Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Others/विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा

विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा

10/14/2026, 9:54:24 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा

विश्वभर ‘पिस डग’ अर्थात् शान्तिको प्रतीकका रूपमा चर्चित कुकुर ‘अलोका’ नेपाल आइपुगेको छ। अलोका थाइल्यान्डबाट बौद्ध भिक्षुहरूसँगै हालै काठमाडौं आइपुगेको हो।

काठमाडौं आइपुगेपछि अलोकाको व्यस्तता बढेको छ भने उसलाई हेर्न आउनेहरूको भीड पनि उत्तिकै लागेको छ। एकपटक हेर्ने र सुम्सुम्याउने रहर बोकेका थुप्रै नेपाली अलोकाको वरिपरि झुम्मिएको मंगलबार बौद्धमा देखियो। बौद्धस्थित सेतो गुम्बामा भोटेकोशी बाढीमा परी दिवंगत भएकाहरूको स्मृतिमा आयोजित शोक तथा प्रार्थना सभामा अलोका पनि उपस्थित थियो।

भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको अलोका भिक्षुहरूसँगै विभिन्न देशको यात्रा गर्दै विश्व शान्तिको सन्देश फैलाउने प्रतीकका रूपमा चर्चित बनेको छ।

यही असोज २२ गते बौद्ध भिक्षुकहरुकोसाथ नेपाल आइपुगेको अलोकाको यहाँको बसाई असोज ३० गतेसम्म हुने कुरा बौद्ध भिक्षुहरुको यात्राको संयोजन गरिरहेका नरेन्द्र मानन्धरले बताए । मानन्धरका अनुसार अलोकासँगै रहेको बौद्ध भिक्षुहरुले बाढी पीडित परिवारका साथै प्रभावित क्षेत्रका जनावरको हितका लागि पनि काम गर्ने छ ।

अलोकाको कथा सन् २०२२ बाट सुरु हुन्छ। भारतमा बौद्ध भिक्षु भिक्खु पञ्ञाकरसहितका भिक्षुहरू पदयात्रामा रहेका बेला अलोका उनीहरूको सम्पर्कमा आएको थियो। भिक्षुहरूलाई पछ्याउँदै हिँड्न थालेको यो कुकुर बिस्तारै उनीहरूको यात्राको साथी बन्यो। सडकमा बेवारिसे अवस्थामा भेटिएको अलोका त्यसपछि भिक्षुहरूसँगै लामो यात्रामा निस्कियो।

अमेरिकामा बौद्ध भिक्षुहरूसँगै लामो दूरीको पैदल शान्ति यात्रामा सहभागी भएपछि अलोका अझ चर्चित बन्यो। भिक्षुहरूसँगै हिँडिरहेको अलोकाका तस्बिर र भिडियो सामाजिक सञ्जालमा फैलिँदै गए। त्यसपछि धेरै मानिसले उसलाई ‘पिस डग’ भनेर चिन्न थाले।

अलोकाको चर्चा उसको यात्राका कारण मात्रै भएको होइन। उसले दिने सन्देशले पनि मानिसहरूको मन छोएको छ। मानिसहरू धर्म, जात, भाषा र देशका आधारमा विभाजित भइरहेका बेला एउटा कुकुर भिक्षुहरूसँगै शान्तिको सन्देश फैलाउँदै यात्रा गरिरहेको छ। उसको यात्राले माया र करुणाको भाषा सबैले बुझ्छन् भन्ने कुरा सम्झाउँछ।

अलोका बोल्न सक्दैन। तर, भिक्षुहरूसँगै हिँडिरहेको उसको दृश्यले मानिसहरूलाई सोच्न बाध्य बनाउँछ। शान्तिको कुरा गर्न ठूलो भाषण दिनैपर्छ भन्ने छैन। अरूप्रति दया देखाउनु, सबै प्राणीलाई माया गर्नु र सँगै अघि बढ्नु पनि शान्तिको सुरुवात हुन सक्छ भन्ने सन्देश उसको कथाले दिन्छ।

नेपालमा पहिलोपटक आएको अलोका मंगलबार बौद्धमा देखियो। अलोकाको नेपाल आगमनले उसको यात्रामा अर्को अध्याय थपेको छ। बौद्ध धर्ममा करुणा, अहिंसा र सबै प्राणीप्रति मैत्रीभाव राख्नुलाई महत्त्व दिइन्छ। त्यसैले भिक्षुहरूसँगै शान्तिको सन्देश फैलाउँदै हिँडिरहेको अलोकाको नेपाल यात्रा अर्थपूर्ण बनेको छ।

भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको अलोका आज विश्वभरका मानिसको चासो र मायाको पात्र बनेको छ।

कुन–कुन देशमा यात्रा ग¥यो अलोकाले?

भारत

सन् २०२२ मा कोलकाताबाट बोधगयातर्फ पैदल यात्रामा रहेका बौद्ध भिक्षुहरूसँग अलोका जोडिएको थियो। उनीहरूसँगै करिब १०० दिन यात्रा गर्दै नेपाल सीमासम्म पुगेको थियो।

अमेरिका

सन् २०२५ अक्टोबर २६ मा टेक्ससको फोर्ट वर्थबाट सुरु भएको शान्ति पदयात्रामा अलोका सहभागी भयो। करिब १०८ दिनमा ३ हजार ७ सय किलोमिटर यात्रा गर्दै पदयात्रा वासिङ्टन डीसी पुगेको थियो।

श्रीलंका

सन् २०२६ अप्रिलमा डम्बुलाबाट सुरु भएको शान्ति यात्रामा अलोका सहभागी भयो। अनुराधापुर, माटाले, क्यान्डी र केलनियालगायतका क्षेत्र हुँदै कोलम्बोको इन्डिपेन्डेन्स स्क्वायरसम्म यात्रा गरेको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

बेलीब्रिज निर्माण सम्पन्न नहुँदा दशैँमा घर फर्किने यात्रु तुइनको सहारामा, तुइन चढ्न घण्टौँ कुर्नुपर्ने
OthersJust now

बेलीब्रिज निर्माण सम्पन्न नहुँदा दशैँमा घर फर्किने यात्रु तुइनको सहारामा, तुइन चढ्न घण्टौँ कुर्नुपर्ने

नुवाकोटको सिमुटारबाट गुम्बाडाँडासम्म दशैँमा घर फर्किने यात्रुहरू तुइन र जिपलाइनको सहारा लिन बाध्य छन् । समयमै बेलीब्रिज निर्माण सम्पन्न नहुँदा यात्रुहरूले जोखिम मोलेर यात्रा गर्नुपरेको हो। दुई दिनअघि नै सञ्चालनमा आउने भनिएको बेली ब्रिजको उद्घाटन विहीबार मात्र हाुँदैछ । पुल सञ्चालनमा नआउँदा यात्रुहरूले घण्टौँ प्रतीक्षा गरेर तुइनबाट नदी पार गर्नुपर्ने बाध्यता छ । दशैँ मनाउन घर फर्किंदै गरेकी विदुर नगरपालिका–१३ की मायाँ तामाङ ...

पर्दाफास
कांग्रेस केन्द्रीय सदस्य खस आर्य महिलातर्फ यस्तो छ पछिल्लो मत परिणाम
OthersJust now

कांग्रेस केन्द्रीय सदस्य खस आर्य महिलातर्फ यस्तो छ पछिल्लो मत परिणाम

नेपाली कांग्रेसको केन्द्रीय सदस्य (खस आर्य महिला) तर्फको मतगणनामा डा. भद्रा पराजुली भण्डारीले अग्रता लिएकी छन्। १ हजार ५०० मत गणना हुँदा डा. भण्डारीले ६८० मत प्राप्त गरेकी छन्। यससमूहबाट ८ पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। हालसम्मको मतपरिणामअनुसार जानुका पन्तले ५०७, गीता देवकोटाले ५०५, जानकी सिंहले ४४७, अम्बिका सुवेदी र कृष्णकुमारी बस्नेतले समान ४२५, देवकी गौतमले ४१३, अधिवक्ता सरिता तिम्सिना ...

पर्दाफास
दोहोरो कर हटाउन सातै प्रदेशका सरकारसँग निजी क्षेत्रको अनुरोध
OthersJust now

दोहोरो कर हटाउन सातै प्रदेशका सरकारसँग निजी क्षेत्रको अनुरोध

२८ असाेज, विराटनगर । काेशी प्रदेशकाे राजधानी विराटनगरमा जारी अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा निजी क्षेत्रले प्रदेश सरकारसँग दाेहाेराे कर हटाउन माग गरेकाे छ । मुख्यमन्त्री सम्मेलनका क्रममा नेपाल उद्याेग वाणिज्य संघ काेशी प्रदेशले एक तहमा कर तिरेपछि त्यसले सबै प्रदेशमा मान्य हुने प्रावधान बनाउन माग गरेकाे हाे । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र… ...

अनलाइन खबर
महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला
OthersJust now

महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

भत्किएको झोलुंगे पुलको तारमा अड्किएको अवस्थामा थारूको शव फेला परेको हो । नदीको बहाव तीव्र रहेकाले शव निकाल्न कठिनाइ भइरहेको छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play