खगेन्द्र सुनारका विषयमा संसदीय छानविन हुनुपर्छ -पद्मा अर्याल

काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारका विषयमा संसदीय छानविन हुनुपर्ने बताएकी छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले सांसद सुनारको अडियो प्रकरणप्रति गम्भीर आपत्ति जनाउँदै यस विषयमा सम्बन्धित राजनीतिक दलले मात्र नभई संसदबाटै पनि गम्भीरतापूर्वक छानबिन गरिनुपर्ने बताएकी हुन् । सम्बन्धित व्यक्ति दोषी ठहरिएमा कानुन अनुसार कडाभन्दा कडा कारबाही गरिनुपर्ने उनको भनाइ छ । उनले सार्वजनिक व्यक्तित्वहरू निश्चित मर्यादा, आचरण र जवाफदेहिताभित्र रहेर एक सेवकको रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिइन् । उनले शक्ति प्रयोग गरेर अरूमाथि अवाञ्छित गतिविधि गर्न कसैलाई पनि छुट नहुने समेत बताइन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पनामामा भूकम्पपछि आपतकाल घोषणा
पनामा सिटी। शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पनामाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपतकाल घोषणा गरेको छ। यसैबीच, मंगलबार बिहान पनामामा ६.१ म्याग्निच्युडको अर्को भूकम्प गएको नेसनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) ले जनाएको छ। यसअघि शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि १४७ वटा परकम्प आएका थिए र तीमध्ये केही ६.१ र ६.६ म्याग्निच्युडसम्मका थिए। ...
मन्त्री फेरिए, बजारमा ग्यासको लाइन फेरिएन !
• ग्यास आपूर्तिमा सुधार गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह सफल हुन सकेका छैनन्। • नेपाल आयल निगमले चाडपर्वको समयमा ग्यास वितरणका लागि ११ स्थानमा वितरण केन्द्र खोलेको छ। • ग्यास सिलिन्डरको लागि उपभोक्ताले लामो लाइनमा पर्खनु परेको छ। ...

हुँकार मधेसले तोक्यो विभागीय प्रमुख
हुँकार मधेशले विभागीय प्रमुखहरूको जिम्मेवारी तोकेको छ। विभिन्न दलमा आवद्ध रहेका नेताहरूले मधेसमा छुट्टै अभियान चलाउन असोज ९ गते हुंकार मधेशको घोषणा गरेका थिए। उनीहरूले पहिलो चरणमा २१ वटा विभागीय प्रमुखको जिम्मेवारी तोकिएको केन्द्रीय प्रवक्ता केशवकुमार झाले जानकारी दिए। प्रवक्ता झाका अनुसार प्रमुख हुनको लागि कम्तीमा स्नातक उतीर्ण हुनुपर्ने र विभागीय वि... ...

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुई तिहाइ मतले पारित
काठमाडौं । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १४९औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायु विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई तिहाइ मतले पारित भएको छ । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले यसलाई नेपालको संसदीय कूटनीतिमा ऐतिहासिक उपलब्धि भएको बताएका छन् । महासभामा सहभागी भएर मंगलबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय संसदीय मञ्चमा नेपालले पहिलोपटक […] ...


