कांग्रेस केन्द्रीय सदस्य खस आर्य महिलातर्फ यस्तो छ पछिल्लो मत परिणाम

नेपाली कांग्रेसको केन्द्रीय सदस्य (खस आर्य महिला) तर्फको मतगणनामा डा. भद्रा पराजुली भण्डारीले अग्रता लिएकी छन्। १ हजार ५०० मत गणना हुँदा डा. भण्डारीले ६८० मत प्राप्त गरेकी छन्। यससमूहबाट ८ पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। हालसम्मको मतपरिणामअनुसार जानुका पन्तले ५०७, गीता देवकोटाले ५०५, जानकी सिंहले ४४७, अम्बिका सुवेदी र कृष्णकुमारी बस्नेतले समान ४२५, देवकी गौतमले ४१३, अधिवक्ता सरिता तिम्सिना पंगेनीले ४०४, बिनिता अधिकारीले ४०२, चम्पादेवी खड्काले ३९१ र सन्तोषी साउद ऐरीले ३६७ मत प्राप्त गरेका छन्। त्यस्तै, उर्मिला कँडेलले ३१८, शोभा अधिकारीले ३०३, बिन्दु मल्ल ठकुरी (आस्था) ले २६९, निर्मला वस्ताकोटी (निरु खड्का) ले २६६, हिरा भट्टराईले २६०, सीतादेवी पौडेलले २४१, सुजाता कार्कीले २२५, प्रमिला लम्सालले २२३, निर्मला कुमारी रावल कार्कीले २१२ र सरस्वती भट्टले २०४ मत प्राप्त गरेका छन्। कमला लामिछानेले १९१, सीता ज्ञवालीले १८३, माधवी शर्मा वाग्लेले १८१, शान्ता बास्कोटाले १८०, नारायणी रायमाझी र बसन्ती भाटले समान १७९, गीता सिंखडाले १७२, सुमनकुमारी संज्यालले १४९, राधाकुमारी कुँवर क्षेत्रीले १३६, निर्मला रिसालले १३५ र सृजना लामिछाने फुयाँलले १३० मत प्राप्त गरेका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

एमाले सुदूरपश्चिमका सांसद थापाले दिए राजीनामा, सभामुखले गरे होल्ड
२८ असोज, धनगढी । नेकपा एमाले सुदूरपश्चिमका प्रदेश सभा सदस्य बिरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै थापाले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा दिएका हुन् । थापा निवर्तमान भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत हुन् । स्रोतकाअनुसार थापाले एमाले संसदीय दलको बैठकमा बजेटलाई हतारमा पारित गर्न… ...

डिगर : टम क्रुजले किन उठाए आफ्नो करिअरकै सबैभन्दा ठूलो जोखिम ?
हिमखण्डको कथा आफैँमा भयावह छ । तर, जलवायु परिवर्तन र एल निनोसम्बन्धी समाचारसँगै राखेर हेर्दा यसले उठाएका प्रश्नहरू वास्तविक संसारबाट धेरै टाढा छैनन् । ...

१२ घण्टा नबित्दै लाखौँले हेरे ‘भुन्टी’, आखिर के छ त्यस्तो ?
कुनै बेला भारतीय टेलिशृङ्खलाहरू नेपालको घरभान्सासम्मै पुगेका थिए । टेलिशृङ्खलाका हरेक भाग घरघरकै कथा हुन्थे । ‘क्युँकि सास भी कभी बहू थी’, ‘कहानी घर घर की’, ‘बालिका वधू’, ‘ये रिश्ता क्या कहलाता है’, ‘पवित्र रिश्ता’, ‘कुमकुम भाग्य’ । यी शृङ्खलाहरूले कतिसम्म सम्मोहित बनाइदिएका थिए भने घरमा टेलिभिजनको रिमोटका लागि खोसाखोस नै चल्थ्यो । तर, अहिले… ...

दशैँ मनाउन काठमाडौं छाड्नेहरुको भीड
दशैँ सुरु भएसँगै गाउँघर फर्किने यात्रुको चहलपहल बढेको छ। काठमाडौंको नयाँ वसपार्क, कलंकी, जडिबुटीलगायतका क्षेत्रमा राजधानी छाड्ने यात्रुहरुको भीड बढी देखिन्छ । कोही यात्रु झोला र सामान बोकेर बसको प्रतीक्षामा छन् भने कोही परिवारसहित आफ्नो गन्तव्यतर्फ लागिरहेका छन्। ...


