Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

Share:WhatsAppFacebookX (Twitter)Telegram
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

काठमाडौं । दसैँको उत्साह र उमङ्गलाई हर्षोल्लासपुर्वक मनाउन यामाहा नेपालको लेगेसी राइडिङ कम्युनिटी यामाहा ब्लु स्ट्रिक्सले ‘चङ्गा चेट’ फेस्टिभ राइडको आयोजना गरेको छ। साहसिक यात्रा र आपसी सम्बन्धलाई प्राथमिकता दिँदै आयोजना गरिएको यस कार्यक्रमले दसैँको खुसी र उल्लासलाई राइडमार्फत अभिव्यक्त गरेको छ। यस फेस्टिभ राइडमा पूर्वी नेपाल, चितवन, मकवानपुर र काठमाडौं उपत्यकालाई समेट्ने चारवटा रुटमा राइडरहरू सहभागी भएका थिए। तय गरिएको योजनाअनुसार धरानदेखि भेडेटार फार्म भिलेजसम्म २० जना, चितवनदेखि मायाटारसम्म २५ जना, हेटौँडादेखि मकवानपुरगढीसम्म २० जना र काठमाडौंको बुढानीलकण्ठसम्मको राइडमा ३० जना सहभागी भएका थिए। यी यात्राहरूले देशका विभिन्न ठाउँमा ‘चङ्गा चेट’ को उत्साह फैलाउन सफल भएका छन्। यस कार्यक्रमले घरभित्र सीमित हुने उत्सवलाई खुला सडकसम्म विस्तार गर्दै देशभरका राइडर तथा स्थानीय समुदायका लागि अविस्मरणीय अनुभव सिर्जना गरेको छ। यो कार्यक्रम केवल राइडिङ अनुभवमा मात्र सीमित थिएन। यसले सामुहिक यात्रा र नयाँ ठाउँको अवलोकनलाई प्राथमिकता दिँदै बलियो राइडिङ समुदाय निर्माण गर्ने यामाहा ब्लु स्ट्रिक्सको प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गरेको छ। ‘चङ्गा चेट’ फेस्टिभ राइडमार्फत यामाहा ब्लु स्ट्रिक्सले मौलिक नेपाली चाडपर्वको परम्परा र साहसिक यात्राको भावनालाई एकसाथ जोड्दै यस वर्षको दसैँलाई थप यादगार बनाएको छ। यस यात्राले दसैँको सांस्कृतिक महत्त्वलाई राइडिङको रोमाञ्चसँग जोड्न सफल भएको छ। यसले गन्तव्यमा पुग्नुलाई मात्र नभई यात्राका हरेक पललाई उत्सवका रूपमा मनाउने अवसर पनि प्रदान गरेको छ। कार्यक्रमका अवसरमा एमएडब्ल्यूका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भने, “यस ‘चङ्गा चेट’ फेस्टिभ राइडमार्फत हामीले नेपालका विभिन्न रुटमा दसैँको खुसी र आपसी एकताको भावना फैलाउने लक्ष्य राखेका थियौँ। हाम्रो उद्देश्य उत्साहजनक रूपमा एकसाथ यात्रा गर्दै रोमान्चक राइडको आनन्द लिने थियो।” यामाहा ब्लु स्ट्रिक्स राइडिङप्रति रुचि राख्ने र यामाहाको गुणस्तरको कदर गर्ने सबैलाई एकै ठाउँमा जोड्ने सकारात्मक पहल हो। यस प्लेटफर्ममार्फत कम्युनिटीका सदस्यहरूले यामाहाका मूल्यमान्यताका बारेमा अझ राम्रोसँग बुझ्ने अवसर पाउँछन्, जसले यामाहा र यसका ग्राहकबीचको सम्बन्धलाई थप बलियो बनाउने गर्दछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

देउवा समूहले जनप्रतिनिधिलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने
ताजा खबरJust now

देउवा समूहले जनप्रतिनिधिलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई १५औँ महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । देउवा समूहले कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको हो । देउवा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई पत्र पठाउँदै उक्त निर्णय ...

केन्द्रबिन्दु
साढे ४० खर्ब नाघ्यो विदेशी मुद्रा, २० महिनाको वस्तु आयात धान्ने
ताजा खबरJust now

साढे ४० खर्ब नाघ्यो विदेशी मुद्रा, २० महिनाको वस्तु आयात धान्ने

गत असारयता भदौसम्म नेपालको विदेशी मुद्रा ४.३ प्रतिशतले बढेको छ।  असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा ४० खर्ब ६५ अर्ब ७८ करोड पुगेको हो।  अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ भदौ मसान्तमा ४.६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ करोड पुगेको छ। कुल विदेशी विनिमय... ...

नेपालखबर
सिटिजन्स बैंक र रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइकबीच समझदारी
ताजा खबरJust now

सिटिजन्स बैंक र रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइकबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले रामाडा एन्कोर काठमाडौंमा १५ प्रतिशत, होटल हिमालयन होराइजनमा १५ प्रतिशत र पान्क बाइक प्रा. लि. मा १० ...

कर्पोरट खबर
पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु
ताजा खबरJust now

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु

पेशावर।पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र एक महिला शिक्षकसहित २९ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन्। मृतक बालबालिकामध्ये ६ जना बालिका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ता मोहम्मद असीमले बताए। घाइते तथा मृतक बालबालिका सबै १३ वर्ष वा सोभन्दा कम उमेरका रहेको उनले जानकारी दिए। घाइतेको उपचारका लागि अस्पतालमा आपतकालीन ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play