Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मादुरोद्वारा यातनासम्बन्धी अभियोग अस्वीकार

मादुरोद्वारा यातनासम्बन्धी अभियोग अस्वीकार

Share:WhatsAppFacebookX (Twitter)Telegram
मादुरोद्वारा यातनासम्बन्धी अभियोग अस्वीकार

काठमाडौं । भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरोले आफू र पत्नी सिलिया फ्लोरेसमाथि लगाइएका यातनासम्बन्धी नयाँ अभियोग अस्वीकार गरेका छन् । उनले आफूहरू निर्दोष रहेको दाबी गरेका छन् । बिहीबार अदालतमा उपस्थित मादुरोले आफूमाथिका आरोपलाई ‘झुटा’ बताएका हुन् । अदालतमा बयान दिने क्रममा मादुरोले अभियोगहरू झुटा आरोप र गलत बयानबाजीमा आधारित रहेको जिकिर गरेका थिए । त्यसपछि न्यायाधीश अल्भिन के. हेलरस्टिनले मादुरोका तर्फबाट निर्दोष रहेको बयान दर्ता गरिने घोषणा गरेका थिए । फ्लोरेसले स्पेनी भाषाका दोभाषेमार्फत आफू पूर्ण रूपमा निर्दोष रहेको र कुनै अपराध नगरेको बताएकी थिइन् । अमेरिकी सेनाले काराकासस्थित निवासमा राति छापा मारेर नियन्त्रणमा लिएको आठ महिनापछि दम्पतीलाई न्युयोर्कस्थित अदालतमा उपस्थित गराइएको हो । दुवैजना हाल अमेरिकी हिरासतमा छन् । यसअघि लागुऔषध तस्करीसम्बन्धी अभियोग खेपिरहेका उनीहरूमाथि यातनासम्बन्धी थप अभियोग लगाइएको हो । अदालतले तय गरेको कार्यतालिकाअनुसार मुद्दाको नियमित सुनुवाइ सन् २०२७ जुन १४ देखि सुरु हुनेछ । यातनासम्बन्धी अभियोग के हुन् ? अभियोगपत्रअनुसार मादुरो र फ्लोरेसमाथि सन् २०१३ देखि २०२६ सम्म राज्यको सहयोगमा दमन अभियान चलाएको र तीन अमेरिकी नागरिकसहित दर्जनौँ व्यक्तिलाई यातना दिएको आरोप छ । सत्तामा टिकिरहने षड्यन्त्रअन्तर्गत मानव अधिकारको गम्भीर उल्लंघन गरिएको अभियोगमा उल्लेख छ । मादुरोको निर्देशनमा सुरक्षा निकायले बन्दीहरूलाई विद्युतीय झट्का दिने, कुटपिट गर्ने र श्वासप्रश्वासमा अवरोध पुर्‍याउने गरेको आरोप लगाइएको छ । उनले यातना दिने तरिका सुझाउने, पीडितमाथि भइरहेको यातनाबारे नियमित जानकारी लिने र एक बन्दीका सन्तानलाई मार्ने धम्कीसमेत दिन लगाएको अभियोगपत्रमा उल्लेख छ । फ्लोरेसमाथि पनि दमनकारी संयन्त्र निर्माणमा सहयोग गरेको र निश्चित व्यक्तिहरूलाई यातना दिन आदेश दिएको आरोप छ । मानव अधिकारवादी संस्थाहरूले लामो समयदेखि भेनेजुएलाका अधिकारीमाथि बन्दीहरूलाई यातना दिएको आरोप लगाउँदै आएका छन् । अमेरिकी अभियोगपत्रले मादुरोलाई यी आरोपमा जवाफदेही बनाउने कानुनी प्रक्रिया अघि बढाएको छ । विपक्षीमाथि दमन गरेको आरोपमा मादुरोविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले मानवताविरुद्धको अपराधबारे अनुसन्धान गरिरहेको छ । तर, अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छैन । विदेशी अधिकारीमाथि मुद्दा चलाउने अभ्यास अन्तर्राष्ट्रिय कानुनले यातनालाई गम्भीर अपराध मानेको छ । केही परिस्थितिमा अपराध भएको देश वा पीडितको नागरिकता फरक भए पनि अन्य देशमा मुद्दा चलाउन सकिन्छ । यद्यपि, अमेरिकामा विदेशी अधिकारीमाथि यस्तो अभियोगमा मुद्दा चलाइने घटना दुर्लभ छ । यसअघि लाइबेरियाका पूर्वराष्ट्रपति चाल्र्स टेलरका छोरा, युक्रेनमा युद्ध अपराधमा दोषी ठहरिएका रुसी नागरिक तथा सिरियाका बसर अल–असद शासनअन्तर्गतका पूर्वकारागार प्रमुखविरुद्ध यस्ता प्रकृतिका मुद्दा चलेका थिए । डीडब्ल्यू

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

‘ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ’
ताजा खबरJust now

‘ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ’

काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका नीतिविरुद्ध तथा ऋणमुक्तिको माग गर्दै शुक्रबार काठमाडौंको दरबारमार्गमा युवाले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले जनताको आवश्यकता र अधिकारभन्दा धन तथा नाफालाई प्राथमिकता दिने आर्थिक... ...

रातोपाटी
लडेको बेला दिएको साथको धेरै महत्व हुन्छ : गगन थापा
ताजा खबरJust now

लडेको बेला दिएको साथको धेरै महत्व हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले कठिन परिस्थितिमा प्राप्त हुने साथ र सहयोगको महत्व धेरै हुने बताएका छन् । दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सहज अवस्थामा साथ दिनेभन्दा अप्ठ्यारोमा साथ दिनेहरूको योगदान विशेष हुने बताएका हुन् । ‘सिधा हिँडिरहेको बेलामा, सजिलोको बेलामा साथ दिनेहरू धेरै हुन्छन्,’ थापाले भने, ‘लडेको बेलामा, ...

केन्द्रबिन्दु
साल्ट ट्रेडिङको चिनी प्रतिकेजी १०६ रुपैयाँमा, काठमाडौंमा ११० रुपैयाँमा बिक्री हुने
ताजा खबरJust now

साल्ट ट्रेडिङको चिनी प्रतिकेजी १०६ रुपैयाँमा, काठमाडौंमा ११० रुपैयाँमा बिक्री हुने

काठमाडौं । बजारमा चिनीको मूल्य प्रतिकेजी १३० रुपैयाँभन्दा माथि पुगेका बेला साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको चिनी प्रतिकेजी १०६ रुपैयाँमा वीरगञ्ज र ११० रुपैयाँमा काठमाडौंमा बिक्री गर्ने गरी मूल्य स्वीकृत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङले बिक्री गर्ने चिनीको मूल्य स्वीकृत गरेसँगै उपभोक्ताले बजार मूल्यभन्दा सस्तोमा चिनी पाउने बाटो खुलेको छ ।सरकारले गत भदौ १८ गतेको मन्त्रिपरिषद् ...

कर्पोरट खबर
गुटभन्दा माथि उठेर काम गर्छु, सबैलाई समेट्छु : गगन थापा
ताजा खबरJust now

गुटभन्दा माथि उठेर काम गर्छु, सबैलाई समेट्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका तथा प्रतिस्पर्धामा सहभागी हुन नसकेका योग्य र सक्षम नेताहरूलाई समेटेर पार्टीलाई अघि बढाउने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय कार्यसमितिलाई प्रभावकारी बनाउन यसपटक छुटेका नेताहरूको भूमिका पनि महत्वपूर्ण हुने बताए । उनले पार्टीको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play