Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/हिमाल चढ्न ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति, २८ करोड बढी संकलन

हिमाल चढ्न ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति, २८ करोड बढी संकलन

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमाल चढ्न ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति, २८ करोड बढी संकलन

काठमाडौं । शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार ९८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि १३० टोलीले अनुमति लिएका छन् ।विभागका सूचना अधिकारी सुरज घिमिरेले ४१ हिमाल आरोहणका लागि ८३३ पुरुष र २६५ महिलाले आरोहण अनुमति लिएको जानकारी दिए । अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट २८ करोड २४ लाख १४ हजार ५६ रोयल्टी संकलन गरेको छ । आरोहण अनुमति प्रदान गरिएका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (आठ हजार १६३ मिटर) रहेको छ । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन् । त्यसमा ३७३ पुरुष र १२७ महिला रहेका छन् । आरोहीबाट विभागले रु २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी सङ्कलन गरेको छ । विभागका अनुसार धौलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले अनुमति लिएका छन् । ती आरोहीबाट विभागले ८४ लाख ७३ हजार ६५० रोयल्टी सङ्कलन गरेको छ । यस्तै, मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएका छन् । उनीहरुबाट विभागले ६ लाख ८८ हजार ५० राजस्व संकलन गरेको छ । यसैगरी, हिम्लुङ हिमालका लागि नौ टोलीका ९४ आरोहीले अनुमति लिएका छन् । सो आरोही दलबाट विभागले ५७ लाख ८८ हजार ९६० रोयल्टी संकलन भएको छ । यसैगरी, आमादब्लम हिमाल आरोहणका लागि १६ टोलीका १७८ जनाले आरोहण अनुमति लिएका छन् । उनीहरुबाट विभागले दुई करोड ७३ लाख १५ हजार ५०० राजस्व संकलन गरेको छ । यसैगरी, पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, पेरीलगायत हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ । ती हिमाल आरोहण गर्नका लागि ७१ देशका एक हजार ९८ आरोहीले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १३२ जना छन् । यसबाहेक रसियाका ९६, फ्रान्सका ९३, अमेरिकाका ९४, बेलायतका ७४, पोल्यान्डका २९, नेपालका २६, स्वीजरल्यान्डका २८, स्पेनका २१, भारतका २२, इटलीका २८ र जापानका २८ जनाले आरोहण अनुमति लिएका छन् । रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

काठेपुल निर्माण गरेपछि पर्यटकलाई आउजाउ गर्न सहज
ताजा खबरJust now

काठेपुल निर्माण गरेपछि पर्यटकलाई आउजाउ गर्न सहज

ताप्लेजुङ समाचारदाताताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रको लोनाक खोलामा काठेपुल निर्माण गरेपछि पर्यटकलाई आउजाउमा सहज भएको छ । कञ्चनजङ्घा पदमार्गअन्तर्गत लोनाक... ...

गोरखापत्र
आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै
ताजा खबरJust now

आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको आज पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । ...

केन्द्रबिन्दु
भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव
ताजा खबरJust now

भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव

भैरहवा । भैरहवामा मेला तथा महोत्सव आयोजना गर्नेक्रम बढ्दै गए पनि व्यवस्थित प्रदर्शनीस्थलको अभावले आयोजक, व्यवसायी र सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । यही असोज २४ र २५ गते बुटवल–बेलहिया व्यापारिक मार्गअन्तर्गत... ...

रातोपाटी
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही
ताजा खबरJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही

• ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। • मादक पदार्थ सेवन गरी सवारी चलाउने ७१ चालक र अन्य विभिन्न कारणले ६०, २४, १६, ३५ र ४२५ चालकलाई कारबाही गरिएको छ। • जाँच काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको थियो। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play