आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको आज पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंसाहनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइने गरेको छ । नवरात्रको पहिलो दिन दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । पाँचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । रासस
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

डोपिङविरुद्ध अभियानमा सघाउन केन्यामा विश्व च्याम्पियनसिप
नैरोबी । विश्व एथलेटिक्स महासंघका अध्यक्ष सेबास्टियन कोले केन्यालाई सन् २०२९ को विश्व एथलेटिक्स च्याम्पियनसिप आयोजना गर्दा आफ्ना खेलाडीहरूमा व्याप्त डोपिङको समस्या नियन्त्रण गर्न सहयोग पुग्ने बताएका छन् । पूर्वी अफ्रिकी राष्ट्र केन्या एथलेटिक्समा विश्व शक्तिको रूपमा परिचित छ । विशेष गरी लामो तथा मध्यम दूरीको दौडमा केन्याली खेलाडीको दबदबा रहँदै आएको छ । तर, पछिल्ला वर्षहरूमा यहाँ डोपिङका घटनामा पनि वृद्धि भइरहेको छ । केन्याका ...

बाढीले थपियो चुनौती, विकास खर्च १४ वर्षकै न्यून
काठमाडौँ । अर्थ मन्त्रालयले मुलुकको अर्थतन्त्रमा आन्तरिक तथा बाह्य दबाबका बहुआयामिक असरहरू औंल्याएको छ । मन्त्रालयले सार्वजनिक गरेको अर्थ बुलेटिनमा भोटेकोशी बाढीका कारण चालु आर्थिक वर्षमा राजस्व संकलन र आर्थिक वृद्धि... ...

सन्तानको भविष्यमा समयको लगानी गरौं
आफ्ना सन्तानसँग मन खोलेर कुरा गरेको अन्तिम दिन कहिले थियो ? छोराछोरीका कुरा ध्यान दिएर सुन्ने गर्नुभएको छ ? तपाईंलाई थाहा छ, यतिखेर तपाईंको बच्चाले मनमा के सोचिरहेको छ, के चाहिरहेको छ र भविष्यका बारेमा कस्तो सपना देखिरहेको छ ? बिहानै काममा निस्किने र साँझ थकित भएर घर फर्किने अभिभावकलाई यस्ता प्रश्न सोध्दा जवाफ फरक–फरक आउन सक्छन् । कसैले विद्यालयमा ...

सपनाको पर्दामा कृशु शाही: समीर भट्टको जोडी बनेर गर्दैछिन् डेब्यु (भिडिओ)
बाल्यकालमा टेलिभिजनमा देखिने डान्स स्टेपहरूलाई ऐनाअगाडि उभिएर नक्कल गर्थिन् उनी। घरमा पहिल्यैदेखि फिल्मी माहोल थियो। बुवाको प्रेरणा अनि सिनेमाप्रतिको लगाव। जसले कृशु शाही (काफिया) सानैदेखि सिनेक्षेत्रप्रति आकर्षित भइन्। तिनै कृशुले यतिखेर विराज भट्टको फिल्म ‘बाह्र गाउँ २’ मार्फत डेब्यु गर्दैछिन्। जुन फिल्म असोज ३० गतेबाट हलमा आउँदैछ। यो फिल्म २ वर्षअघि हल... ...


