Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/३१ हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

३१ हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
३१ हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौँ । शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार ९८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि १३० टोलीले अनुमति लिएका छन् । विभागका सूचना अधिकारी सुरज घिमिरेले ४१ हिमाल आरोहणका लागि ८३३ पुरुष र २६५ महिलाले आरोहण अनुमति लिएका जानकारी दिए । अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट २८ करोड २४ लाख १४ हजार ५६ रोयल्टी सङ्कलन गरेको छ । आरोहण अनुमति प्रदान गरिएका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (आठ हजार १६३ मिटर) रहेको छ । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन् । त्यसमा ३७३ पुरुष र १२७ महिला रहेका छन् । आरोहीबाट विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी सङ्कलन गरेको छ । विभागका अनुसार धौलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले अनुमति लिएका छन् । ती आरोहीबाट विभागले ८४ लाख ७३ हजार ६५० रोयल्टी सङ्कलन गरेको छ । यस्तै, मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएका छन् । उनीहरुबाट विभागले छ लाख ८८ हजार ५० राजस्व सङ्कलन गरेको छ । यसैगरी, हिम्लुङ हिमालका लागि नौ टोलीका ९४ आरोहीले अनुमति लिएका छन् । सो आरोही दलबाट विभागले रु ५७ लाख ८८ हजार ९६० रोयल्टी सङ्कलन गरेको छ । यसैगरी, आमादब्लम हिमाल आरोहणका लागि १६ टोलीका १७८ जनाले आरोहण अनुमति लिएका छन् । उनीहरुबाट विभागले दुई करोड ७३ लाख १५ हजार ५०० राजस्व सङ्कलन गरेको छ । यसैगरी, पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, पेरीलगायत हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ । ती हिमाल आरोहण गर्नका लागि ७१ देशका एक हजार ९८ आरोहीले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १३२ जना छन् । यसबाहेक रसियाका ९६, फ्रान्सका ९३, अमेरिकाका ९४, बेलायतका ७४, पोल्यान्डका २९, नेपालका २६, स्विजरल्यान्डका २८, स्पेनका २१, भारतका २२, इटलीका २८ र जापानका २८ जनाले आरोहण अनुमति लिएका छन् । विभागले उक्त हिमाल आरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट १८ लाख ५४ हजार ९५९ अमेरिकी डलर अर्थात् रु २८ करोड २४ लाख १४ हजार ५६ नेपाली रोयल्टी सङ्कलन गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन
ताजा खबरJust now

प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन

• म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि पुनःसञ्चालनमा आएको छ, जुन बाढी र पहिरोले क्षतिग्रस्त भएको थियो। • कुण्डको पुनःनिर्माणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग सहयोग मागिएको छ र बाढीपहिरोबाट रु दुई करोडभन्दा बढीको भौतिक क्षति भएको छ। • तातोपानी कुण्डमा स्नान गर्ने मुख्य याम असोज र कात्तिक हो, जहाँ स्नान गर्दा छालासम्बन्धी समस्या, ग्यास्ट्रिक ...

नेपालबहस
संसदीय समितिमा रास्वपाकै बहुमत भए पनि सरकारले सिफारिस गरेका दुई राजदूत किन भए अस्वीकृत ?
ताजा खबरJust now

संसदीय समितिमा रास्वपाकै बहुमत भए पनि सरकारले सिफारिस गरेका दुई राजदूत किन भए अस्वीकृत ?

संसदीय समितिले प्रस्तावित दुई राजदूतलाई नाम अस्वीकृत गरेपछि सरकारको सिफारिसमा प्रश्न उठेको छ । सत्तारूढ रास्वपाका सांसदकै बहुमत भएको संसदीय सुनुवाइ समितिले सरकारको सिफारिस अस्वीकृत गर्दै आफ्नो सार्वभौम अधिकार प्रयोग गरेको छ । ...

कान्तिपुर
मलेसियाले छानेका २५ म्यानपावर व्यवसायीसँग बयान लिँदै वैदेशिक रोजगार विभाग
ताजा खबरJust now

मलेसियाले छानेका २५ म्यानपावर व्यवसायीसँग बयान लिँदै वैदेशिक रोजगार विभाग

काठमाडौं । वैदेशिक रोजगार विभागले मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई उपस्थिति गराई बयान लिने प्रक्रिया सुरु गरेको छ । मलेसियाले नेपालसहित १० वटा श्रोत देशबाट श्रमिक भर्ना गर्न म्यानपावर कम्पनी छनोट गरेको थियो । नेपालबाट २५ वटा म्यानपावर कम्पनीलाई ‘प्रिन्सिपल एजेन्सी र २५० वटा म्यानपावर कम्पनीलाई ‘सपोर्ट एजेन्सी’ को रूपमा छनोट गरेको हो । युवा, श्रम तथा रोजगार ...

केन्द्रबिन्दु
देशभरबाट बाहिरियो मनसुन, दशैँको मौसम घमाइलो हुने
ताजा खबरJust now

देशभरबाट बाहिरियो मनसुन, दशैँको मौसम घमाइलो हुने

काठमाडौं । नेपालबाट यस वर्षको मनसुन पूर्णरूपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो बुलेटिन जारी गर्दै देशभरका सबै भूभागबाट मनसुन बहिर्गमन भएको औपचारिक घोषणा गरेको हो । नेपालमा मनसुन बाहिरिने सरदर (औसत) मिति अक्टोबर २ (असोज १६) मानिए पनि यस वर्ष भने सरदर अवधिभन्दा १२ दिन ढिलो गरी अर्थात् अक्टोबर १४ (असोज ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play