अमेरिकी डलरको भाउ निरन्तर ओरालो लाग्दा आज अष्ट्रेलियन डलरको भाउ बढ्यो (हेर्नुहोस् पूरा विवरण)

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलरको भाउ आज पनि घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा थियो । अमेरिकी डलरको भाउ सोमबारयता निरन्तर घटिरहेको छ । सोमबार एक अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ८ पैसा थियो । आज युरो, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ पनि घटेको छ । तर, अष्ट्रेलियन डलर, पाउन्डसहित कतिपय मुद्रा भने महँगिएका छन् । तालिकामा हेर्नुहोस् पूरा विवरण–
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

मुख्यमन्त्री सम्मेलनबाट ‘कोशी घोषणापत्र’ जारी
काठमाडौं । कोशी प्रदेशको विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ ले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सहमतिमा ‘कोशी घोषणा–२०८३’ जारी गरेको छ । असोज २७ र २८ गते आयोजित सम्मेलनले संघीयता कार्यान्वयन, अन्तरप्रदेशीय सहकार्य र साझा विकासलाई प्राथमिकतामा राख्दै घोषणापत्र जारी गरेको हो । यस घोषणापत्रमार्फत मुख्यमन्त्रीहरूले संघीय सरकारसमक्ष प्रदेश प्रहरी प्रशासन तथा शान्ति सुरक्षासम्बन्धी अधिकारको पूर्ण कार्यान्वयनका लागि आवश्यक संरचना र जनशक्ति ...

हिमाल चढ्न ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति, २८ करोड बढी संकलन
काठमाडौं । शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार ९८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि १३० टोलीले अनुमति लिएका छन् ।विभागका सूचना अधिकारी सुरज घिमिरेले ४१ हिमाल आरोहणका लागि ८३३ पुरुष र २६५ महिलाले आरोहण अनुमति लिएको जानकारी दिए । अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट २८ करोड ...

डेढ महिनादेखि रिक्त छन् गण्डकीका ३ मन्त्रालय
पोखरा । गण्डकीमा ३ वटा मन्त्रालय डेढ महिनादेखि रिक्त छन् । नेकपा एमालेले सत्ता साझेदारी तोडेपछि रिक्त रहेका मन्त्रालयमा अझै मन्त्रीहरू नियुक्त भएका छैनन् । गण्डकीमा एमालेका ४ मन्त्री थिए ।... ...

नवरात्रको आज पाँचौँ दिन, स्कन्दमाताको पूजा गरिँदै
काठमाण्डु – शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा बिहीबार नवदुर्गा भवानीको पाँचौँ स्वरूप देवी स्कन्दमाताको विधिपूर्वक पूजा गरिँदै छ। पहाडमा बसेर संसारका सम्पूर्ण जीवहरूमा नवचेतना प्रदान गर्ने देवीका रूपमा स्कन्दमातालाई श्रद्धापूर्वक स्मरण गर्ने परम्परा छ । कमलको फूलमाथि विराजमान रहने भएकाले पद्मासना देवीका नामले समेत चिनिने स्कन्दमाताको वर्ण सेतो तथा वाहन सिंह रहेको […] ...


