Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/साल्ट ट्रेडिङको चिनी प्रतिकेजी १०६ रुपैयाँमा, काठमाडौंमा ११० रुपैयाँमा बिक्री हुने

साल्ट ट्रेडिङको चिनी प्रतिकेजी १०६ रुपैयाँमा, काठमाडौंमा ११० रुपैयाँमा बिक्री हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
साल्ट ट्रेडिङको चिनी प्रतिकेजी १०६ रुपैयाँमा, काठमाडौंमा ११० रुपैयाँमा बिक्री हुने

काठमाडौं । बजारमा चिनीको मूल्य प्रतिकेजी १३० रुपैयाँभन्दा माथि पुगेका बेला साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको चिनी प्रतिकेजी १०६ रुपैयाँमा वीरगञ्ज र ११० रुपैयाँमा काठमाडौंमा बिक्री गर्ने गरी मूल्य स्वीकृत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङले बिक्री गर्ने चिनीको मूल्य स्वीकृत गरेसँगै उपभोक्ताले बजार मूल्यभन्दा सस्तोमा चिनी पाउने बाटो खुलेको छ ।सरकारले गत भदौ १८ गतेको मन्त्रिपरिषद् बैठकबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनलाई भन्सार महसुल छुटमा चिनी आयात गर्न अनुमति दिएको थियो । चाडपर्वका बेला बजारमा चिनीको आपूर्ति सहज बनाउने उद्देश्यले गरिएको उक्त निर्णयअनुसार साल्ट ट्रेडिङले चिनी आयात प्रक्रिया अघि बढाएको थियो ।सरकारको निर्णयपछि साल्ट ट्रेडिङ कर्पोरेशनले भदौ २८ गते पहिलो खेपको चिनी भन्सारबाट पास गराएको थियो । उक्त खेपमा ९२५ मेट्रिक टन चिनी रहेको थियो । त्यसपछि थप चिनी आयात गर्ने प्रक्रिया अघि बढाइएको थियो । सरकारले भन्सार महसुल छुटमा चिनी आयात गर्ने निर्णय गर्न ढिलाइ गरेका कारण आयात प्रक्रिया प्रभावित भएको थियो । दुवै सार्वजनिक संस्थान वैशाखदेखि नै भन्सार छुटको निर्णयको प्रतीक्षामा थिए । तर, सरकारले भदौमा मात्रै निर्णय गरेपछि चाडपर्व लक्षित चिनी आयातमा ढिलाइ भएको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने आफूसँग पर्याप्त मौज्दात रहेकाले थप चिनी आयात गरेन । कम्पनीसँग पहिल्यै २ हजार ५०० मेट्रिक टन चिनी मौज्दात थियो । त्यसबाहेक सरकारले असारमा सरकार–सरकार ९जीटुजी० प्रक्रियामार्फत खरिद गरेको थप १ हजार मेट्रिक टन चिनी पनि मौज्दात थियो । कम्पनीका सूचना अधिकारी माधव मिश्रले मौज्दात र मूल्यका कारण थप चिनी आयात गर्न आवश्यक नपरेको बताए । उनले भने, “हामीसँग २५ हजार क्वीन्टल चिनी अलरेडी थियो । जीटुजी मार्फत ल्याइएको १० हजार क्वीन्टल चिनी पनि थियो,” उनले भने, “भन्सार महसुल छूटको चिनी हामीले ल्याउनु परेन। स्टक पनि थियो। पछि महंगो पनि पर्ने भएकाले ल्याएनौं।” मूल्य स्वीकृतिमा ढिलाइ हुँदा बिक्री प्रभावितभन्सार महसुल छुटमा आयात गरिएको चिनीको लागतका आधारमा मूल्य निर्धारण गर्न साल्ट ट्रेडिङले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्ताव गरेको थियो । तर, मन्त्रालयबाट मूल्य स्वीकृत हुन करिब एक महिना लाग्यो । मन्त्रालयका अधिकारीहरूका अनुसार साल्ट ट्रेडिङसँग हाल भन्सार छुटमा आयात गरिएको करिब १६ हजार मेट्रिक टन चिनी मौज्दात छ । आयातमा लागेको लागतका आधारमा प्रतिकेजी मूल्य स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव पेस गरिएको थियो । तर, असोज २७ गते मंगलबार मात्रै मूल्य स्वीकृत भएको हो । मन्त्रालयको आपूर्ति शाखाका प्रमुख नवराज घिमिरेले साल्ट ट्रेडिङले बिक्री गर्ने चिनीको मूल्य स्वीकृत भएको जानकारी दिए । उनका अनुसार आयात लागतका आधारमा वीरगञ्जमा प्रतिकेजी १०६ रुपैयाँ र काठमाडौंमा प्रतिकेजी ११० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । घिमिरेले भने, “उहाँहरुको लागत हेरेर वीरगञ्जमा १०६ रुपैयाँ र काठमाडौंमा ११० रुपैयाँका दरले बिक्री गर्नेगरी मूल्य तोकिएको छ।”चाडपर्वको छोटो अवधिमा १६ हजार मेट्रिक टन चिनी बिक्री गर्नुपर्ने मूल्य स्वीकृतिमा ढिलाइ हुँदा साल्ट ट्रेडिङले करिब एक महिनासम्म चिनी बिक्री गर्न पाएन । त्यसका कारण आयात गरिएको ठूलो परिमाणको चिनी गोदाममै थन्किएको थियो । अब सीमित कार्यालय दिनभित्र करिब १६ हजार मेट्रिक टन चिनी बिक्री गर्नुपर्ने दबाब कम्पनीमाथि परेको छ । असोजको बाँकी एक दिन र कात्तिकमा कार्यालय खुल्ने १४ दिन गरी जम्मा १५ कार्यालय दिनमा उक्त परिमाणको चिनी बिक्री गर्नुपर्ने अवस्था छ । कात्तिकमा सार्वजनिक बिदा धेरै हुने भएकाले बिक्रीका लागि उपलब्ध समय सीमित छ । त्यसमाथि मंसिरदेखि उखु उत्पादन र नयाँ चिनी उत्पादनको सिजन सुरु हुने भएकाले बजारमा नयाँ चिनी आउन थाल्नेछ । नयाँ उत्पादन बजारमा आएपछि चिनीको मूल्य घट्न सक्ने भएकाले पहिले नै तुलनात्मक रूपमा महँगो लागतमा आयात गरिएको चिनी बिक्री गर्न थप चुनौती हुन सक्छ । साल्ट ट्रेडिङका अधिकारीहरूले मन्त्रालयसमक्ष मूल्य निर्धारणमा खरिद लागत र आयात भाडा मात्रै समेटिएको, तर बैंकको ब्याज, गोदाम भाडा र प्रशासनिक खर्च समावेश नगरिएको विषयमा असन्तुष्टि जनाएका थिए । मन्त्रालयका एक उच्च अधिकारीले भने, “उहाँहरु (साल्ट ट्रेडिङका प्रतिनिधि)ले चिनी बेच्न मिल्ने समय, लागतबारे अलि असन्तुष्ट देखिनुहुन्थ्यो,” उनले भने, “मूल्यको विषयमा खरिद लागत र आयात भाडामात्रै जोडेर मूल्य निर्धारण गरिएको, बैंकको ब्याज, गोदाम भाडा, प्रशासनिक खर्च नजोडेरै मूल्य निर्धारण गरिएकोबारे घाटामा बेच्नुपरेको गुनासो उहाँहरुको थियो। तर पछि गएर नयाँ चिनीसमेत बजारमा आउने भएकाले कम्प्रोमाइज गर्न यता (मन्त्रालय)बाट पनि प्रेरित गरेपछि मात्रै राजी हुनुभयोजस्तो छ ।”बजार मूल्यभन्दा सस्तो चिनीले उपभोक्तालाई राहत दिने अपेक्षासरकारले भन्सार महसुल छुटमा चिनी आयात गर्ने निर्णय गर्दा भारतमा चिनीको मूल्य बढेको थियो । भारतमा उत्पादित उखुको ठूलो हिस्सा पेट्रोलमा मिसाइने इथानोल उत्पादनमा प्रयोग हुन थालेपछि चिनी उत्पादनमा कमी आएको र मूल्य बढेको बताइएको थियो । त्यही समयमा नेपालले चाडपर्वलाई लक्षित गरी चिनी आयात गर्न खोज्दा लागत बढेको थियो । यद्यपि, अहिले पनि बजारमा निजी व्यवसायीले चिनी प्रतिकेजी १३० रुपैयाँभन्दा माथिको मूल्यमा बिक्री गरिरहेको अवस्थामा साल्ट ट्रेडिङले तोकिएको मूल्यमा चिनी उपलब्ध गराउन सके उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ । वीरगञ्जमा प्रतिकेजी १०६ रुपैयाँ र काठमाडौंमा ११० रुपैयाँमा चिनी बिक्री गर्ने मूल्य स्वीकृत भएपछि बजारमा सस्तो चिनीको आपूर्ति बढाउन साल्ट ट्रेडिङलाई सहज हुने देखिएको छ । बजार मूल्यभन्दा कम मूल्यमा चिनी उपलब्ध गराउन सके त्यसले निजी क्षेत्रको मूल्यमा समेत प्रतिस्पर्धात्मक दबाब सिर्जना गर्न सक्छ । तर, सीमित समयभित्र ठूलो परिमाणको चिनी बिक्री गर्नुपर्ने चुनौती भने कम्पनीसामु छ । मूल्य स्वीकृतिमा भएको ढिलाइ, आयात लागत र नयाँ उत्पादन बजारमा आउने समयलाई ध्यानमा राख्दै साल्ट ट्रेडिङले बिक्री व्यवस्थापन कसरी गर्छ भन्ने विषयले उपभोक्ताले पाउने राहतको प्रभावकारिता निर्धारण गर्नेछ । The post साल्ट ट्रेडिङको चिनी प्रतिकेजी १०६ रुपैयाँमा, काठमाडौंमा ११० रुपैयाँमा बिक्री हुने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

नवप्रवर्तनको अभाव होइन, प्रयोग र विस्तारमा चुनौती छ : एफएओ महानिर्देशक डोङ्यु
ताजा खबरJust now

नवप्रवर्तनको अभाव होइन, प्रयोग र विस्तारमा चुनौती छ : एफएओ महानिर्देशक डोङ्यु

काठमाडौं । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक चु डोङ्युले विश्वमा भोकमरी अन्त्य गर्न आवश्यक क्षमता, साधन, प्रविधि र ज्ञान उपलब्ध भए पनि तिनको व्यापक प्रयोग हुन नसक्दा खाद्य सुरक्षा सुनिश्चित गर्न चुनौती भइरहेको बताएका छन् । विश्व खाद्य दिवस २०२६ का अवसरमा वक्तव्य जारी गर्दै नवप्रवर्तनको अभावभन्दा पनि समाधानका उपयुक्त विकल्पलाई स्थानीय आवश्यकता अनुकूल बनाउँदै व्यापक रूपमा ...

टक्सार
प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
ताजा खबरJust now

प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा अयोजित कार्यक्रममा बोल्दै उले यस्तो निर्देशन दिएका हुन । उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्ने बताए । उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता ...

लुम्बिनी सञ्चार
कोका-कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी
ताजा खबरJust now

कोका-कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी

काठमाडौँ । अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो । तर, दशैँमा घर फर्किनका लागि टिकट पाउन भने धेरैलाई कठिन हुने गर्छ । यही समस्यालाई ध्यानमा राख्दै कोका–कोलाले ‘भरौँ खुसी’ दशैँ अभियान २०२६ सञ्चालनमा ल्याएको छ । यस अभियानले दशैँको खुसीलाई थप विशेष बनाउनुका साथै घर फर्किने यात्रालाई सहज ...

केन्द्रबिन्दु
प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
ताजा खबरJust now

प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा अयोजित कार्यक्रममा बोल्दै उले यस्तो निर्देशन दिएका हुन । उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्ने बताए । उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play