बेलीब्रिज निर्माण सम्पन्न नहुँदा दशैँमा घर फर्किने यात्रु तुइनको सहारामा, तुइन चढ्न घण्टौँ कुर्नुपर्ने

नुवाकोटको सिमुटारबाट गुम्बाडाँडासम्म दशैँमा घर फर्किने यात्रुहरू तुइन र जिपलाइनको सहारा लिन बाध्य छन् । समयमै बेलीब्रिज निर्माण सम्पन्न नहुँदा यात्रुहरूले जोखिम मोलेर यात्रा गर्नुपरेको हो। दुई दिनअघि नै सञ्चालनमा आउने भनिएको बेली ब्रिजको उद्घाटन विहीबार मात्र हाुँदैछ । पुल सञ्चालनमा नआउँदा यात्रुहरूले घण्टौँ प्रतीक्षा गरेर तुइनबाट नदी पार गर्नुपर्ने बाध्यता छ । दशैँ मनाउन घर फर्किंदै गरेकी विदुर नगरपालिका–१३ की मायाँ तामाङ तुइन चढ्नुअघि करिब एक घण्टा पालो कुर्नुपरेको बताउँछिन् । उनले भनिन्, ‘एक घण्टा वेटिङ बस्यौँ, बल्लबल्ल पालो आयो। डर त खासै लागेन तर तुइनभन्दा झोलुङ्गे पुल भएको भए अलि सजिलो हुन्थ्यो ।’ सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्रीको मूल्यसमेत बढेको उनको भनाइ छ । ‘असर त धेरै परिरहेको छ। सामानहरू धेरै महँगो भइरहेको छ, बाटो धेरै लामो भइसक्यो, सामान पनि धेरै महँगो हुँदो रहेछ । त्यही भएर चाँडै बेलीब्रिजको व्यवस्था हुनुपर्छ, बाटो पनि चाँडो बन्नुपर्यो,’ उनले भनिन्। दशैँ–तिहारमा घर फर्किने यात्रुका लागि सहज आवागमनको व्यवस्था हुनुपर्ने उनको माग छ । आफ्नो ठाउँमा ठूलो घटना नभए पनि आफन्तहरू पहिरोका घटनाबाट प्रभावित भएको उनले बताइन् । चाडपर्वका बेला घर फर्किने यात्रुको चाप बढिरहेका बेला पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी तथा यात्रु थप समस्यामा परेका छन्। बेली ब्रिज सञ्चालनमा आएपछि तुइन र जिपलाइनको सहारा लिनुपर्ने बाध्यता हट्ने र आवागमन सहज हुने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

एमाले सुदूरपश्चिमका सांसद थापाले दिए राजीनामा, सभामुखले गरे होल्ड
२८ असोज, धनगढी । नेकपा एमाले सुदूरपश्चिमका प्रदेश सभा सदस्य बिरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै थापाले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा दिएका हुन् । थापा निवर्तमान भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत हुन् । स्रोतकाअनुसार थापाले एमाले संसदीय दलको बैठकमा बजेटलाई हतारमा पारित गर्न… ...

डिगर : टम क्रुजले किन उठाए आफ्नो करिअरकै सबैभन्दा ठूलो जोखिम ?
हिमखण्डको कथा आफैँमा भयावह छ । तर, जलवायु परिवर्तन र एल निनोसम्बन्धी समाचारसँगै राखेर हेर्दा यसले उठाएका प्रश्नहरू वास्तविक संसारबाट धेरै टाढा छैनन् । ...

१२ घण्टा नबित्दै लाखौँले हेरे ‘भुन्टी’, आखिर के छ त्यस्तो ?
कुनै बेला भारतीय टेलिशृङ्खलाहरू नेपालको घरभान्सासम्मै पुगेका थिए । टेलिशृङ्खलाका हरेक भाग घरघरकै कथा हुन्थे । ‘क्युँकि सास भी कभी बहू थी’, ‘कहानी घर घर की’, ‘बालिका वधू’, ‘ये रिश्ता क्या कहलाता है’, ‘पवित्र रिश्ता’, ‘कुमकुम भाग्य’ । यी शृङ्खलाहरूले कतिसम्म सम्मोहित बनाइदिएका थिए भने घरमा टेलिभिजनको रिमोटका लागि खोसाखोस नै चल्थ्यो । तर, अहिले… ...

दशैँ मनाउन काठमाडौं छाड्नेहरुको भीड
दशैँ सुरु भएसँगै गाउँघर फर्किने यात्रुको चहलपहल बढेको छ। काठमाडौंको नयाँ वसपार्क, कलंकी, जडिबुटीलगायतका क्षेत्रमा राजधानी छाड्ने यात्रुहरुको भीड बढी देखिन्छ । कोही यात्रु झोला र सामान बोकेर बसको प्रतीक्षामा छन् भने कोही परिवारसहित आफ्नो गन्तव्यतर्फ लागिरहेका छन्। ...


