पनामामा भूकम्पपछि आपतकाल घोषणा

पनामा सिटी। शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पनामाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपतकाल घोषणा गरेको छ। यसैबीच, मंगलबार बिहान पनामामा ६.१ म्याग्निच्युडको अर्को भूकम्प गएको नेसनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) ले जनाएको छ। यसअघि शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि १४७ वटा परकम्प आएका थिए र तीमध्ये केही ६.१ र ६.६ म्याग्निच्युडसम्मका थिए। भूकम्पको केन्द्र लस सान्टोस प्रान्तको टोनोसीबाट करिब ३९ किलोमिटर उत्तरपश्चिममा रहेको थियो। सबैभन्दा बढी क्षति दक्षिणी तटीय क्षेत्रको कोक्ले प्रान्तमा भएको छ भने पनामा सहरमा पनि क्षति पुगेको छ। प्रारम्भिक विवरणमा केही मानिस सामान्य घाइते भएको जनाइएको थियो। राष्ट्रपति जोस राउल मुलिनोले राहत कार्य समन्वय गर्न, स्रोतसाधन व्यवस्थापन गर्न र प्रभावित समुदायका आवश्यकता सम्बोधन गर्न आयोग गठन गर्न निर्देशन दिएका छन्। सरकारले चन्दा संकलन केन्द्र स्थापना गर्नुका साथै प्रभावित क्षेत्रका अस्पतालमा बिरामीलाई बाहिर निकालेर उपचारको व्यवस्था गरेको छ। भूकम्पपछि दुई मेट्रो लाइनको सेवा स्थगित गरिएको थियो भने देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल सावधानीका लागि अस्थायी रूपमा बन्द गरी पछि पुनः सञ्चालनमा ल्याइएको थियो। अमेरिकी दूतावासले मध्य तथा दक्षिण अमेरिकाका नौ देशमा परकम्प र सुनामीको सम्भावित जोखिमबारे चेतावनी दिएको थियो। अमेरिकी सुनामी चेतावनी प्रणालीले पछि खतरा नरहेको जनाएको थियो। –रासस/एएनआइ
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

हङकङमा दक्षिणपूर्वी एसियाका महिलालाई पासोमा पारेर देहव्यापारमा लगाउने २० जना पक्राउ
हङकङ प्रहरीले सीमापार देहव्यापारमा संलग्न गिरोहसँग सम्बन्धित २० जनालाई पक्राउ गरेको छ। गिरोहले दक्षिणपूर्वी एसियाका महिलालाई हङकङ ल्याउने र ल्याउँदाको खर्च उठाउने नाममा देहव्यापारमा लगाउने गरेको थियो। प्रहरीका अनुसार गिरोहले महिलाहरूलाई हङकङ ल्याउने खर्च र बसोबासको खर्च बेहोर्थ्यो। यसको सट्टामा उनीहरूलाई ३० देखि ४५ पटकसम्म नि:शुल्क र त्यसपछि कमाइको आधा बुझाउनुपर्ने... ...

राष्ट्रपति पौडेलले जारी गरे दुईवटा अध्यादेश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा अध्यादेश जारी गरेका छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ अध्यादेश जारी गरेका हुन् । ...

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण, पीडित भन्छन्- हाम्रा लागि यो सिंहदरबार हो
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन्। प्रचण्डले मंगलबार बिहान बेलकोटगढी नगरपालिका–७, महादेवथानमा प्रभावित परिवारलाई घरको चाबी हस्तान्तरण गरेका हुन्। दुई कोठा र शौचालयसहितका ती ... ...

खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल
काठमाडौं । खाद्य स्वच्छता तथा गुणस्तर र औषधिको नियमनलाई प्रभावकारी बनाउन खाद्य तथा औषधि प्राधिकरण स्थापना तथा सञ्चालनसम्बन्धी छलफल गरिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाको अध्यक्षतामा मंगलबार बसेको बैठकमा प्रस्तावित प्राधिकरणको कानुनी तथा संस्थागत स्वरूप, कार्यक्षेत्र, संरचना, नियमनकारी जिम्मेवारी र वित्तीय मोडलबारे छलफल भएको हो । बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको विशेष उपस्थिति ...


