Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छः मुख्यमन्त्री थापा

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छः मुख्यमन्त्री थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छः मुख्यमन्त्री थापा

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका रूपमा अनुभूति गर्न सक्ने वातावरण तयार गर्न निर्देशन दिएका छन् । एकहत्तरौँ प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले प्रहरी र नागरिकबीचको सम्बन्ध विश्वास, सहकार्य र पारस्परिक सम्मानमा आधारित हुनुपर्ने बताए । नेपालको संविधान, प्रचलित कानुन र जनताको सेवाप्रति समर्पित रहँदै राष्ट्र र नागरिकको सुरक्षा, शान्ति सुव्यवस्था तथा अपराध नियन्त्रणमा प्रहरीले गरेको योगदानप्रति उनले सम्मान व्यक्त गरे । मुख्यमन्त्री थापा मगरले मुलुकको विकास, समृद्धि र सुशासनको आधार शान्ति, सुरक्षा र कानुनी शासन भएकाले नागरिकले आफ्नो घरपरिवार, व्यवसाय, पेसा र दैनिक जीवन सुरक्षित रूपमा सञ्चालन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको आधारभूत दायित्व भएको उनले उल्लेख गरे । उनले भने, “अपराध अनुसन्धान, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, महिला तथा बालबालिकाको सुरक्षा, मानव बेचबिखन नियन्त्रण, लागुऔषध नियन्त्रण, साइबर अपराधको अनुसन्धान र सार्वजनिक सम्पत्तिको संरक्षणलगायतका क्षेत्रमा नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिका अत्यन्त महत्वपूर्ण छ ।” विशेषगरी सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकको अधिकारको संरक्षण गर्दै कानुनको निष्पक्ष कार्यान्वयन गर्नु प्रहरी सङ्गठनको महत्वपूर्ण जिम्मेवारी भएको बताउँदै उनले प्रहरीप्रतिको जनविश्वास नै प्रहरी सङ्गठनको सबैभन्दा ठूलो शक्ति भएको धारणा राखे । प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक दीपक रेग्मीले देश र जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रहरी सङ्गठन निरन्तर लागि रहेको बताए । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले नागरिकले हरेक समस्यामा सबैभन्दा पहिले प्रहरी तथा प्रशासनलाई सम्झने गरेको बताए । हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले शान्ति सुरक्षा तथा अमनचयनमा प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताए । कार्यक्रममा अमर प्रहरीका सन्तति र समाजका विभिन्न क्षेत्रबाट योगदान पु¥याउने वरिष्ठ पत्रकार प्रताप विष्टलगायतलाई सम्मान गरियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट
ताजा खबरJust now

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलबाट उपभोक्ताले चिनी, नुन, तेल, दाल, चामललगायत खाद्यवस्तु बजार मूल्यभन्दा सस्तोमा खरिद गर्न पाउने भएका छन्। साल्ट ट्रेडिङ... ...

रातोपाटी
गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल चार हजार १०७ रुपैयाँ निर्धारण
ताजा खबरJust now

गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल चार हजार १०७ रुपैयाँ निर्धारण

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो । चालु आर्थिक वर्षमा ४१०७ रुपैयाँ प्रतिक्वीन्टल निर्धारण गरिएको छ । गत वर्ष ३९४५ रुपैयाँ प्रतिक्वीन्टल थियो । न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण निर्देशिका २०८२ को आधारमा सो मूल्य निर्धारण ...

कर्पोरट खबर
तस्विरमा, खोकनाको सिकाली जात्रा
ताजा खबरJust now

तस्विरमा, खोकनाको सिकाली जात्रा

ललितपुरको खोकनास्थित सिकाली मन्दिर परिसरमा सिकाली जात्राका अवसरमा रुद्रायणी देवगणहरू परम्परागत मुकुट, कलेवर पोसाक, गरगहना लगाएर देवगणको भेषमा अश्वमेघ यज्ञमा नृत्यमार्फत सहभागी हुँदै। दसैँ नमनाउने खोकनावासीले घटस्थापनादेखि फूलपातीसम्म मनाउने सिकाली जात्रा यहाँको मौलिक संस्कृति र परम्पराको प्रतीक मानिन्छ। तस्बिरः घनश्याम श्रेष्ठ/रासस ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play