Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/डोपिङविरुद्ध अभियानमा सघाउन केन्यामा विश्व च्याम्पियनसिप

डोपिङविरुद्ध अभियानमा सघाउन केन्यामा विश्व च्याम्पियनसिप

Share:WhatsAppFacebookX (Twitter)Telegram
डोपिङविरुद्ध अभियानमा सघाउन केन्यामा विश्व च्याम्पियनसिप

नैरोबी । विश्व एथलेटिक्स महासंघका अध्यक्ष सेबास्टियन कोले केन्यालाई सन् २०२९ को विश्व एथलेटिक्स च्याम्पियनसिप आयोजना गर्दा आफ्ना खेलाडीहरूमा व्याप्त डोपिङको समस्या नियन्त्रण गर्न सहयोग पुग्ने बताएका छन् । पूर्वी अफ्रिकी राष्ट्र केन्या एथलेटिक्समा विश्व शक्तिको रूपमा परिचित छ । विशेष गरी लामो तथा मध्यम दूरीको दौडमा केन्याली खेलाडीको दबदबा रहँदै आएको छ । तर, पछिल्ला वर्षहरूमा यहाँ डोपिङका घटनामा पनि वृद्धि भइरहेको छ । केन्याका करिब १४० खेलाडी डोपिङका कारण निलम्बनमा परिसकेका छन् । खेलाडीहरूको डोपिङसम्बन्धी निगरानी गर्ने निकाय एथलेटिक्स इन्टिग्रिटी युनिट (एआईयू) ले मंगलबार मात्रै एक खेलाडीको नमुनामा प्रतिबन्धित पदार्थ भेटिएको घोषणा गरेको थियो । अध्यक्ष सेबास्टियन अहिले नैरोबी भ्रमणमा छन् । उनले पत्रकार सम्मेलनका क्रममा भने, ‘स्वच्छ केन्याली एथलेटिक्सको लक्ष्य हासिल गर्ने हाम्रो प्रयासमा यस च्याम्पियनसिपले सहयोग गर्नेछ ।’ ‘के अझै धेरै काम गर्न बाँकी छ ?’ छ । के यो च्याम्पियनसिपले यस विषयमा थप ध्यान केन्द्रित गर्न मद्दत गर्नेछ ? अवश्य,’ उनले प्रश्नोत्तरमा भने । एआईयूले आफूलाई बुझाउने प्रतिवेदनहरूमा केन्यामा सुधार भइरहेको स्पष्ट उल्लेख गरेको अध्यक्ष कोले बताए । उनका अनुसार डोपिङ नियन्त्रणका क्षेत्रमा केन्या निकै अगाडि बढिसकेको छ । अफ्रिकी महादेशमा विश्व एथलेटिक्स च्याम्पियनसिप आयोजना गर्ने अधिकार प्राप्त गर्ने केन्या पहिलो देश हो । गत वर्ष टोकियोमा सम्पन्न च्याम्पियनसिपमा केन्या समग्र पदक तालिकामा अमेरिकापछि दोस्रो स्थानमा रहेको थियो । केन्याले ७ स्वर्ण, २ रजत र २ कांस्यसहित कुल ११ पदक जितेको थियो । तर सन् २०१७ यता दर्जनौं केन्याली खेलाडी, विशेषतः लामो दूरीका धावकहरू डोपिङका कारण निलम्बनमा परेपछि केन्याको यो सफलतामाथि प्रश्न उठ्दै आएको छ । डोपिङका कारण निलम्बित खेलाडीको संख्या अन्य देशको तुलनामा केन्यामा बढी छ । म्याराथनमा विश्व कीर्तिमानधारी रुथ चेप्नेगेटिचले डोपिङ गरेको स्वीकार गरेपछि एआईयूले सन् २०२५ अक्टोबरमा उनलाई तीन वर्षको प्रतिबन्ध लगाएको थियो । त्यसै वर्ष पेरिस ओलम्पिकको १० हजार मिटर दौडमा पाँचौं स्थान हासिल गरेका बेनार्ड किबेट पनि एआईयूको कारबाहीमा परेका थिए । यसै वर्ष मार्चमा सन् २०२१ को न्युयोर्क म्याराथन विजेता अल्बर्ट कोरिरलाई प्रदर्शन बढाउन प्रयोग गरिने प्रतिबन्धित औषधि सेवन गरेको पुष्टि भएपछि पाँच वर्षको प्रतिबन्ध लगाइएको थियो । केन्यामा एथलेटिक्स राष्ट्रिय खेलका रूपमा स्थापित छ । बेरोजगारी उच्च रहेको र राम्रो तलब पाइने रोजगारीमा अवसर सीमित भएका कारण धेरै मानिसले खेलकुदलाई गरिबीबाट बाहिर निस्कने माध्यमका रूपमा लिने गरेका छन् । केन्याका पूर्व तथा वर्तमान एथलेटिक्स नेतृत्व, खेलाडीसँगको छलफलमा एथलेटिक्सबाट खेलभावना, निष्पक्षता र इमानदारी कायम राख्नुलाई राष्ट्रिय प्राथमिकताको महत्त्वपूर्ण विषयमा लिइएको आफूले महसुस गरेको अध्यक्ष कोले बताए । उनले केन्यामा डोपिङविरुद्धको अभियान प्रभावकारी बनाउन अधिकारीहरूले स्रोतसाधन बढाएको स्वीकार गरे पनि पूर्ण रूपमा डोपिङमुक्त अवस्था हासिल गर्न भने कठिन हुने बताए । ‘तर सन् २०१५ मा हामीले यो यात्रा सुरु गर्दा जुन अवस्थामा थियौं, अहिलेको अवस्था त्यसको तुलनामा निकै अगाडि छ,’ उनले जानकारी गराए ।एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

भन्सार छलीका सामानसहित बारामा भारतीय नागरिक पक्राउ
ताजा खबरJust now

भन्सार छलीका सामानसहित बारामा भारतीय नागरिक पक्राउ

कलैया समाचारदाताबारा, असोज २९ गते । बाराका विभिन्न सीमा नाकामा सशस्त्र प्रहरी बलले गरेको निगरानी तथा जाँचका क्रममा भन्सार छली गरी नेपाल भित्र्याइएका करिब नौ लाख १० हजार रुपियाँ मूल... ...

गोरखापत्र
भारतबाट ल्याउँदै गरेको अवस्थामा १५ लाख मूल्यको मदिरा बरामद
ताजा खबरJust now

भारतबाट ल्याउँदै गरेको अवस्थामा १५ लाख मूल्यको मदिरा बरामद

प्रहरीले नवलपरासी पश्चिमबाट झण्डै १५ लाख रुपैयाँ बराबरको अवैध मदिरा बरामद गरेको छ।  भारतबाट भन्सार छली ल्याइएको अवस्थामा सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा गएराति बरामद गरिएको प्रहरीले जनाएको छ। भारतबाट अवैध रूपमा भन्सार छलेर ११ वटा हरियो ठूलो झोलामा ल्याइएको मदिरा बरामद भएको हो।... ...

नेपालखबर
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
ताजा खबरJust now

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानमा सहभागी श्री नयाँ गोरख गण (शान्ति सेना) १५ औँ डफ्फाको बदली भएको छ । श्री नारायणदल गण (शान्ति सेना)... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play