Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सन्तानको भविष्यमा समयको लगानी गरौं

सन्तानको भविष्यमा समयको लगानी गरौं

Share:WhatsAppFacebookX (Twitter)Telegram
सन्तानको भविष्यमा समयको लगानी गरौं

आफ्ना सन्तानसँग मन खोलेर कुरा गरेको अन्तिम दिन कहिले थियो ? छोराछोरीका कुरा ध्यान दिएर सुन्ने गर्नुभएको छ ? तपाईंलाई थाहा छ, यतिखेर तपाईंको बच्चाले मनमा के सोचिरहेको छ, के चाहिरहेको छ र भविष्यका बारेमा कस्तो सपना देखिरहेको छ ? बिहानै काममा निस्किने र साँझ थकित भएर घर फर्किने अभिभावकलाई यस्ता प्रश्न सोध्दा जवाफ फरक–फरक आउन सक्छन् । कसैले विद्यालयमा पढाउने, ट्युशन राख्ने र आवश्यक शुल्क तिर्ने काम आफूले गरिरहेको बताउलान् । कसैले व्यापार, खेतीपाती र घरायसी कामका कारण सन्तानलाई पर्याप्त समय दिन नसकेको स्वीकार गर्लान् । कतिपयलाई लाग्नसक्छ, बालबालिकाको पढाइ र व्यवहार सुधार्ने जिम्मेवारी विद्यालयको हो । तर एउटा प्रश्न विचारणीय छ-बालबालिकालाई पढाउने जिम्मेवारी विद्यालयको भए पनि उनीहरूको भावना, व्यवहार, आत्मविश्वास र जीवनप्रतिको दृष्टिकोण निर्माणमा परिवारको भूमिका कति महत्वपूर्ण छ ? अभिभावक र शिक्षकबीच एकअर्कालाई दोष दिने प्रवृत्तिले बालबालिकाका समस्या समाधान गर्दैन । विद्यालय र परिवार दुवैको भूमिका आवश्यक हुन्छ । बालबालिकाले विद्यालयमा सिक्ने ज्ञानलाई घरको वातावरण, पारिवारिक सम्बन्ध र दैनिक व्यवहारले पनि प्रभाव पार्छ । त्यसैले सन्तानको भविष्य निर्माणलाई विद्यालयको जिम्मेवारीमा मात्र सीमित गर्न मिल्दैन । हरेक अभिभावक आफ्ना सन्तान स्वस्थ, शिक्षित, जिम्मेवार र सफल बनून् भन्ने चाहन्छन् । उनीहरूले राम्रो जीवन बिताऊन्, समाजमा सम्मानपूर्वक बाँचून् र परिवारप्रति जिम्मेवार बनून् भन्ने अपेक्षा राख्नु स्वाभाविक हो तर सन्तानको भविष्यबारे सोच्दा एउटा प्रश्न सोध्न आवश्यक छ, हामीले उनीहरूको रुचि बुझिरहेका छौं कि आफ्ना अपेक्षा पूरा गराउन खोजिरहेका छौं ? समय छ तर सँगै बस्ने समय छैन आज धेरै परिवारमा भौतिक सुविधा बढेका छन् । बालबालिकाले राम्रो विद्यालयमा पढ्ने, आवश्यक शैक्षिक सामग्री पाउने र डिजिटल प्रविधिको प्रयोग गर्ने अवसर पाएका छन् तर सुविधा बढ्दैमा परिवारबीचको संवाद पनि बढेको छ भन्ने छैन । एउटै घरमा बसेका सदस्यहरू आफ्नै मोबाइल र काममा व्यस्त हुँदा आपसी कुराकानीका अवसर घट्न सक्छन् । बालबालिकालाई महँगा उपहार र सुविधाको आवश्यकता हुनसक्छ । तर उनीहरूलाई आफ्ना कुरा सुनिदिने, समस्या बुझिदिने र कठिन समयमा साथ दिने अभिभावक चाहिन्छन् । परिवारसँग बसेर खाना खानु, दिनभरिका अनुभव सुनाउनु, घटनाबारे कुरा गर्नु र जिज्ञासाको उत्तर पाउनु बालबालिकाका लागि महŒवपूर्ण अनुभव हुन् । बालबालिकाले उपदेशबाट मात्र सिक्दैनन् । उनीहरूले अभिभावकको व्यवहार पनि हेर्छन् । घरमा एकअर्काप्रति सम्मान छ कि छैन, विवाद हुँदा कस्तो व्यवहार गरिन्छ ? गल्ती गर्ने व्यक्तिसँग कसरी बोलिन्छ र अरूको दुःखप्रति कस्तो संवेदना देखाइन्छ ? भन्ने जस्ता कुराले उनीहरूको सिकाइमा प्रभाव पार्छ । हार्वर्ड विश्वविद्यालयको सेन्टर अन द डेभलपिङ चाइल्डले बालबालिका र उनीहरूको हेरचाह गर्ने व्यक्तिबीच हुने संवेदनशील तथा दोहोरो संवादलाई बालविकासको महŒवपूर्ण आधारका रूपमा प्रस्तुत गरेको छ । बालबालिकाले कुनै कुरा देखाउँदा वा प्रश्न गर्दा वयस्कले ध्यान दिएर प्रतिक्रिया दिनु यस्तो संवादको उदाहरण हो । यसले भाषा, सामाजिक सीप र भावनात्मक विकासका आधार तयार गर्न सहयोग गर्छ । अभिभावकले दिनभरि सन्तानसँगै बस्नैपर्छ भन्ने होइन । व्यस्तताबीच केही समय छुट्याएर उनीहरूको कुरा ध्यानपूर्वक सुन्नु, अनुभवलाई महŒव दिनु र आवश्यक पर्दा सहयोग गर्नु प्रभावकारी अभिभावकत्वको हिस्सा हो । माया, अनुशासन र सन्तानको आफ्नै सपनाहरेक अभिभावक आफ्ना सन्तान स्वस्थ, शिक्षित, जिम्मेवार र सफल बनून् भन्ने चाहन्छन् । उनीहरूले राम्रो जीवन बिताऊन्, समाजमा सम्मानपूर्वक बाँचून् र परिवारप्रति जिम्मेवार बनून् भन्ने अपेक्षा राख्नु स्वाभाविक हो तर सन्तानको भविष्यबारे सोच्दा एउटा प्रश्न सोध्न आवश्यक छ, हामीले उनीहरूको रुचि बुझिरहेका छौं कि आफ्ना अपेक्षा पूरा गराउन खोजिरहेका छौं ? कुनै बच्चा डाक्टर बन्न चाहन्छ, अर्को इन्जिनियर बन्न चाहन्छ वा कसैको रुचि कला, खेलकुद, कृषि, प्रविधि अथवा उद्यममा हुनसक्छ । अभिभावकको अनुभव र सुझाव उपयोगी हुन्छन् तर सन्तानको क्षमता, रुचि र चाहनालाई नबुझी आफ्नो अधुरो सपना उनीहरूमाथि थोपर्नु उचित हुँदैन । सन्तानले अभिभावकको सपना पूरा गर्नैपर्छ भन्ने छैन । उनीहरूलाई आफ्नो बाटो पहिचान गर्न र त्यसमा अघि बढ्न सहयोग गर्नु अभिभावकको महŒवपूर्ण जिम्मेवारी हो । यस क्रममा माया र अनुशासनबीच सन्तुलन आवश्यक हुन्छ । कठोरताले बालबालिकामा डर र दूरी पैदा गर्नसक्छ भने कुनै सीमा नै नराख्दा जिम्मेवारीबोध विकास गर्न कठिन हुनसक्छ । अनुशासन भनेको गाली गर्नु वा डर देखाउनुमात्र होइन । कुनै काम किन उचित छैन भन्ने बुझाउनु, गल्तीबाट सिक्ने अवसर दिनु र व्यवहार सुधार्न सहयोग गर्नु अनुशासन हो । बच्चाले असहमति जनाउँदा उसको कुरा सुन्नु कमजोरी होइन । उसलाई आफ्नो विचार व्यक्त गर्ने अवसर दिनु र आवश्यक सीमाबारे स्पष्ट पार्नु स्वस्थ सम्बन्धको आधार हो । अभिभावकले निर्णय गर्नुपर्ने अवस्था आउनसक्छ, तर निर्णयको कारण बुझाउने र बालबालिकाको विचारलाई सम्मान गर्ने अभ्यासले विश्वास बढाउनसक्छ । सामाजिक सञ्जाल, मोबाइल र बालमस्तिष्कआजका बालबालिकाको संसार घर र विद्यालयमा मात्र सीमित छैन । मोबाइल, इन्टरनेट, डिजिटल खेल र सामाजिक सञ्जाल उनीहरूको दैनिक जीवनका हिस्सा बनेका छन् । यी माध्यमबाट उनीहरूले नयाँ जानकारी प्राप्त गर्न, सिक्न, सिर्जना गर्न र साथीहरूसँग सम्पर्कमा रहनसक्छन् । तर प्रयोगको तरिका, सामग्री र समयले उनीहरूको दैनिक जीवनमा कस्तो प्रभाव पारिरहेको छ ? अभिभावक सचेत हुनुपर्छ । विश्व स्वास्थ्य संगठनले बालबालिका र किशोरकिशोरीमा लामो समय निष्क्रिय भएर बिताउने व्यवहारलाई सीमित गर्नुपर्ने विषय उठाएको छ । विशेषगरी मनोरञ्जनका लागि अत्यधिक स्क्रिन प्रयोग गर्दा निद्रा, शारीरिक गतिविधि र अन्य दैनिक अभ्यासमा असर पर्न सक्छ । यद्यपि स्क्रिन प्रयोगका सबै प्रभाव समान हुँदैनन् र हरेक समस्याको कारण मोबाइललाई मात्र मान्न मिल्दैन । युनिसेफ इन्नोसेन्टीको सन् २०२५ को ‘चाइल्डहुड इन अ डिजिटल वल्र्ड’ प्रतिवेदनले बालबालिकाको डिजिटल जीवनमा अवसरसँगै सुरक्षा र मानसिक स्वास्थ्यका चुनौतीलाई ध्यान दिनुपर्ने विषय उठाएको छ । त्यसैले डिजिटल माध्यमलाई पूर्णरूपमा खराब ठान्नु वा कुनै निगरानीबिना प्रयोग गर्न दिनु दुवै उचित दृष्टिकोण होइनन् । अभिभावकले बच्चाले के हेरिरहेको छ ? कति समय स्क्रिनमा बिताइरहेको छ र त्यसले पढाइ, निद्रा, खेलकुद तथा पारिवारिक सम्बन्धमा कस्तो प्रभाव पारेको छ ? भन्ने बुझ्नुपर्छ । अनलाइनमा अपरिचित व्यक्तिसँगको सम्पर्क, अनुपयुक्त सामग्री र व्यक्तिगत जानकारीको सुरक्षाबारे उमेरअनुसार बुझाउन आवश्यक छ । मोबाइल नचलाउन आदेश दिनुभन्दा उचित प्रयोगबारे संवाद गर्नु बढी उपयोगी हुन्छ । पुस्तक पढ्ने, खेलकुदमा सहभागी हुने, घरायसी काम सिक्ने, बगैँचामा समय बिताउने र परिवारसँग कुराकानी गर्ने अवसर पनि दिनुपर्छ । लामो बिदा वा विद्यालय बन्द भएका बेला घरलाई समेत सिकाइको ठाउँ बनाउन सकिन्छ । सिकाइ विद्यालयको चार भित्ताभित्र मात्र सीमित हुँदैन । बदलिँदो समयसँगै बदलिनुपर्ने अभिभावकत्वआजका बालबालिकाले सूचना र प्रविधिमार्फत् धेरै कुरा जान्ने अवसर पाएका छन् । उनीहरूले विभिन्न विषयमा प्रश्न गर्छन्, आफ्ना धारणा राख्छन् र कतिपय अवस्थामा अभिभावकसँग असहमति पनि जनाउँछन् । यसलाई अभिभावकको अधिकार घटेको रूपमा मात्र बुझ्नु हुँदैन । शिक्षा कति महँगो छ वा विद्यालय कति प्रतिष्ठित छ ? प्रश्नसँगै बच्चाले सिकेको कुरा जीवनमा कसरी प्रयोग गरिरहेको छ ? भन्ने प्रश्न महŒवपूर्ण छ । हामीले सन्तानलाई माछा खानमात्र सिकाइरहेका छौं कि माछा मार्ने सीप पनि सिकाइरहेका छौँ ? उसलाई तयार उत्तर दिइरहेका छौं कि आफैं सोच्न, प्रश्न गर्न र समस्या समाधान गर्न सिकाइरहेका छौं ? बालबालिकाको विकास एउटै कारणले निर्धारण हुँदैन । परिवार, विद्यालय, साथीभाइ, सामाजिक वातावरण र व्यक्तिगत अनुभवले त्यसमा भूमिका खेल्छन् । त्यसैले अभिभावकले सन्तानलाई राम्रो व्यवहार गर्न सिकाउँदा आफ्नै व्यवहारमा ध्यान दिनुपर्छ । अभिभावक बच्चाका पहिलो आदर्श हुन् । उनीहरूले घरबाटै भाषा, सम्बन्ध, सम्मान, अनुशासन र जिम्मेवारीबारे सिक्न थाल्छन् । बच्चाले राम्रो काम गर्दा प्रशंसा गर्नु र गल्ती गर्दा व्यक्तिलाई अपमान नगरी व्यवहार सुधार्न सहयोग गर्नु आवश्यक छ । ‘तिमी खराब छौ’ भन्नुभन्दा ‘तिमीले गरेको यो काम ठीक भएन’ भन्नु बढी उपयोगी हुन्छ । घर बच्चाले आफ्ना समस्या निर्धक्क सुनाउनसक्ने सुरक्षित ठाउँ बन्नुपर्छ । समस्या सुनाउँदा गाली हुन्छ वा अपमान सहनुपर्छ भन्ने डर भयो भने उसले आफ्ना कुरा लुकाउनसक्छ । त्यसैले अभिभावकले सन्तानको कुरा सुन्ने, उसको भावनालाई बुझ्ने र आवश्यक पर्दा मार्गदर्शन गर्ने वातावरण बनाउनुपर्छ । बच्चाको सानो मन बुझौंहरेक अभिभावक आफ्नो बच्चा खुशी, स्वस्थ र आत्मविश्वासी भएको हेर्न चाहन्छन् तर बच्चा सानो कुरामा रिसाउने, पढ्न मन नगर्ने, साथीहरूसँग घुलमिल हुन नचाहने वा एक्लै बस्ने गर्न थाल्यो भने अभिभावक चिन्तित हुन्छन् । यस्तो बेला बच्चालाई गाली गर्ने वा उसको व्यवहारलाई जिद्दी भनेर पन्छाउनेभन्दा उसको मनमा के चलिरहेको छ भनेर बुझ्ने प्रयास गर्नु आवश्यक हुन्छ । बच्चाले आफ्नो कुरा स्पष्टसँग भन्न नसक्दा रिस, रोदन वा मौनतामार्फत भावना देखाउन सक्छ । हरेक अभिभावक आफ्नो बच्चा खुशी, स्वस्थ र आत्मविश्वासी भएको हेर्न चाहन्छन् तर बच्चा सानो कुरामा रिसाउने, पढ्न मन नगर्ने, साथीहरूसँग घुलमिल हुन नचाहने वा एक्लै बस्ने गर्न थाल्यो भने अभिभावक चिन्तित हुन्छन् । यस्तो बेला बच्चालाई गाली गर्ने वा उसको व्यवहारलाई जिद्दी भनेर पन्छाउनेभन्दा उसको मनमा के चलिरहेको छ भनेर बुझ्ने प्रयास गर्नु आवश्यक हुन्छ । बच्चाको मन बुझ्न ठूला कुरा गर्नुपर्दैन । दैनिक व्यवहारमा केही परिवर्तन गरे पनि धेरै सहयोग पुग्न सक्छ । बच्चाको कुरा सुनौं । उसले केही भन्न खोज्दा बीचमा नरोकौं । तुरुन्तै सल्लाह दिनुभन्दा पहिले उसको कुरा बुझौं । भावनालाई स्वीकार गरौं । बच्चा दुःखी वा रिसाएको छ ‘यति सानो कुरामा किन रोएको ?’ नभनी ‘तिमीलाई दुःख लागेको रहेछ, मलाई भन’ भनेर कुरा सुरु गरौं । गाली र तुलना नगरौं । अरू बच्चासँग तुलना गर्दा उसको आत्मविश्वास घट्नसक्छ । उसको प्रयास र प्रगतिलाई महŒव दिऔं । पढाइमा सहयोग गरौं । बच्चाले गृहकार्य गर्न नमान्दा अल्छी ठानिहाल्नु हुँदैन । पाठ बुझ्न कठिनाइ भएको छ कि, शिक्षकसँग डराएको छ कि वा थाकेको छ कि भनेर बुझौं । सँगै समय बिताऔं । हरेक दिन केही समय मोबाइल र अन्य कामबाट टाढा रहेर बच्चासँग कुरा गरौं, खेलौं वा उसको रुचिको काम गरौं । नियम र माया दुवै दिऔं । घरमा स्पष्ट र उचित नियम बनाऔं । गल्ती गर्दा अपमान वा कडा सजाय दिनुभन्दा गल्ती सुधार्ने तरिका सिकाऔं । भावना व्यक्त गर्न सिकाऔँ । रिस उठ्दा केही समय शान्त बस्ने, गहिरो सास लिने वा आफूलाई के कुराले दुःखी बनायो भनेर बताउने अभ्यास गराऔं । बच्चालाई सधैं उपदेश होइन, कहिलेकाहिँ सुन्ने कान र बुझ्ने मन चाहिन्छ । सन्तानको भविष्यमा समयको लगानीसन्तानको भविष्यका लागि सम्पत्ति, शिक्षा र आर्थिक सुरक्षा आवश्यक छन् तर यी कुराले मात्र जिम्मेवार, संवेदनशील र आत्मविश्वासी मानिस निर्माण हुन्छ भन्ने छैन । बालबालिकाले परिवारबाट माया, विश्वास, सम्मान र व्यावहारिक जीवनका सीप सिक्नुपर्छ । व्यस्त जीवनमा प्रत्येक अभिभावकले सन्तानलाई समान समय दिन सक्दैनन् । कामको प्रकृति, आर्थिक अवस्था र पारिवारिक जिम्मेवारी फरक हुन्छन् । सन्तानलाई माया गरेबापत उसले भविष्यमा पैसा, सेवा वा आफूले चाहेको जीवनशैली दिनैपर्छ भन्ने अपेक्षा राख्नु उचित हुँदैन । उनीहरूलाई आफ्नो जीवन निर्माण गर्न सक्षम बनाउनु र जिम्मेवार निर्णय लिन सहयोग गर्नु अभिभावकत्वको सार हो । त्यसैले अभिभावकले सन्तानलाई समय दिनुपर्छ, उसको कुरा सुन्नुपर्छ, रुचि बुझ्नुपर्छ । सम्पत्ति कमाउन जीवनभर मिहिनेत गर्न सकिन्छ, तर बाल्यकालको समय फर्काउन सकिँदैन । असल सन्तान निर्माणको आधार सम्पत्ति मात्र होइन, समय, विश्वास, संस्कार र आत्मीय सम्बन्ध हुन् । आज आफ्ना सन्तानलाई केही समय दिनुहोस् । उनीहरूलाई तपाईंको उपस्थिति, कुरा सुन्ने धैर्य र आवश्यक पर्दा साथ दिने विश्वास चाहिएको हुनसक्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

भन्सार छलीका सामानसहित बारामा भारतीय नागरिक पक्राउ
ताजा खबरJust now

भन्सार छलीका सामानसहित बारामा भारतीय नागरिक पक्राउ

कलैया समाचारदाताबारा, असोज २९ गते । बाराका विभिन्न सीमा नाकामा सशस्त्र प्रहरी बलले गरेको निगरानी तथा जाँचका क्रममा भन्सार छली गरी नेपाल भित्र्याइएका करिब नौ लाख १० हजार रुपियाँ मूल... ...

गोरखापत्र
भारतबाट ल्याउँदै गरेको अवस्थामा १५ लाख मूल्यको मदिरा बरामद
ताजा खबरJust now

भारतबाट ल्याउँदै गरेको अवस्थामा १५ लाख मूल्यको मदिरा बरामद

प्रहरीले नवलपरासी पश्चिमबाट झण्डै १५ लाख रुपैयाँ बराबरको अवैध मदिरा बरामद गरेको छ।  भारतबाट भन्सार छली ल्याइएको अवस्थामा सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा गएराति बरामद गरिएको प्रहरीले जनाएको छ। भारतबाट अवैध रूपमा भन्सार छलेर ११ वटा हरियो ठूलो झोलामा ल्याइएको मदिरा बरामद भएको हो।... ...

नेपालखबर
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
ताजा खबरJust now

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानमा सहभागी श्री नयाँ गोरख गण (शान्ति सेना) १५ औँ डफ्फाको बदली भएको छ । श्री नारायणदल गण (शान्ति सेना)... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play