कृषि यन्त्र उद्योगलाई कर छुट, ब्याज अनुदान र विद्युत् महसुलमा सहुलियत माग

काठमाडौं । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदान र विद्युत् महसुलमा सहुलियत दिन सरकारसँग माग गरेको छ ।कृषि यान्त्रीकरणलाई प्राथमिकतामा राख्दै आयात, उत्पादन, बिक्री र प्रयोगलाई प्रोत्साहन गर्ने नीतिगत व्यवस्था गर्न संघले आग्रह गरेको हो । संघका अध्यक्ष कृष्ण शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई १५ बुँदे ज्ञापनपत्र बुझाउँदै कृषि यन्त्र तथा प्रविधिको प्रयोग विस्तार र स्वदेशी उद्योगको प्रवद्र्धनका लागि नीतिगत सुधार गर्न माग गरेको छ ।
संघले कृषि यान्त्रीकरणलाई बीउ, मल र सिँचाइजस्तै महत्त्वपूर्ण कृषि सामग्रीका रूपमा मान्यता दिनुपर्ने, कृषि यन्त्र तथा उपकरणको आयातमा भन्सार सहुलियत दिनुपर्ने र स्वदेशमै कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्नुपर्ने माग गरेको छ ।

कृषिमा श्रमिक अभाव, उत्पादन लागत वृद्धि, कृषियोग्य जमिनको खण्डीकरण र जलवायु परिवर्तनका चुनौती बढिरहेका बेला आधुनिक कृषि यन्त्रको प्रयोग विस्तार गर्नुपर्ने संघको भनाइ छ । यान्त्रीकरणले कृषि उत्पादन तथा उत्पादकत्व बढाउनुका साथै लागत घटाउन र कृषिलाई व्यावसायिक बनाउन सहयोग पुग्ने संघको अपेक्षा छ ।

ज्ञापनपत्रमा कृषि यन्त्र तथा उपकरण उत्पादन गर्ने उद्योगलाई बैंकको ब्याजदरमा अनुदान, उद्योग स्थापना भएको पहिलो पाँच वर्षसम्म आयकर छुट र विद्युत् महसुलमा सहुलियत दिनुपर्ने उल्लेख छ। कृषि यन्त्रको आयात प्रक्रिया सहज बनाउन, भन्सार दर घटाउन तथा गुणस्तर परीक्षण र प्रमाणीकरणको व्यवस्था गर्न पनि संघले माग गरेको छ ।

कृषि यन्त्रको गुणस्तर निगरानी तथा नियन्त्रण प्रभावकारी बनाउन नवलपुरमा निर्मित कृषि यन्त्र परीक्षण केन्द्रलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने मागसमेत संघले गरेको छ ।अध्यक्ष शर्माले कृषि क्षेत्रको रूपान्तरणका लागि यान्त्रीकरण र आधुनिक प्रविधिको विस्तार अपरिहार्य रहेको बताए । कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, लागत घटाउन र युवालाई कृषिमा आकर्षित गर्न किसानको आवश्यकताअनुसार कृषि यन्त्र तथा प्रविधि उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

किसानलाई सम्मानित उद्यमीका रूपमा विकास गर्न कृषि यन्त्र छनोटको स्वतन्त्रता, सहज कर्जा, बीमा सुविधा र अनुदानको रकम किसानकै खातामा जाने व्यवस्था गर्नुपर्ने संघले जनाएको छ । महँगा कृषि यन्त्र खरिद गर्न नसक्ने किसानलाई लक्षित गरी कस्टम हायरिङ सेन्टर विस्तार गर्नुपर्ने तथा प्रत्येक पालिकामा कम्तीमा एउटा कृषि मेशिनरी वर्कसप र सुविधासम्पन्न नर्सरी स्थापना गर्नुपर्ने माग पनि गरिएको छ ।

त्यसैगरी, कृषि यन्त्रको मर्मतसम्भारका लागि दक्ष जनशक्ति उत्पादन गर्न तालिम सञ्चालन गर्ने र सार्वजनिक–निजी साझेदारीमा राष्ट्रियस्तरको कृषि यन्त्र प्रदर्शनी तथा तालिम केन्द्र स्थापना गर्ने प्रस्ताव संघले अघि सारेको छ । संघले कृषि ऐन, २०८१ अनुमोदन गर्न तथा कृषि यान्त्रीकरण नीति, २०७१ को पहिलो संशोधन प्रक्रिया टुङ्ग्याउन पनि सरकारसँग आग्रह गरेको छ । कम्बाइन हार्भेस्टर आयात गर्दा स्ट्र बेलरसमेत अनिवार्य रूपमा आयात गर्नुपर्ने प्रावधान हटाउनुपर्ने संघको माग छ । सबै किसानलाई स्ट्र बेलर आवश्यक नपर्ने भएकाले यस्तो बाध्यकारी व्यवस्थाले व्यवसायीमाथि अनावश्यक आर्थिक भार थपेको संघको तर्क छ ।

यसैबीच, कृषि यान्त्रीकरण तथा प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा राष्ट्रियस्तरको कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुने भएको छ । ‘कृषिमा यन्त्र र प्रविधि ः कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित आयोजना हुने प्रदर्शनीमा आधुनिक कृषि यन्त्र, उपकरण तथा नवीनतम प्रविधिबारे जानकारी दिइनेछ ।

कृषि विभागअन्तर्गतको कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नामियाको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजक रहनेछ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र र गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सहयोगी संस्थाका रूपमा सहभागी हुनेछन् ।

प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने नामियाका सचिव श्रीकृष्ण अधिकारीले जानकारी दिए। प्रदर्शनीले किसान, कृषि उद्यमी र व्यवसायीलाई आधुनिक प्रविधिबारे जानकारी दिनुका साथै कृषि यन्त्रको प्रयोग विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विसं २०७१ मा स्थापना भएको नामिया कृषि यान्त्रीकरण तथा प्रविधि व्यवसायीहरूको छाता संस्था हो। संघले कृषि प्रविधिको प्रवद्र्धन, व्यवसायीका समस्या समाधान र सदस्यहरूको क्षमता अभिवृद्धिमा काम गर्दै आएको छ ।

Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

दशैँ मनाउन काठमाडौं छाड्नेहरुको भीड
दशैँ सुरु भएसँगै गाउँघर फर्किने यात्रुको चहलपहल बढेको छ। काठमाडौंको नयाँ वसपार्क, कलंकी, जडिबुटीलगायतका क्षेत्रमा राजधानी छाड्ने यात्रुहरुको भीड बढी देखिन्छ । कोही यात्रु झोला र सामान बोकेर बसको प्रतीक्षामा छन् भने कोही परिवारसहित आफ्नो गन्तव्यतर्फ लागिरहेका छन्। ...

बेलीब्रिज निर्माण सम्पन्न नहुँदा दशैँमा घर फर्किने यात्रु तुइनको सहारामा, तुइन चढ्न घण्टौँ कुर्नुपर्ने
नुवाकोटको सिमुटारबाट गुम्बाडाँडासम्म दशैँमा घर फर्किने यात्रुहरू तुइन र जिपलाइनको सहारा लिन बाध्य छन् । समयमै बेलीब्रिज निर्माण सम्पन्न नहुँदा यात्रुहरूले जोखिम मोलेर यात्रा गर्नुपरेको हो। दुई दिनअघि नै सञ्चालनमा आउने भनिएको बेली ब्रिजको उद्घाटन विहीबार मात्र हाुँदैछ । पुल सञ्चालनमा नआउँदा यात्रुहरूले घण्टौँ प्रतीक्षा गरेर तुइनबाट नदी पार गर्नुपर्ने बाध्यता छ । दशैँ मनाउन घर फर्किंदै गरेकी विदुर नगरपालिका–१३ की मायाँ तामाङ ...

कांग्रेस केन्द्रीय सदस्य खस आर्य महिलातर्फ यस्तो छ पछिल्लो मत परिणाम
नेपाली कांग्रेसको केन्द्रीय सदस्य (खस आर्य महिला) तर्फको मतगणनामा डा. भद्रा पराजुली भण्डारीले अग्रता लिएकी छन्। १ हजार ५०० मत गणना हुँदा डा. भण्डारीले ६८० मत प्राप्त गरेकी छन्। यससमूहबाट ८ पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। हालसम्मको मतपरिणामअनुसार जानुका पन्तले ५०७, गीता देवकोटाले ५०५, जानकी सिंहले ४४७, अम्बिका सुवेदी र कृष्णकुमारी बस्नेतले समान ४२५, देवकी गौतमले ४१३, अधिवक्ता सरिता तिम्सिना ...

दोहोरो कर हटाउन सातै प्रदेशका सरकारसँग निजी क्षेत्रको अनुरोध
२८ असाेज, विराटनगर । काेशी प्रदेशकाे राजधानी विराटनगरमा जारी अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा निजी क्षेत्रले प्रदेश सरकारसँग दाेहाेराे कर हटाउन माग गरेकाे छ । मुख्यमन्त्री सम्मेलनका क्रममा नेपाल उद्याेग वाणिज्य संघ काेशी प्रदेशले एक तहमा कर तिरेपछि त्यसले सबै प्रदेशमा मान्य हुने प्रावधान बनाउन माग गरेकाे हाे । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र… ...