Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनजीओ र आईएनजीओका तीन अर्ब ३३ करोड बढीका कार्यक्रम स्वीकृत

एनजीओ र आईएनजीओका तीन अर्ब ३३ करोड बढीका कार्यक्रम स्वीकृत

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनजीओ र आईएनजीओका तीन अर्ब ३३ करोड बढीका कार्यक्रम स्वीकृत

काठमाडौं । गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले भोटेकोसी बाढीपीडितलक्षित तीन अर्ब ३३ करोड ६२ लाख ७२ हजार ९५८ रुपैयाँबराबरका कार्यक्रम स्वीकृत गराएका छन् । एनजीओ र आईएनजीओले महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको समाज कल्याण परिषद्‌बाट कार्यक्रम स्वीकृत गराएका हुन् । यी कार्यक्रम यही असोज १५ गतेसम्म स्वीकृत गराइएको हो । “भोटेकोसी बाढीपीडितलक्षित गरी असोज १५ गतेसम्म ३१८ एनजीओले ३२१ वटा कार्यक्रम स्वीकृत गराएका छन् । ती सबै कार्यक्रमको कुल बजेट तीन अर्ब ३३ करोड ६२ लाख ७२ हजार ९५८ रुपैयाँ छ,” समाज कल्याण परिषद् स्रोतले भन्यो । स्रोतका अनुसार, भोटेकोसी बाढी प्रभावित क्षेत्रमा विपद् प्रतिकार्यसम्बन्धी काम गर्न आईएनजीओहरूले १४९ भन्दा बढी परियोजनाका निम्ति एक अर्ब २८ करोड सात लाख ५२ हजार २७६ रुपैयाँ परिषद्‌बाट स्वीकृत गराइसकेका छन् । “भोटेकोसी बाढी प्रभावित क्षेत्रलाई लक्षित गरी १३ आईएनजीले थप चार अर्ब ८७ करोड रुपैयाँका कार्यक्रम प्रस्ताव गरेका छन् । यी कार्यक्रम स्वीकृत हुने प्रक्रियामा छन्,” परिषद् स्रोतले भन्यो । हालसम्म आईएनजीओले चार करोड ६२ लाख १६ हजार २३६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकेका छन् । एनजीओले चार करोड २१ लाख ८५ हजार ३७३ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा हालसम्म ५९ आईएनजीओले ४२ करोड २८ लाख ८२ हजार ६३६ रुपैयाँबराबरको राहत सामग्री सहयोग गरेका छन् । ०८३ भदौ १० गते रुसुवाको भोटेकोसी हुँदै नारायणी नदी प्रणालीमा भीषण आकस्मिक बाढी आएको थियो । बाढी मनसुनका कारण नभई रसुवास्थित लाङटाङ लिरुङ हिमालको उत्तरी भेगमा करिब पाँच हजार २०० मिटर उचाइमा झुन्डिएको हिमनदी र चट्टानी भूभाग (करिब २० वर्गकिमि) छुट्टिएर तीन हजार ८०० मिटरमा रहेको ल्हेन्दे खोला (तिब्बत)मा बज्रिएको थियो । त्यसपछि हिम–चट्टानसहितको पहिरो र ल्हेन्दे बहावका कारण बाढी सिर्जना भएको थियो । उक्त हिम–चट्टान खस्दा उत्पन्न तीव्र कम्पनका कारण बिहान ८ः३७ बजे ५.२ म्याग्निच्युडको भूकम्पीय संकेत रेकर्ड भएको थियो । उद्गमस्थलबाट करिब १८८ किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा बगेको बाढी सातदेखि आठ मिनेटभित्रै २० किमि दूरी पार गरी बिहान ८ः४५ बजे नेपाल–चीन सीमास्थित रसुवागढी आइपुगेको थियो । बिहान ८ः५० बजे स्याफ्रुबेँसी र ९ः२० मा बेत्रावती ध्वस्त बनाएको थियो । बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति गर्‍यो । बाढी प्रभावित क्षेत्रमा एक हजार ४५५ जनाको शव तथा मानव अंग भेटिएको छ । बाढी प्रभावित क्षेत्रमा पाँच हजारभन्दा धेरै मानिस बेपत्ता छन् । त्यसपछि सरकारले गठन गरेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) टिमले आफ्नो प्रतिवेदनमा बाढीले कुल चार खर्ब आठ अर्ब २८ करोड ९१ लाख रुपैयाँबराबरको आर्थिक क्षति तथा नोक्सानी गरेको प्रारम्भिक अनुमान गरेको थियो । बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सात खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनमा औँल्याइएको छ । भोटेकोसी बाढीबाट ठूलो क्षतिपश्चात् परिषद्ले भदौ १३ गते सूचना जारी गरी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापना कार्यमा सहयोग गर्न एनजीओ र आईएनजीओलाई आग्रह गरेको थियो । परिषद्ले एनजीओ र आईएनजीओलाई सम्झौता स्वीकृति र सहजीकरण हुने व्यवस्था मिलाएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

नवप्रवर्तनको अभाव होइन, प्रयोग र विस्तारमा चुनौती छ : एफएओ महानिर्देशक डोङ्यु
ताजा खबरJust now

नवप्रवर्तनको अभाव होइन, प्रयोग र विस्तारमा चुनौती छ : एफएओ महानिर्देशक डोङ्यु

काठमाडौं । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक चु डोङ्युले विश्वमा भोकमरी अन्त्य गर्न आवश्यक क्षमता, साधन, प्रविधि र ज्ञान उपलब्ध भए पनि तिनको व्यापक प्रयोग हुन नसक्दा खाद्य सुरक्षा सुनिश्चित गर्न चुनौती भइरहेको बताएका छन् । विश्व खाद्य दिवस २०२६ का अवसरमा वक्तव्य जारी गर्दै नवप्रवर्तनको अभावभन्दा पनि समाधानका उपयुक्त विकल्पलाई स्थानीय आवश्यकता अनुकूल बनाउँदै व्यापक रूपमा ...

टक्सार
प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
ताजा खबरJust now

प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा अयोजित कार्यक्रममा बोल्दै उले यस्तो निर्देशन दिएका हुन । उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्ने बताए । उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता ...

लुम्बिनी सञ्चार
कोका-कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी
ताजा खबरJust now

कोका-कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी

काठमाडौँ । अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो । तर, दशैँमा घर फर्किनका लागि टिकट पाउन भने धेरैलाई कठिन हुने गर्छ । यही समस्यालाई ध्यानमा राख्दै कोका–कोलाले ‘भरौँ खुसी’ दशैँ अभियान २०२६ सञ्चालनमा ल्याएको छ । यस अभियानले दशैँको खुसीलाई थप विशेष बनाउनुका साथै घर फर्किने यात्रालाई सहज ...

केन्द्रबिन्दु
प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
ताजा खबरJust now

प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा अयोजित कार्यक्रममा बोल्दै उले यस्तो निर्देशन दिएका हुन । उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्ने बताए । उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play