Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/लडेको बेला दिएको साथको धेरै महत्व हुन्छ : गगन थापा

लडेको बेला दिएको साथको धेरै महत्व हुन्छ : गगन थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
लडेको बेला दिएको साथको धेरै महत्व हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले कठिन परिस्थितिमा प्राप्त हुने साथ र सहयोगको महत्व धेरै हुने बताएका छन् । दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सहज अवस्थामा साथ दिनेभन्दा अप्ठ्यारोमा साथ दिनेहरूको योगदान विशेष हुने बताएका हुन् । ‘सिधा हिँडिरहेको बेलामा, सजिलोको बेलामा साथ दिनेहरू धेरै हुन्छन्,’ थापाले भने, ‘लडेको बेलामा, ढलेको बेलामा दिने साथको धेरै महत्व हुन्छ ।’ सभापति थापाले आफ्नो राजनीतिक यात्राका क्रममा धेरै पटक कठिन परिस्थिति सामना गर्नुपरेको र आफू लडेको तथा कमजोर बनेको क्षणहरू पनि रहेको स्मरण गरे । ‘म एउटा राजनीतिक कार्यकर्ता हुँ । त्यसैले मेरो राजनीतिक यात्राका क्रममा धेरै पटक लडेको छु, धेरै पटक ढलेको छु,’ उनले भने । आफू कमजोर अवस्थामा पुगेका बेला पनि निरन्तर साथ, शुभेच्छा, आशीर्वाद र स्नेह दिनेहरूप्रति थापाले आभार व्यक्त गरे । ‘म कैयौँ पटक कमजोर हुँदा, तल पर्दा, अप्ठ्यारोमा पर्दै गर्दा मलाई किञ्चित केही नसोचिकन तपाईंहरूको निरन्तर मसँग शुभेच्छा रहेको छ, आशीर्वाद रहेको छ, स्नेह रहेको छ । त्यसका निम्ति मैले बोलेर आभार प्रकट गरेर पुग्दैन,’ उनले भने । थापाले आफूलाई अहिलेको स्थानसम्म पुर्‍याउन शुभेच्छुकहरूको ठूलो योगदान रहेको पनि बताए । आफूले निरन्तर प्राप्त गरेको स्नेह र विश्वासकै कारण वर्तमान अवस्थामा आइपुगेको उल्लेख गर्दै उनले यसमा शुभेच्छुकहरूको महत्वपूर्ण भूमिका रहेको दोहोर्‍याए । ‘तपाईंहरूले निरन्तर स्नेह जुन मलाई गर्नुभएको छ, जुन विश्वास गर्नुभएको छ । म आज जुन ठाउँमा छु, मैले पटक–पटक यो कुरा भनेको छु, फेरि पनि दोहोर्‍याउँछु,’ थापाले भने, ‘यस्तो कुरा दोहोर्‍याउन पनि मन लाग्छ । त्यसमा तपाईंहरूको धेरै ठूलो योगदान छ ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

७ दिनभित्र हाजिर नभए प्रहरी निरीक्षक सुनारलाई सेवाबाट हटाइने
ताजा खबरJust now

७ दिनभित्र हाजिर नभए प्रहरी निरीक्षक सुनारलाई सेवाबाट हटाइने

काठमाडौँ । नेपाल प्रहरी सेवाको प्राविधिक समूहतर्फ कार्यरत प्रहरी निरीक्षक डा. विजय सुनारको नाममा गृह मन्त्रालयले स्पष्टीकरणसहित हाजिर हुन आउनेबारे म्याद सूचना जारी गरेको छ। कर्णाली प्रदेश, जुम्ला जिल्ला चन्दननाथ नगरपालिका... ...

रातोपाटी
प्रहरी दिवसको निम्ता कार्डमा प्रमुख अतिथि प्रधानमन्त्री थिए, अन्तिममा लिखित मन्तब्य पठाएर टारे
ताजा खबरJust now

प्रहरी दिवसको निम्ता कार्डमा प्रमुख अतिथि प्रधानमन्त्री थिए, अन्तिममा लिखित मन्तब्य पठाएर टारे

• नेपाल प्रहरीले ७१ औं प्रहरी दिवस मनाएको छ, तर प्रधानमन्त्री बालेन शाह उपस्थित भएनन्। • गृहमन्त्री सुधन गुरुङले नयाँ प्रहरी विधेयकको बारेमा जानकारी दिए र प्रहरी संगठनलाई मजबुत बनाउन सरकारको प्रतिबद्धता व्यक्त गरे। • प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले वित्तीय र साइबर अपराध नियन्त्रणका लागि उच्च प्रविधिमैत्री संयन्त्र निर्माण गर्ने योजना रहेको बताए। ...

नेपालबहस
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्व सूचना प्रणाली जडान
ताजा खबरJust now

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्व सूचना प्रणाली जडान

कञ्चनपुर।कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्व सूचना प्रणाली जडान गरिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउको बस्तीमा मानव–वन्यजन्तु जोखिम न्यूनीकरणका लागि भीमदत्त नगरपालिका र कनेक्ट परियोजनाको सहयोगमा पूर्व सूचना प्रणाली (साइरन) जडान गरिएको हो । भीमदत्त–१९ का वडाध्यक्ष जगुराम थारु चौधरीले भने, “पूर्व सूचना प्रणालीले निकुञ्जबाट जङ्गली जनावर बस्ती प्रवेश गर्दा साइरन बज्छ र मोबाइलमा सन्देश आउँछ। यसले मानव ...

नेपालन्युज
मधेस प्रदेशमा जसपा नेपाल र लोसपा नेपालको समायोजन
ताजा खबरJust now

मधेस प्रदेशमा जसपा नेपाल र लोसपा नेपालको समायोजन

काठमाडौँ । मधेस प्रदेश समितिमा जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको समायोजन भएको छ । दुवै पार्टीलाई मिलाएर १५५ सदस्यीय मधेस प्रदेश समिति बनाइएको छ । जसपा नेपाल... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play