Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Others/अध्यादेशको विरोध गर्दै कांग्रेसले भन्यो- भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ

अध्यादेशको विरोध गर्दै कांग्रेसले भन्यो- भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ

10/16/2026, 4:28:56 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
अध्यादेशको विरोध गर्दै कांग्रेसले भन्यो- भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ

नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी अध्यादेशको विरोध गर्दै त्यसलाई संसद्मा विस्तृत छलफल गरेर मात्रै अगाडि बढाउनुपर्ने अडान दोहोर्‍याएको छ । शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अध्यादेशमार्फत ऐन संशोधन गर्ने सरकारी कदम संसदीय लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको बताइन् । थापाले भूमि सम्बन्धी कानुन निर्माण गर्दा संसद्को सार्वभौम अधिकार र संसदीय प्रक्रियालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । अध्यादेश जारी गरेर कानुन संशोधन गर्नुभन्दा सम्बन्धित विधेयक संसद्मा प्रस्तुत गरी दफावार छलफलमार्फत निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ छ । कानूनमन्त्री सोविता गौतमको भूमिकामाथि प्रश्न उठाउँदै थापाले विगतमा आफैँले उठाएको संशोधनको एजेन्डा अहिले सरकारमा रहँदा फरक रूपमा प्रस्तुत हुनु विरोधाभासपूर्ण रहेको टिप्पणी गरिन् । ‘अहिलेको हाम्रो वर्तमान कानूनमन्त्रीज्यू आफैँले हिजो राख्नुभएको संशोधन हिजो राम्रो, हिजो राइट हुने, आज त्यही संशोधन रङ हुने किन भन्ने कुराहरू पनि यहाँ धेरै कुरा उब्जिएको छ,’ उनले भनिन् । थापाले कांग्रेसले यसअघि पनि भूमि सम्बन्धी अध्यादेश ल्याउने प्रयास हुँदा विरोध जनाएको स्मरण गराइन् । त्यतिबेलादेखि नै अध्यादेशको सट्टा संसद्मा छलफल गरेर कानुन निर्माण गर्नुपर्ने पार्टीको अडान रहेको उनले स्पष्ट पारिन् । ‘भूमिसम्बन्धी अध्यादेश ल्याउँदा खेरी पनि नेपाली काँग्रेसले त्यतिबेला यसको विरोध नै जनाएको थियो । यसलाई दफावार रूपमा छलफलमा ल्याएर सदनबाट छलफल गरेर अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामी त्यतिबेला पनि अडिग थियौँ र आज पनि नेपाली काँग्रेस यही अडानमा छ,’ थापाले भनिन् । उनले भूमि सम्बन्धी अध्यादेशका प्रावधानमाथि संसद्मा पर्याप्त छलफल गरेर मात्रै अगाडि बढ्नुपर्ने बताउँदै संसदीय अभ्यास र लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरेर कानुन निर्माण गर्न नहुने धारणा राखिन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

रोनाल्डो हात्तीको मृत्युबारे अध्ययन समितिको निर्ष्कष : जीर्ण र जोखिमयुक्त संरचना हटाऊ
OthersJust now

रोनाल्डो हात्तीको मृत्युबारे अध्ययन समितिको निर्ष्कष : जीर्ण र जोखिमयुक्त संरचना हटाऊ

रोनाल्डो हात्तीको मृत्युबारे अध्ययन गर्न गठित अध्ययन समितिले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका जीर्ण र जोखिमयुक्त विद्युतीय संरचना हटाउन सुझाव दिएको छ । ...

अनलाइन खबर
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
OthersJust now

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य उपस्थिति देखिएको छ । उपसभापति, महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा डाक्टर, इन्जिनियर,विषय विज्ञ निर्वाचित भएका छन् । कांग्रेसको नयाँ कार्यसमितिमा ३० जना डाक्टर र १५ जना इन्जिनियर निर्वाचित भएका छन् । यसले पार्टीको नेतृत्व तथा निर्णय प्रक्रियामा प्राविधिक, प्राज्ञिक र पेशागत क्षेत्रबाट प्रतिनिधित्व ...

पर्दाफास
डीएसपी भट्टलाई नेपाल प्रहरीको ‘सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ पुरस्कार
OthersJust now

डीएसपी भट्टलाई नेपाल प्रहरीको ‘सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ पुरस्कार

३० असोज, चितवन । चितवनको इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास भट्टलाई ७१ औँ प्रहरी दिवसका अवसरमा सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता पुरस्कार प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले डीएसपी भट्टलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कारसहित सम्मान गरेका हुन् । फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट… ...

अनलाइन खबर
प्रहरी दिवसमा मधेशका १५ प्रहरी स्ममानित, सर्वोत्कृष्ट प्रहरी सम्मान साहलाई
OthersJust now

प्रहरी दिवसमा मधेशका १५ प्रहरी स्ममानित, सर्वोत्कृष्ट प्रहरी सम्मान साहलाई

३० असोज, जनकपुरधाम । नेपाल प्रहरीको ७१ औं स्थापना दिवसको अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट काम गर्ने १५ जना प्रहरी कर्मचारी सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक विश्वम्भरनाथ साहलाई मधेश प्रदेश प्रहरी अन्तर्गतको ‘सर्वोत्कृष्ट प्रहरी’ सम्मान प्रदान गरिएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय धनुषा, शान्ति सुरक्षा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play