पत्रकार किशोर श्रेष्ठकाे गिरफतारी सत्ताको आडमा भएको स्वेच्छाचारी शैली : नेपाल पत्रकार महासंघ

काठमाडौं, असाेज ३१ । नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले श्रेष्ठलाई तत्काल रिहा गर्न माग गर्दै समाचारको विषयमा असन्तुष्टि भए सम्बन्धित निकायमार्फत समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले साइबर ब्युरोमा दिएको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाइएको हाे । विज्ञप्तिअनुसार पन्तले आफ्नो चरित्र हत्या गरिएको विषयमा उजुरी दिनुभएको थियो। उक्त उजुरीलाई लिएर एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोलीले श्रेष्ठलाई आज ललितपुरको नख्खुस्थित उहाँकै निवासबाट पक्राउ गरेको महासंघले जनाएको छ। श्रेष्ठले पनि पन्तकाे विरुद्ध उजुरु दिनुभएकाे भए पनि त्यस माथि कारबाही भएकाे छैन । महासंघले समाचारमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ। समाचारसम्बन्धी विवाद समाधानका लागि स्थापित विधिसम्मत प्रक्रियालाई बेवास्ता गर्दै साइबर ब्युरोमार्फत पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रता र संवैधानिक अधिकारसँग सम्बन्धित गम्भीर विषय भएको महासंघको ठहर छ। समाचारमा चित्त नबुझेमा सम्बन्धित निकायमार्फत समाधान खोज्न सम्बन्धित पक्षलाई महासंघले आग्रह गरेकाे छ । महासंघले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्दै राज्यसत्ताको आडमा पत्रकारलाई पक्राउ गर्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यताविरुद्ध सन्देश जाने उल्लेख गरेको छ। यस्तो प्रवृत्तिले प्रेस स्वतन्त्रतालाई खुम्च्याउने खतरा बढाएको महासंघको भनाइ छ। त्यसैगरी, प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्यसत्ताको आडमा यस्तो कार्य हुनु प्रेस स्वतन्त्रतासम्बन्धी स्थापित मान्यताविपरीत रहेको महासंघले जनाएको छ। समाचारमा चित्त नबुझेका विषय भए प्रचलित र स्थापित विधिअनुरुप समाधान नखोजी साइबार व्यूरोमार्फत पक्राउ गर्नु प्रेस स्वतन्त्रता र संविधानविरुद्ध रहेको महासंघको ठहर छ । यो घटनाले लोकतान्त्रिक मूल्य-मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई खिल्ली उडाउने काम गरेको महासंघको बुझाइ छ । ‘महासंघ प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्य सत्ताको आडमा भएको यो स्वेच्छाचारी शैलीप्रति खेद प्रकट गर्दै कडा भर्त्सना गर्दछ, महासंघ प्रेसविरोधी यस्ता व्यवहार सच्याउन तथा पत्रकार श्रेष्ठलाई बिनाशर्त तत्काल रिहा गर्न सरकारको ध्यानाकर्षण गराउदै समाचारको विषय भए सम्बन्धित निकायमार्फत समाधान खोज्न सम्बद्ध पक्षलाई सचेत गराउँदछ’, विज्ञप्तिमा उल्लेख छ । साथै, आफ्नो क्षेत्राधिकारको विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाललाई पनि महासंघले आग्रह गरेको छ। महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको अधिकारको सम्मान र समाचारसम्बन्धी विवादको कानुनसम्मत समाधानका लागि सम्बन्धित सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरेको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

रुसमाथि प्रतिबन्ध लगाउन जेलेन्स्कीको अनुरोध, ट्रम्पको निर्णयप्रति असन्तुष्टि
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि नयाँ अमेरिकी प्रतिबन्ध लगाउने पक्षमा आवाज उठाउन आफ्ना समर्थकहरूलाई आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी अर्थतन्त्रलाई लक्षित गरी प्रस्तावित व्यापक प्रतिबन्धहरू अघि बढ्न नदिने निर्णय गरेको केही घण्टापछि जेलेन्स्कीले यस्तो आग्रह गरेका हुन् । ह्वाइट हाउसको यस निर्णयले युक्रेनमाथि रुसको आक्रमण तीव्र भइरहेका बेला र जाडो मौसम नजिकिँदै गर्दा युक्रेनको सुरक्षा जोखिम थप ...

शपथ ग्रहणपछि गगन थापाको प्रतिबद्धता : कांग्रेसलाई नागरिकले विश्वास गर्ने पार्टी बनाउँछु
ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको भरोसायोग्य, वैचारिक र सामाजिक आन्दोलनको नेतृत्व गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय निर्वाचन समितिद्वारा शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित नवनिर्वाचित पार्टी सभापतिको शपथपछि सम्बोधन गर्दै उनले लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायलाई पार्टीका प्रमुख आधार बनाउने बताए […] ...

नवरात्रको सातौँ दिन : शक्तिपीठमा भक्तजनको भीड
दुर्गापक्षको सातौँ दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि लामो लाम लागेको छ । सामान्य अवस्थामा पनि शनिबार परेका दिन देवी मन्दिरमा भक्तजनको भीड लाग्ने गरेकामा आज दसैँको सातौँ दिन अर्थात् फूलपाती भएकाले लामो लाम लागेको हो । राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बङ्गलामुखी, ...

कांग्रेस सभापति गगन थापाले लिए शपथ, गरे नागरिकप्रतिको दायित्व पूरा गर्ने प्रतिबद्धता
काठमाडौं, असोज ३१। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले शनिबार शपथ ग्रहण गर्नुभएको छ। उहाँले आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा शपथ लिनुभएको हो। सभापतिमा श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएका थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको थियो भने खड्ग्गीले ३७५ मत प्राप्त गर्नुभएको थियो। शपथ ग्रहणपछि सभापति थापाले पार्टीको नेतृत्वमा निर्वाचित भएपछि आफूले फरक ...


