वीरगंजमा नयाँ शोरूम सञ्चालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार

वीरगंज । नेपालकै अग्रणी टायल ब्राण्ड कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै अप्सरा सप्लायर्स सञ्चालनमा ल्याएको छ। यस नयाँ शोरूममार्फत वीरगंज तथा आसपासका क्षेत्रका घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूलाई कजारियाका प्रिमियम फ्लोर तथा वाल टायलहरूको विविध सङ्ग्रह सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको छ। उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकालको उपस्थितिमा भएको थियो। कार्यक्रममा अप्सरा सप्लायर्सका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। ग्राहकलाई सहज र सुविधाजनक अनुभव प्रदान गर्ने उद्देश्यले व्यवस्थित गरिएको यस शोरूममा कजारियाका विभिन्न डिजाइन, प्याटर्न, टेक्स्चर तथा फिनिसिङका टायलहरू अवलोकन गर्न सकिनेछ। ग्राहकहरूले उपलब्ध सङ्ग्रहहरू प्रत्यक्ष रूपमा हेरेर आफ्नो घर तथा व्यवसायिक परियोजनाका लागि उपयुक्त टायल छनोट गर्न सक्नेछन्। उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने, “अप्सरा सप्लायर्सलाई हाम्रो आधिकारिक डिलर नेटवर्कमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । वीरगंजमा यस नयाँ शोरूमको संचालनसँगै हामी ग्राहकहरूलाई हाम्रा विविध डिजाइनका सङ्ग्रहहरूको पहुँचमा ल्याउँदै उहाँहरूको घर निर्माण तथा पुनर्निर्माणका आवश्यकताहरू पूरा गर्न डिजाइन, टिकाउपन र उत्कृष्ट कार्यसम्पादनको संयोजन भएका उत्पादनहरू उपलब्ध गराउन चाहन्छौँ।” यस शोरूमले अब सर्वसाधारणका लागि सेवा सुरु गरिसकेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

देउवा समूहले जनप्रतिनिधिलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई १५औँ महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । देउवा समूहले कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको हो । देउवा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई पत्र पठाउँदै उक्त निर्णय ...

साढे ४० खर्ब नाघ्यो विदेशी मुद्रा, २० महिनाको वस्तु आयात धान्ने
गत असारयता भदौसम्म नेपालको विदेशी मुद्रा ४.३ प्रतिशतले बढेको छ। असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा ४० खर्ब ६५ अर्ब ७८ करोड पुगेको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ भदौ मसान्तमा ४.६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ करोड पुगेको छ। कुल विदेशी विनिमय... ...

सिटिजन्स बैंक र रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइकबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले रामाडा एन्कोर काठमाडौंमा १५ प्रतिशत, होटल हिमालयन होराइजनमा १५ प्रतिशत र पान्क बाइक प्रा. लि. मा १० ...

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु
पेशावर।पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र एक महिला शिक्षकसहित २९ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन्। मृतक बालबालिकामध्ये ६ जना बालिका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ता मोहम्मद असीमले बताए। घाइते तथा मृतक बालबालिका सबै १३ वर्ष वा सोभन्दा कम उमेरका रहेको उनले जानकारी दिए। घाइतेको उपचारका लागि अस्पतालमा आपतकालीन ...


