Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Others/मुक्तिनाथ विकास बैंकले पायो फोनपेबाट तीनवटा अवार्ड

मुक्तिनाथ विकास बैंकले पायो फोनपेबाट तीनवटा अवार्ड

10/14/2026, 3:45:46 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
मुक्तिनाथ विकास बैंकले पायो फोनपेबाट तीनवटा अवार्ड

मुक्तिनाथ विकास बैंकले फोनपेले आयोजना गरेको ‘फोनपे अनर्स’ कार्यक्रममा तीनवटा अवार्ड प्राप्त गरेको छ ।बैंकले विकास बैंक समूहअन्तर्गत ‘हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इस्युअर)’, ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (एक्वायरर)’ विधामा अवार्ड प्राप्त गरेको हो । ‘हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इस्युअर)’ अवार्ड बैंकको मोबाइल एपमार्फत सबैभन्दा धेरै संख्यामा रकम स्थानान्तरण गरेबापत प्रदान गरिएको हो । त्यस्तै, ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (इस्युअर)’ बैंकको मोबाइल एपमार्फत क्यूआरमा सबैभन्दा धेरै भुक्तानी गरेकोमा र ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (एक्वायरर)’ क्यूआर मर्चेन्टमार्फत सबैभन्दा धेरै कारोबार प्राप्त गरेकोमा प्रदान गरिएको बैंकले जनाएको छ । डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन तथा विस्तारमा पुर्‍याएको योगदानको कदरस्वरूप प्राप्त अवार्डले डिजिटल बैंकिङ सेवाप्रतिको प्रतिबद्धता प्रतिविम्बित गरेको बैंकको भनाइ छ । बैंकले आगामी दिनमा अझ सहज, सुरक्षित र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति सिग्देल
OthersJust now

बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति सिग्देल

प्रधानसेनापति अशोक राज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीप जङ्ग केसीले स्वागत गरेका थिए। भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेलायती सेनाका सेनाध्यक्ष जनरल सर रोली वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका थिए। उनले वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलको भ्रमणका क्रममा अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२६’ को निरीक्षणसमेत गरेका थिए। उक्त ...

पर्दाफास
प्रधानसेनापति सिग्देल बेलायत भ्रमण पूरा गरी स्वदेश फिर्ता
OthersJust now

प्रधानसेनापति सिग्देल बेलायत भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाण्डु – प्रधानसेनापति अशोक राज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले स्वागत गरेका छन् । नेपाली सेनाका अनुसार भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेलायती सेनाध्यक्ष जनरल सर रोली वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटघाट गरेका थिए । भ्रमणका क्रममा उनले बेलायतको […] ...

काठमाण्डुपाटी
कुमारी बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न, २ प्रतिशत लाभांश पारित
OthersJust now

कुमारी बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न, २ प्रतिशत लाभांश पारित

काठमाडौं । कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभा आज (असोज २८ गते) काठमाडौंस्थित सुवर्णशमशेर सडकमा रहेको सिल्भर ओक ब्याङ्क्वेट एन्ड इभेन्ट्समा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा सोही आर्थिक वर्षको असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायत वित्तीय विवरण […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play