Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल

खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल

काठमाडौं । खाद्य स्वच्छता तथा गुणस्तर र औषधिको नियमनलाई प्रभावकारी बनाउन खाद्य तथा औषधि प्राधिकरण स्थापना तथा सञ्चालनसम्बन्धी छलफल गरिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाको अध्यक्षतामा मंगलबार बसेको बैठकमा प्रस्तावित प्राधिकरणको कानुनी तथा संस्थागत स्वरूप, कार्यक्षेत्र, संरचना, नियमनकारी जिम्मेवारी र वित्तीय मोडलबारे छलफल भएको हो । बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको विशेष उपस्थिति थियो । बैठकमा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय, नियामक निकायहरूबीच सहकार्य तथा आवश्यक जनशक्ति र स्रोतसाधन व्यवस्थापनका विषयमा पनि विचारविमर्श गरिएको मन्त्रालयले जनाएको छ । बैठकमा मन्त्रालयका महाशाखा प्रमुख, औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक, सम्बन्धित शाखाका अधिकारी तथा सरोकारवालाका प्रतिनिधिहरू सहभागी थिए । प्रस्तावित प्राधिकरणमार्फत खाद्य स्वच्छता तथा गुणस्तर र औषधिसम्बन्धी नियमनलाई थप व्यवस्थित, वैज्ञानिक र प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो । The post खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी
ताजा खबरJust now

राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। ...

नेपालन्युज
रामपुरमा स्थायी लेखा नम्बर दर्ता सेवा सुरू
ताजा खबरJust now

रामपुरमा स्थायी लेखा नम्बर दर्ता सेवा सुरू

इमान सिं रानारामपुर (पाल्पा), असोज २७ गते । पाल्पाको रामपुर नगरपालिकाले व्यावसायिक तथा व्यक्तिगत स्थायी लेखा नम्बर (पान नं.) वितरण सेवा सुरु गरेको छ । आन्तरिक राजश्व कार्यालय बुटवल... ...

गोरखापत्र
गुल्जार नयाँ बसपार्क : दसैँमा घर जान टिकट छ, बाटो राम्रो छैन (भिडियो रिपोर्ट)
ताजा खबरJust now

गुल्जार नयाँ बसपार्क : दसैँमा घर जान टिकट छ, बाटो राम्रो छैन (भिडियो रिपोर्ट)

काठमाडौँ । दसैँ सुरू भएसँगै राजधानी काठमाडौं उपत्यकामा विभिन्न पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा रहेकाहरू आफ्नो स्थायी थातथलो फर्किन थालेका छन् । काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा उपत्यकाबाट बाहिरिनेहरूको थामिनसक्नु भिड... ...

रातोपाटी
उद्योगमन्त्री र दक्षिण कोरियाका उच्चायुक्तबीच भेटघाट
ताजा खबरJust now

उद्योगमन्त्री र दक्षिण कोरियाका उच्चायुक्तबीच भेटघाट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका लागि गणतन्त्र दक्षिण अफ्रिकाका गैरआवासीय उच्चायुक्त प्रा. अनिल सुकलालबीच एक शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा उच्चायुक्तले मन्त्रीलाई नयाँ नियुक्ति भएकोमा बधाई ज्ञापन गर्नुका साथै हालै आएको बाढीपहिरोका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे । छलफलमा नेपाल र दक्षिण अफ्रिकाबीचको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play