चलचित्र ‘पाँच पाण्डव’को ट्रेलर–१ मा के छ ?

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’को ट्रेलर–१ सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रको पहिलो ट्रेलर, ट्रेलर–१ सार्वजनिक गरेको हो । मल्टिस्टारर सिनेमाको ट्रेलरले चलचित्रको कथा संकेत गरेको छ । तर, कथा पूर्ण रुपमा खुलाएको भने छैन । यसअघि पहिलो र दोस्रो ट्रेलरमार्फत पात्र चिनाएको निर्माणपक्षले आज ट्रेलरमार्फत सिनेमाको कथा आंशिक रुपमा बताउने प्रयास गरेको छ । आफूलाई स्वर्गबाट आएको बताउने युदिस्टिरले भीम, अर्जुन, नहकुल र सहदेव खोजिरहेको ट्रेलरमा देखिन्छ । तर, केका लागि उनी भीम, अर्जुन, नहकुल र सहदेव खोजिरहेका छन्, त्यो भने प्रस्ट छैन । पृथ्वीमा भइरहेको आन्दोलन, दमन, यातना, अपराध देखाइरहँदा देखिने सुन्दर युवतको आकर्षणमा स्यंम युदिस्टिर मोहित भएका छन् । कुनै निश्चित उद्देश्य लिएर युदिस्टिर हिँडिरहे पनि उनी बीचमा अलमलिएको देखाइएको छ । यसलाई बिम्व बनाएर सिनेमाले निश्चित उद्देश्यमा नपुग्दै नेतृत्व बीचमै पतन हुने गरेको वा भड्किएर पुरानै बाटो समाउने गरेको यथार्थ कथा भन्ने संकेत गरेको छ । यद्यपि, निर्माणपक्षले यसबारे केही बोलेको छैन । चलचित्रका मुख्य पात्र एकातिर पाँच पाण्डवको रुपमा पनि छन्, अर्कातिर अहिलेको समाजका पात्रका रुपमा पनि उत्रिएका यसले सिनेमा र यसका पात्रलाई रहस्मयी बनाएको छ । यसअघि पहिलो पोस्टरले युदिस्टिर बनेका हरिवंश आचार्य, भीम बनेका जितु नेपाल, अर्जुन बनेका आर्यन सिक्देल, नहकुल बनेका महेश त्रिपाठी र सहदेव बनेका सुशील सिटौलालाई देखाएको थियो । दोस्रो पोस्टरले द्रोपदीलाई चिनाएको थियो । ट्रेलरहमा यी पात्रसँगै सरिता गिरी पनि मुख्य भूमिकामा देखिएकी छन् । ‘पाँच पाण्डव’मा द्रोपदीको भूमिकामा इभा गिरी छिन् । उनी ट्रेलरमा युदिस्टिरलाई मोहित पाने पात्रमा देखिएकी छन् । बसन्त निरौलाको निर्देशन रहेको चलचित्र तिहारको छेको पारेर कार्तिक २० गते (नोभेम्बर ६) देखि रिलिज हुँदैछ । प्रतिक्षित चलचित्र ‘पाँच पाण्डव’मा दर्शकले पूरै साउन्ड डल्बी एटमस साउन्ड अनुभव गर्न पाउने निर्देशक वसन्त निरौलाले बताएका छन् । काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन् । हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन् । त्यसैगरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ । यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन् । ‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ । यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् । चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा फाइट डाइरेक्टरमा सम्राट बस्नेत छन् । गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ । रङ्ग सम्पादन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् । ‘पाँच पाण्डव’लाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल
एजेन्सी- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ यालु नदी पुल १२ वर्षको ढिलाइपछि बिहीबार सञ्चालनमा आएको छ। यसबाट दुई देशबीच व्यापार, यातायात र आर्थिक सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ। सन् २०१४ मै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको पुल उत्तर कोरियातर्फको निर्माण अधुरो रहेकाले लामो समय रोकिएको थियो। चीनमाथिको आर्थिक निर्भरता, उत्तर कोरियाको […] ...

दशैं, तिहार र छठमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैं, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले बिहीबार जरुरी सूचना जारी गर्दै विशेषगरी राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने खाद्य व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र बिक्रीवितरण गर्न आग्रह गरेको हो। विभागले उपभोग्य ...

रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले जलवायुजन्य बाढीबाट प्रभावित विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति गरेका जलविद्युत आयोजनासहितका भौतिक पूर्वाधारको पुनर्निमाणमा तीनै तहको सरकारबीच आवश्यक समन्वय र सहकार्य आवश्यक ...

बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
• बुढीगण्डकी नदीमा आएको बाढीका कारण ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाले सुरक्षित स्थानमा पुर्याएको छ। • नेपाली सेनाको टोलीले हवाई र स्थल मार्गबाट निरन्तर खोज र उद्धार कार्य गर्दैछ। • राहत सामग्रीको ढुवानीलाई तीव्रता दिई ३,९६० किलोग्राम खाद्यान्न र अन्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। ...


