पाथीभरामा तीन महिनामा २० हजार बढी तीर्थालु, ३३ लाख भेटी संकलन

काठमाडौं। ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिरमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २० हजार ५२२ जना तीर्थालुले दर्शन गरेका छन् । यस अवधिमा मन्दिरमा ३३ लाख २६ हजार ६५० रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउन, भदौ र असोज महिनामा मन्दिर दर्शन गर्ने तीर्थालुको संख्या क्रमशः बढ्दै गएको छ। साउनमा २ हजार ४६९, भदौमा ६ हजार १२३ र असोजमा ११ हजार ९३० जना तीर्थालुले मन्दिरको दर्शन गरेका छन् । तीन महिनाको कुल तीर्थालु संख्यामध्ये आधाभन्दा बढीले असोज महिनामा दर्शन गरेका हुन् । तीर्थालुको आगमनसँगै मन्दिरमा संकलित भेटी रकम पनि बढेको छ । साउनमा ३ लाख १८ हजार ५००, भदौमा १३ लाख ६७ हजार र असोजमा १६ लाख ४१ हजार १५० रुपैयाँ भेटी संकलन भएको कार्यकारी निर्देशक हाङवाङले जानकारी दिए । पाथीभरा क्षेत्र विकास समितिले मन्दिरमा दर्शन गर्न आउने तीर्थालुको संख्या र संकलित भेटीको विवरण हरेक महिना सार्वजनिक गर्दै आएको छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित
आइसिसी विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत क्यानडाविरुद्ध नेपाल २४ रनले पराजित भएको छ । आज भएको खेलमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४६ ओभरमा २३२ रनमै अलआउट भयो । ...

हनुमानढोकामा भित्र्याइयो फूलपाती, टुँडीखेलमा बढाइँ (तस्बिरहरू)
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ सम्पन्न भएको छ। नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गरेको हो। समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शनका साथै सैनिक हेलिकप्टरमार्फत ‘फूलपाती बढाइँ समारोह-२०८३&rsqu... ...

चेल्सीको जितमा नेटोको दुई गोल
एभरटन भने हारपछि १० अंकमा सीमित रहेर छैटौं स्थानमा रह्यो । यो नतिजाले एभरटनको यो सिजन लिगमा अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । ...

शङ्कास्पद अवस्थामा शव फेला, पाँच युवा पक्राउ
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको हत्या आरोपमा पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हर्कु शुक्रबार बिहान आफ्नै गाउँमा शङ्कास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले... ...


