काठमाडौंको माछापोखरीमा झगडा हुँदा एक जनाको मृत्यु, एक जना पक्राउ

काठमाडौ । काठमाडौंको माछापोखरी चोकमा आपसी विवादका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका– १६ स्थित माछापोखरी चोकको सडकखण्डमा शुक्रबार राति करिब १२:१२ बजे हिँडिरहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका– ७ घर भई हाल काठमाडौंको बल्खुमा बस्दै आएका २० वर्षीय अर्जुन ताम्राकार र नुवाकोटको पञ्चकन्या गाउँपालिका– ४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका– ९, मनमैजुमा बस्दै आएका २० वर्षीय सुवाश तामाङबीच विवाद भएको थियो । विवादले झगडाको रूप लिएपछि तामाङ लडेर अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्काल उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पताल लगिएको थियो । उपचारकै क्रममा शनिबार दिउँसो १:३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले कुटपिटमा संलग्न रहेको आरोपमा ताम्राकारलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । The post काठमाडौंको माछापोखरीमा झगडा हुँदा एक जनाको मृत्यु, एक जना पक्राउ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

संयुक्त राष्ट्र संघको हानी तथा नोक्सानी कोषले नेपाललाई साढे ३ अर्ब दिने, बोलाइयो विशेष बैठक
नेपाललाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचनाअन्तर्गतको हानी तथा जोखिम सम्बोधन कोष (फन्ड फर रेस्पोन्डिङ टू लस एन्ड ड्यामेज)ले नेपाललाई २ करोड अमेरिकी डलर (करिब ३ अर्ब ४१ करोड ६२ लाख रुपैयाँ) उपलब्ध गराउने प्रस्ताव तयार भएको छ। भोटेकोसी बाढीबाट प्रभावित नेपाललाई पुनःस्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराउने भएको हो। उक्त रकम उपलब्ध गर... ...

पाथीभरामा तीन महिनामा २० हजार बढी तीर्थालु, ३३ लाख भेटी संकलन
काठमाडौं। ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिरमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २० हजार ५२२ जना तीर्थालुले दर्शन गरेका छन् । यस अवधिमा मन्दिरमा ३३ लाख २६ हजार ६५० रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउन, भदौ र असोज महिनामा मन्दिर दर्शन गर्ने तीर्थालुको संख्या क्रमशः बढ्दै गएको छ। साउनमा २ हजार ४६९, भदौमा ६ ...

क्यानडासँग नेपाल पराजित
काठमाडौं । आइसीसी लिग २ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग पराजित भएको छ। ओमानमा भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको हो। महत्त्वपूर्ण खेलमा नेपाल पराजित भएको हो। लिग २ को अन्तिम ६ भित्र समेटिन अब नेपालले अन्तिम खेलमा ओमानलाई हराउनैपर्ने हुन्छ। क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपालले २३२ रनमा अलआउट भयो। नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ८७ रन बनाए। त्यस्तै ...

पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती
काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भित्राइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा […] ...


