बाढी प्रभावितलाई ६ महिनासम्म मासिक १५ हजार राहत, थप सदस्य भए प्रतिव्यक्ति २ हजार

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका हुन् । बैठकले नेपाल विशेष सेवा (एक्काइसौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने, जापान र जर्मनी सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने तथा बुढीगण्डकी विकास प्राधिकरणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । बैठकका निर्णयअनुसार जापान सरकारबाट प्राप्त हुने २९८ मिलियन जापानी येन बराबरको वस्तुगत तथा सेवाजन्य आपत्कालीन अनुदान सहायता र जर्मनी सरकारबाट प्राप्त हुने २० मिलियन युरो अनुदान सहायता स्वीकार गरिनेछ । त्यस्तै, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ का प्रारम्भ हुन बाँकी व्यवस्थामध्ये दफा १७ को खण्ड (ङ), दफा २५ र दफा २६ आगामी कात्तिक १५ गतेदेखि लागू गर्ने निर्णय भएको छ । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण गरेको छ । मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी नदीमा आएको बाढीबाट अति प्रभावित गोरखा जिल्लाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिका तथा धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नं. १ र २ लाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । त्यसैगरी, २०८३ असोज ८ देखि ११ गतेसम्म भएको वर्षाका कारण आएको बाढीपहिरोबाट अति प्रभावित बागलुङ जिल्लाका गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई पनि तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिनेछ । बैठकले ती स्थानीय तहमा निजी आवासमा क्षति पुगेका प्रभावित परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म अस्थायी आवास तथा जीविकोपार्जनका लागि राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ । होल्डिङ सेन्टरमा नबसी निजी रूपमा अस्थायी बसोबासको व्यवस्था गर्न चाहने प्रभावित परिवारलाई बढीमा छ महिनासम्म राहत उपलब्ध गराइनेछ । चार जनासम्म सदस्य भएका परिवारले प्रतिमहिना १५ हजार रुपैयाँ पाउनेछन् भने चार जनाभन्दा बढी सदस्य भएका परिवारले प्रत्येक थप सदस्यबापत प्रतिमहिना दुई हजार रुपैयाँ थप पाउनेछन् । मन्त्रिपरिषद् बैठकले सामुद्रिक पारवहन सहयोगसम्बन्धी बिमस्टेक सम्झौता अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ । राष्ट्रिय रोजगारसम्बन्धी विधेयक तर्जुमा गर्न पनि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ । त्यसैगरी, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति (गठन) (चौथो संशोधन) आदेश, २०८३ र दाना पदार्थ (दोस्रो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय भएको छ । बैठकले पशु वधशाला र मासु जाँच ऐन, २०५५ संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णयसमेत गरेको छ । यसैगरी, आर्थिक वर्ष २०८१/८२ को व्यवस्थापन परीक्षणको वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय भएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

अध्यादेशको विरोध गर्दै कांग्रेसले भन्यो- भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी अध्यादेशको विरोध गर्दै त्यसलाई संसद्मा विस्तृत छलफल गरेर मात्रै अगाडि बढाउनुपर्ने अडान दोहोर्याएको छ । शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अध्यादेशमार्फत ऐन संशोधन गर्ने सरकारी कदम संसदीय लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको बताइन् । थापाले भूमि सम्बन्धी कानुन निर्माण गर्दा संसद्को सार्वभौम अधिकार र संसदीय प्रक्रियालाई प्राथमिकता दिनुपर्नेमा ...

रसुवा बाढीपीडितलाई सलिकोले गर्यो २६ करोडभन्दा बढी बीमा भुक्तानी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले रसुवा बाढीबाट प्रभावित बीमितलाई दुई महिना नपुग्दै २६ करोड रुपैयाँभन्दा बढी बीमा दायित्वअन्तर्गत भुक्तानी गरेको छ । कम्पनीका अनुसार असोज २९ गतेसम्म प्रभावित क्षेत्रका बीमितलाई कुल २६ करोड ९ लाख २२ हजार २३४ रुपैयाँ ७५ पैसा भुक्तानी गरिएको हो । प्रभावित बीमितलाई आर्थिक राहत प्रदान गर्दै […] ...

सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना : एकको मृत्यु, दुई घाइते
३० असोज, सर्लाही । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको पर्सा गाउँपालिका–२ स्थित बाँके पुलमा बिहीबार दिउँसो कार दुर्घटना हुँदा महोत्तरीको गौशाला नगरपालिका–५ का २४ वर्षीय चालक विकल साहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेलका… ...

कामना सेवा विकास बैंकले ल्यायो एआई ग्राहक सहायता प्रणाली ‘केएस मित्र’
काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले एआईमा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सार्वजनिक गरेको छ । बैंकका अनुसार ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध ‘आस्क केएस मित्र’ आइकन, इमेल तथा ह्वाट्सएपमार्फत ‘केएस मित्र’को सेवा लिन सक्नेछन् । ग्राहकले बैंकको वेबसाइट, ksmitra@kamanasewabank.com इमेल वा […] ...


