामा शरीरमा नेल लगाएर दलितको पक्षमा न्याय माग्ने अभियन्ता हुँदै गत निर्वाचनमा बाँके–३ का संघीय सांसद बनेका खगेन्द्र सुनार अहिले आफ्नै विवादले घेरिएका छन् । दलित अभियन्ताबाट आफ्नै पार्टी खोलेका थिए, तर आफैले खोलेको पार्टी धेरै टिक्न सकेन । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित भएर चुनाव जितेका खगेन्द्र सुनार दलित अभियन्तादेखि अडियो काण्डसम्म आइपुग्दा दर्जनौं विवादमा मुछिएका छन् । सांसद सुनार पछिल्लो एक महिना सबैभन्दा धेरै विवादमा परिरहेका छन् । दलित अधिकारको कुरा गरेर राष्ट्रिय राजनीतिमा उदाएका उनी अहिले आफ्नै पार्टीभित्र ‘राइट टु रिकल’ गरेर फिर्ता बोलाउनुपर्ने अवस्थामा पुगेका छन् । सुनार पत्रकारिताबाट सिधै मूलधारको राजनीतिमा आएका होइनन् । उनी एक आक्रामक र प्रखर सामाजिक अभियन्ताका रूपमा स्थापित भएपछि मात्र राजनीतिमा प्रवेश गरेका हुन् । सुरुमा आफूलाई दलित अभियन्ताका रुपमा चिनाए । सामाजिक सञ्जालमा लाइभ बसेर दलित उत्पीडनका घटनामा बोल्ने शैलीले उनलाई चर्चामा ल्याएको थियो । नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका सुनारले २०७८/७९ मा दैलेखबाट कांग्रेसको महाधिबेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । पछि कांग्रेसबाट समेत अलग भएर दलित अधिकारकर्मिको रुपमा उनको उदय भयो । उनी पत्रकारीतामा हुँदा लामो समय संसदीय मामिलाको रिपोर्टरका रुपमा समेत काम गरेको अनुभव लिए । अहिले चुनाव जितेरै संसद पुगे । तर उनकाे याे छ महिने यात्रा सुखद् भने छैन । पछिल्लो समय आरोप-प्रत्याराेप, अदालतमा विचाराधीन मुद्दा र सार्वजनिक भएको विवादास्पद अडियोका कारण चर्चामा छ। अहिले एकैपटक उनका चार वटा अडियो सार्वजनिक भएका छन् । अडियोमा सुनारले बागमती प्रदेशकी एक पूर्व राज्यमन्त्रीलाई विवाहको प्रलोभनमा पारेर निजी भिडियो बनाएर ब्ल्याकमेल गरेको, फेसबुक निष्क्रिय पारेको भन्दै सक्रिय गर्न धम्की दिएको, नगरे घरमा आगो लगाइदिने, ज्यान मार्ने धम्की दिएको र राज्यमन्त्रीबाट राजीनामा दिएर संसदीय दलमा बुझाउन दबाब दिएको जस्ता आरोप लगाइएको छ । अडियोमा महिलाले आफूलाई कुटपिट र मानसिक तनाव दिएको गुनासो गरेको सुनिन्छ । उनको बैंकिङ कारोबार विवरण पनि सार्वजनिक भएको छ । तर, उक्त अडियोको स्वतन्त्र प्रमाणीकरण, आवाज उनकै हो भन्ने पुष्टि र घटनाको पूरा सन्दर्भ अझै आउन बाँकी छ । अडियो बाहिरीपछि रास्वपा सांसद खगेन्द्र सुनारले सामाजिक संजाल फेसबुक मार्फत प्रतिक्रिया दिएका छन् । प्रहरी भित्रको भ्रष्टाचार विरुद्ध प्रश्न उठाएपछि आफूमाथि निरन्तर प्रहार भइरहेको रास्वपा सांसद सुनारले बताएका छन् । उनले भनेका छन्, ‘प्रहरी भित्रको भ्रष्टाचार बिरुद्ध प्रश्न गरेपदेखि म माथि निरन्तर प्रहार भइरहेको छ । विभिन्न आरोप प्रत्यारोपको सिकार भइरहेको छु । हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ । आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन् । एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन् ।’ सुनारको विवाद पछिल्लो अडियो प्रकरणबाट मात्रै सुरु भएको होइन। सांसद बन्नुअघि नै उनीविरुद्ध विभिन्न कानुनी विवाद सार्वजनिक भएका थिए। सुनार २०७७ जेठमा रुकुममा नवराज विक हत्याकाण्डपछि दलितका लागि दलित अभियान चलाएर उनी चर्चामा आएका व्यक्ति हुन् । त्यही अभियानलाई उनले राजनीतिक पार्टीमा रुपान्तरण गर्ने प्रयास गरे । भर्खरै साउदी अरबका लागि प्रस्तावित राजदूत डा. गिरबहादुर सुनारसंग करोडौंको लेनदेनको आरोप लागेको थियो । सांसद सुनारले भने उक्त आरोप अस्वीकार गर्दै मेरो र गिरबहादुरको थर र ओशोको माला मात्र मिलेको हो भन्ने जवाफ दिएका थिए । सांसद हुनुअघि नै उनी प्रहरी र अदालतको रेकर्डमा रहँदै आएका थिए । सुर्खेतको मेहलकुना अस्पताल तोडफोड गरेको आरोपमा २०८१ असार २१ मा सुर्खेत जिल्ला अदालतले ७ दिनभित्र पक्राउ गर्न पुर्जी जारी गरेको थियो। त्यसअघि २०८० मा सार्वजनिक शान्ति विरुद्धको कसुरमा २० हजार धरौटीमा छुटे भने २०८२ साउनमा अधिवक्ता मनिषा गौतमको चरित्र हत्या गरेको आरोपमा साइबर अपराधमा काभ्रे जिल्ला अदालतले ५० हजार धरौटीमा रिहा गरेको थियो । तीनवटै मुद्दा अहिले पनि विचाराधीन छन् । उक्त मुद्दाकै कारण गत वर्ष उनी श्रममन्त्री बन्नबाट रोकिएको चर्चा चलेको थियो । त्यही बेला २०८१ साउनमा उनी माइतीघर मण्डलामा शरीरमा नेल लगाएर आमरण अनसन बसे । त्यही तस्बिरले उनलाई राष्ट्रिय अभियन्ताको छवि दिएको हो । सांसद भएपछि उनले निशाना नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीतिर सोझाएका छन् । सार्वजनिक लेखा समितिमा उनले निर्वाचन प्रहरीको जुत्ता, मोजा, रासन र पोशाक खरिदमा अर्बौंको घोटाला भएको दाबी गर्दै आएका छन् । समितिमै आईजीपीको राजीनामा माग गर्दै उनले भनेका थिए, ‘छानबिन भएन भने प्रमाण बोकेर फेरि नेल ठोकेर माइतीघरमा बस्छु ।’ गत भदौ २६ गते प्रतिनिधिसभा बैठकमा उनले आईजीपीमाथि करोडौं भ्रष्टाचार र अख्तियारमा उजुरी थुप्रिएको आरोप लगाए । त्याे बोली यति अमर्यादित भयो कि सभामुख डिपि अर्यालले ‘कहिल्यै पनि’ देखि ‘आरोप गम्भीर हुन्छ’ सम्मको अंश संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुपरेको थियो । अन्ततः सुनारको राजनीतिक भविष्य सामाजिक सञ्जालमा चल्ने आरोप–प्रत्यारोपले मात्र होइन, प्रमाण, कानुनी प्रक्रियाको निष्कर्ष र उनले देखाउने राजनीतिक जवाफदेहिताले निर्धारण गर्नेछ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश
काठमाडाैँ। राष्ट्रपति रामचन्द्र पाैडेलले दुई वटा अध्यादेश जारी गरेका छन्। ...

सबै दल असफल भए, देशलाई निकास दिने शक्ति राप्रपा मात्रै हो : अध्यक्ष लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चितता र अन्योल बढिरहेको उल्लेख गर्दै देशलाई निकास दिन राप्रपा मात्रै सक्षम रहेको दाबी गर्नुभएको छ। नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले अन्य राजनीतिक दलहरू असफलताको बाटोतर्फ अघि बढिरहेको टिप्पणी गर्नुभएको हो। अध्यक्ष लिङ्देनले परम्परागत कार्यशैलीबाट मात्रै पार्टीलाई बलियो बनाउन नसकिने बताउँदै नेतृत्वदेखि कार्यकर्तासम्म सबैले ...

राष्ट्रपति पौडेलद्वारा वन र भूमिसम्बन्धी २ अध्यादेश जारी
काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी कानुन संशोधन गर्ने २ वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद् बैठकको सिफारिसमा मंगलबार २ अध्यादेश जारी गरेका हुन् । जारी भएका अध्यादेशमा ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन […] ...

चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित रहने आईएमएफको प्रक्षेपण
• अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चीनको आर्थिक वृद्धिदर यस वर्ष ४.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ, जुन जुलाईको अनुमानभन्दा ०.१ प्रतिशत कम हो। • भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने अनुमान गरिएको छ, जुन चीनको तुलनामा उल्लेख्य रूपमा बढाइएको छ। • दक्षिण कोरिया र ताइवानको आर्थिक वृद्धिदर क्रमशः ३.३ प्रतिशत र १०.७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। ...


