अर्थमन्त्री स्वर्णिम वाग्ले थाइल्याण्ड प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्याण्डको राजधानी ब्याङ्कक प्रस्थान गरेका छन् । विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ । अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि ब्याङ्कक गएका छन् । अर्थमन्त्री वाग्ले कात्तिक ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
Read Complete Original Article
Published originally on अनलाइनपाना
Related News

पनामामा भूकम्पपछि आपतकाल घोषणा
पनामा सिटी। शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पनामाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपतकाल घोषणा गरेको छ। यसैबीच, मंगलबार बिहान पनामामा ६.१ म्याग्निच्युडको अर्को भूकम्प गएको नेसनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) ले जनाएको छ। यसअघि शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि १४७ वटा परकम्प आएका थिए र तीमध्ये केही ६.१ र ६.६ म्याग्निच्युडसम्मका थिए। ...
मन्त्री फेरिए, बजारमा ग्यासको लाइन फेरिएन !
• ग्यास आपूर्तिमा सुधार गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह सफल हुन सकेका छैनन्। • नेपाल आयल निगमले चाडपर्वको समयमा ग्यास वितरणका लागि ११ स्थानमा वितरण केन्द्र खोलेको छ। • ग्यास सिलिन्डरको लागि उपभोक्ताले लामो लाइनमा पर्खनु परेको छ। ...

हुँकार मधेसले तोक्यो विभागीय प्रमुख
हुँकार मधेशले विभागीय प्रमुखहरूको जिम्मेवारी तोकेको छ। विभिन्न दलमा आवद्ध रहेका नेताहरूले मधेसमा छुट्टै अभियान चलाउन असोज ९ गते हुंकार मधेशको घोषणा गरेका थिए। उनीहरूले पहिलो चरणमा २१ वटा विभागीय प्रमुखको जिम्मेवारी तोकिएको केन्द्रीय प्रवक्ता केशवकुमार झाले जानकारी दिए। प्रवक्ता झाका अनुसार प्रमुख हुनको लागि कम्तीमा स्नातक उतीर्ण हुनुपर्ने र विभागीय वि... ...

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुई तिहाइ मतले पारित
काठमाडौं । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १४९औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायु विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई तिहाइ मतले पारित भएको छ । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले यसलाई नेपालको संसदीय कूटनीतिमा ऐतिहासिक उपलब्धि भएको बताएका छन् । महासभामा सहभागी भएर मंगलबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय संसदीय मञ्चमा नेपालले पहिलोपटक […] ...


