Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ

बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ

Share:WhatsAppFacebookX (Twitter)Telegram
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बैंकमा पर्याप्त तरलता, रेमिट्यान्स र ऊर्जा उपलब्ध भएपनि त्यसलाई उत्पादनशील लगानी, निर्यात र रोजगारी सिर्जनामा रूपान्तरण गर्न नसकिएको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था र निजी क्षेत्रको वृद्धि सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले निजी क्षेत्रलाई लगानी गर्न स्थिर नीति, भरपर्दो कानुनी व्यवस्था र सहज प्रशासनिक वातावरण आवश्यक रहेको बताए । उनका अनुसार बैंकमा करिब १२ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता रहेको, वार्षिक २३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिने र विद्युत् उत्पादन बढिरहेको अवस्थामा पनि निजी क्षेत्रतर्फको कर्जा तथा लगानी अपेक्षाअनुसार बढ्न सकेको छैन । उनले नेपालको आर्थिक वृद्धिदर छिमेकी मुलुकको तुलनामा सुस्त रहेको उल्लेख गर्दै उत्पादन र रोजगारी बढाउन निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताए । श्रेष्ठले आर्थिक वर्ष २०८२÷८३ मा बैंक तथा वित्तीय संस्थाको निक्षेप १३.९ प्रतिशतले बढ्दा निजी क्षेत्रतर्फको कर्जा ६.६ प्रतिशतले मात्रै बढेको र नेपाल राष्ट्र बैंकको १२ प्रतिशतको लक्ष्य पूरा हुन नसकेको उल्लेख गरे । उनका अनुसार कर्जाको ब्याजदर घटेर औसत ६.५५ प्रतिशतमा झरे पनि लगानी विस्तार हुन नसक्नुले बजारमा माग कमजोर रहेको देखाउँछ। कुल कर्जाको ६३ प्रतिशत घरजग्गा धितोमा प्रवाह हुँदा पर्याप्त धितो नभएका साना तथा मझौला उद्यम कर्जाको पहुँचबाट वञ्चित भएको उनले बताए । ‘नेपालमा लगानीका लागि पैसा, ऊर्जा र उद्यमीको कमी छैन। अहिलेको चुनौती यही तरलता, रेमिट्यान्स, ऊर्जा र निजी क्षेत्रको उद्यमशीलतालाई उत्पादनशील लगानी, निर्यात र रोजगारीमा रूपान्तरण गर्नु हो,’ उनले भने । श्रेष्ठले नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान भए पनि त्यसबाट प्राप्त रकम स्वदेशी उत्पादन बढाउन पर्याप्त रूपमा प्रयोग हुन नसकेको बताए। गत आर्थिक वर्षमा २० खर्ब ९६ अर्ब रुपैयाँको आयात हुँदा निर्यात ३ खर्ब १५ अर्ब रुपैयाँमा सीमित रहेको उल्लेख गर्दै उनले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा जोड दिए । उनले साना तथा मझौला उद्यमलाई अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै यस्ता उद्यमले स्थानीय स्तरमा रोजगारी, स्वरोजगारी र महिला उद्यमशीलता बढाउन भूमिका खेलेको बताए । तर कर्जाको सहज पहुँच नहुनु, बजार माग घट्नु, सरकारी तथा ठूला ग्राहकबाट भुक्तानी ढिलाइ हुनु र लागत बढ्नुले यस्ता उद्यम समस्यामा परेको उनको भनाइ छ । महासंघले साना तथा मझौला उद्यमलाई धितोभन्दा कारोबार, नगद प्रवाह र बिलका आधारमा कर्जा दिने व्यवस्था गर्न, कर्जा सुरक्षण कोष विस्तार गर्न तथा बाढी र विपद्बाट प्रभावित व्यवसायलाई सहुलियतपूर्ण पुनस्र्थापना कर्जा उपलब्ध गराउन आग्रह गरेको छ । श्रेष्ठले नेपालको आर्थिक विकासमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, डिजिटल सेवा र क्षेत्रीय आपूर्ति शृङ्खलामा जोडिने सम्भावना रहेको बताए । बढ्दो विद्युत् उत्पादनलाई उद्योग, विद्युतीय यातायात र शीत भण्डारणमा प्रयोग गर्न सके उत्पादन लागत घटाउन र आयात प्रतिस्थापन गर्न सकिने उनको भनाइ छ । उनले भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले व्यवसाय, जलविद्युत् आयोजना, यातायात र पूर्वाधारमा ठूलो क्षति पु¥याएको उल्लेख गर्दै विपद्बाट प्रभावित व्यवसायको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने बताए । श्रेष्ठले उद्योग सञ्चालनका लागि कानुनी तथा प्रशासनिक झन्झट हटाउन, व्यापार सहजीकरणलाई प्रभावकारी बनाउन र सरकार तथा निजी क्षेत्रबीच विश्वासमा आधारित सहकार्य विकास गर्नुपर्नेमा जोड दिए । ‘भ्रष्टाचारविरुद्धको सरकारी अभियानलाई महासंघको पूर्ण समर्थन छ; कुनै पनि व्यवसायी वा कम्पनी कानुनभन्दा माथि हुँदैन। तर निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस्,’ उनले भने । उनले वास्तविक व्यावसायिक विवाद, व्यवसायको असफलता र प्रक्रियागत त्रुटिलाई जानीजानी गरिएको ठगी, भ्रष्टाचार तथा आपराधिक कार्यबाट छुट्याउनुपर्ने बताए । पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउन नहुने उल्लेख गर्दै उनले निजी क्षेत्रमा अनावश्यक डर र अन्योल सिर्जना नगर्न आग्रह गरे । ‘कानुन लागू त गर्नैपर्छ; प्रश्न कसरी लागू गर्ने भन्ने हो। नयाँ सरकारसँग हाम्रो आग्रह छ । शंकामा आधारित सम्बन्धबाट माथि उठौँ र पारदर्शी नियम, संस्थागत उत्तरदायित्व र नतिजामा आधारित साझेदारीतर्फ अघि बढौँ,’ उनले भने । महासंघले लगानीको वातावरण सुधार, व्यापार सहजीकरण, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच, विपद्पछिको पुनःस्थापना र सरकारी निकायबाट समयमै भुक्तानी सुनिश्चित गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखेको छ । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले नेपालको अर्थतन्त्र विकासमा नीजि क्षेत्र त्यसमध्ये साना तथा मझौला उद्योगहरुको उल्लेख्य भूमिका रहेको औंल्याए । कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री निशान्त खनालले नेपाली अर्थतन्त्रको वर्तमान अवस्था र भावी कार्यदिशाबारे स्पष्ट पारे । महासंघ महानिर्देशक डा.रुपक प्रसाद तिवारीले महासंघले नेपालमा आइपरेको प्राकृतिक विपत्तिका बेला राहत तथा उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी दिंदै हिमाली सुनामीबाट भएको क्षतिबारे महासंघले गहन अनुसन्धान गरेको जानकारी दिए । अध्ययनका क्रममा करिब ९३० बढी व्यक्तिहरुसँग प्रत्यक्ष संवाद गरेर क्षतिको तथ्यांक सार्वजनिक गरेको बताउँदै उनले विपत्तिबाट १२ हजार एकसय जनाले रोजगारी गुमाएको जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता
ताजा खबरJust now

भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता

काठमाडौं । भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको छ । थाइल्यान्डमा चलिरहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा आज यस्तो सम्झौता भएको हो । अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थसचिव घनश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि नेपालमा ठूलो भूकम्प गएको अवस्थामा नेपालले छिटो रकम प्राप्त गर्न ...

केन्द्रबिन्दु
सुखी र शान्त दसैँ
ताजा खबरJust now

सुखी र शान्त दसैँ

समयको गतिसँगै चाडपर्व मनाउने शैलीमा परिवर्तन आएको छ । आधुनिकता र व्यस्तताको नाममा पर्वहरू पछिल्लो समय निकै खर्चिला, भड्किला र प्रतिस्पर्धी बन्दै गएका छन्‌ । नेपालीको महान् पर्व दसै... ...

गोरखापत्र
राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र खुला
ताजा खबरJust now

राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र खुला

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वार्षिक ६ प्रतिशत ब्याज दिने गरी ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजदेखि निष्कासन तथा बिक्री खुला भएको छ । बैंकले सात वर्ष अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ निष्कासन गरेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाई जारी गरेको हो । कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play