नेपाल प्रहरीले सुरु गर्यो आफ्नै पोडकास्ट, के छ पहिलो एपिसोडमा ?

काठमाडौं । डिजिटल सञ्चारको माध्यमका रूपमा पोडकास्ट लोकप्रिय भइरहेका बेला नेपाल प्रहरीले पनि आफ्नै पोडकास्ट सुरु गरेको छ। नागरिकसँगको संवादलाई प्रभावकारी बनाउने, प्रहरीप्रतिको बुझाइ स्पष्ट पार्ने तथा समाजमा प्रहरीको भूमिका र अनुभवबारे खुला छलफल गर्ने उद्देश्यले प्रहरीले ‘नेपाल पुलिस पोडकास्ट’ सञ्चालनमा ल्याउन लागेको हो। नेपाल प्रहरीले बुधबार सामाजिक सञ्जालमार्फत पोडकास्टको पहिलो एपिसोडको झलक सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ। सार्वजनिक गरिएको टिजरमा हास्यकलाकार सन्दीप क्षेत्री, अभिनेत्री सुरक्षा पन्त र गायक कुमा सागर अतिथिका रूपमा देखिएका छन्। उनीहरूले प्रहरी अधिकृतसँग संवाद गर्दै प्रहरी संगठनप्रतिको आफ्नो बुझाइ, समाजमा प्रहरीको भूमिका र व्यक्तिगत अनुभवहरू साटेका छन्। पोडकास्टको प्रोमोमा हास्यकलाकार सन्दीप क्षेत्रीले विगतमा आफूलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) बन्ने तीव्र इच्छा रहेको र प्रहरीको बर्दी निकै मन पर्ने स्मरण गरेका छन्। प्रहरी अधिकृतसँग बसेर संवाद गर्न पाउँदाको अनुभव उनले रमाइलो शैलीमा प्रस्तुत गरेका छन्। ‘७०औँ प्रहरी दिवस’ को सन्दर्भ पारेर सुरु गरिएको यस पोडकास्टलाई प्रहरीले छिट्टै पूर्ण रूपमा प्रसारणमा ल्याउने जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

अमेरिकाद्वारा इरानविरुद्ध ‘मदर अफ अल बम्स’ प्रयोगसहितको नयाँ सैन्य योजना तयार
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेश दिएमा अमेरिकी सेनाले इरानका ऊर्जा पूर्वाधार र आणविक केन्द्रहरूमा आक्रमण गर्न नयाँ सैन्य योजना तयार गरेको छ । ती योजनामा विश्वकै शक्तिशाली गैर–आणविक बमहरूमध्ये एक मानिने ‘मदर अफ अल बम्स’ प्रयोग गर्ने विकल्पसमेत समावेश गरिएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ। ‘मदर अफ अल बम्स’ इरानविरुद्ध प्रयोग भएमा यो युद्धमा ठुलो सैन्य शक्तिको ...

सोनासती मन्दिरमा भूतमेला
महोत्तरी । मधेसकै प्रसिद्ध देवी शक्तिपिठ मानिने महोत्तरीको औरही–७ भोइलस्थित सोनासती देवी मन्दिरमा तान्त्रिक मेलाको चहलपहल सुरु भएको छ । बोलीचालीमा सोनामाई भनिने यो मन्दिरमा शारदीय नवरात्रमा तान्त्रिक मेलाको परम्परा छ । नवरात्रको फूलपातीका दिनदेखि जम्ने यो मेला पञ्चमीकै दिन सुरु हुन्छ । यो तान्त्रिक मेलालाई आमरुपमा ‘भूतमेला’ भन्ने गरिन्छ । “नवरात्रको पहिलो दिनदेखि नै बडादसैँ पर्वको पूजाआराधना सुरु हुन्छ, तर दुष्टात्माबाट ...

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १८ जनालाई पक्राउ गरेको जनाएको छ । काठमाडौं, मोरङ, सर्लाही, मकवानपुर, कञ्चनपुर, दाङ र सुर्खेतलगायतका जिल्लामा गरिएको कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन् । काठमाडौंको तारकेश्वर नगरपालिका-४ बाट ९६ ग्राम खैरो हेरोइन र एक थान डिजिटल तराजुसहित रसुवाको उत्तरगया गाउँपालिका-५ घर भएका २७ वर्षीय सन्चबहादुर गोलेलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ...

सोनासती मन्दिरमा तान्त्रिक मेला
महोत्तरी । मधेसकै प्रसिद्ध देवी शक्तिपिठ मानिने महोत्तरीको औरही–७ भोइलस्थित सोनासती देवी मन्दिरमा तान्त्रिक मेलाको चहलपहल सुरु भएको छ । बोलीचालीमा सोनामाई भनिने यो मन्दिरमा शारदीय नवरात्रमा तान्त्रिक मेलाको परम्परा छ... ...


