Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/कांग्रेस सभापति गगन थापाले लिए शपथ, गरे नागरिकप्रतिको दायित्व पूरा गर्ने प्रतिबद्धता

कांग्रेस सभापति गगन थापाले लिए शपथ, गरे नागरिकप्रतिको दायित्व पूरा गर्ने प्रतिबद्धता

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस सभापति गगन थापाले लिए शपथ, गरे नागरिकप्रतिको दायित्व पूरा गर्ने प्रतिबद्धता

काठमाडौं, असोज ३१। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले शनिबार शपथ ग्रहण गर्नुभएको छ। उहाँले आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा शपथ लिनुभएको हो। सभापतिमा श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएका थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको थियो भने खड्ग्गीले ३७५ मत प्राप्त गर्नुभएको थियो। शपथ ग्रहणपछि सभापति थापाले पार्टीको नेतृत्वमा निर्वाचित भएपछि आफूले फरक अनुभूति गरेको बताउनुभयो। विगतमा विभिन्न संघर्ष गर्दै यहाँसम्म आइपुगेको उल्लेख गर्दै उहाँले पद प्राप्तिलाई आफ्नो यात्राको मूल उद्देश्यका रूपमा नलिएको स्पष्ट पार्नुभयो। ‘पदहरू भनेका काम गर्ने क्रममा जोडिएर आउने कुरा हुन्, यो पदको जिम्मेवारी लिन्छु भनेर सुरु गरेको यात्रा होइन,’ उहाँले भन्नुभयो। सभापति थापाले शपथ ग्रहणलाई केवल औपचारिकताका रूपमा लिन नहुने बताउनुभयो। शपथका क्रममा व्यक्त गरिएका प्रतिबद्धताको वास्तविक परीक्षण आगामी यात्रामा हुने उहाँको भनाइ थियो। विशेषगरी कठिन परिस्थितिमा आफूले लिने निर्णय र निर्वाह गर्ने भूमिकाबाट प्रतिबद्धताको मूल्यांकन हुने उहाँले उल्लेख गर्नुभयो। ‘शपथमा जे बोलें, जे भनें, त्यसको परीक्षण अगाडिको यात्राले बताउनेछ। गाह्रो समयमा मैले निर्णय कसरी लिन्छु भन्ने कुराबाट नै बोलेका कुराको परीक्षण हुन्छ,’ उहाँले भन्नुभयो। उहाँले नेपाली कांग्रेसको सभापतिको जिम्मेवारीलाई व्यक्तिगत पद, प्रतिष्ठा वा अहंकारका रूपमा बुझ्न नहुनेमा जोड दिनुभयो। पार्टीका संस्थापक तथा अग्रज नेताहरूले अघि बढाउनुभएको राजनीतिक विरासतसँग यो जिम्मेवारी जोडिएको उल्लेख गर्दै उहाँले नागरिकप्रतिको दायित्व पूरा गर्नु आफ्नो प्रमुख जिम्मेवारी भएको बताउनुभयो। सभापति थापाले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायत नेताहरूले निर्वाह गर्नुभएको ऐतिहासिक भूमिकाको स्मरण गर्दै आफूले पाएको जिम्मेवारीलाई त्यही विरासतसँग जोडेर हेरेको बताउनुभयो। ‘नेपाली कांग्रेसको सभापतिको जिम्मेवारी सामान्य होइन, बीपी, गणेशमान, किसुनजी, गिरिजाप्रसाद कोइरालालगायतले लिनुभएको जिम्मेवारी हो, यो अहंकारको श्रीपेच पनि होइन, यो जिम्मेवारी भनेको नागरिकको जिम्मेवारी पूरा गर्नका लागि भूमिका दिएको हो, पार्टीको विरासत जोगाउने जिम्मेवारी हो,’ उहाँले भन्नुभयो। यसैबीच, अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण र शपथ ग्रहण गराउने कार्यक्रम दशैँपछि गर्ने तय भएको छ। नयाँ केन्द्रीय समितिका सदस्यहरूले शपथ लिएपछि कार्यसमितिको पहिलो बैठक बस्नेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

रिहा भए किशोर श्रेष्ठ, के भयो सहमति ?
राजनीतिJust now

रिहा भए किशोर श्रेष्ठ, के भयो सहमति ?

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ साइबर ब्यूरोबाट रिहा भएका छन् । समाचारसम्बन्धी विवादमा प्रेस काउन्सिल नेपालमा छलफल गर्ने सहमतिपछि उनलाई रिहा गरिएको जनआस्था अनलाइनका प्रबन्ध सम्पादक राजेन्द्र रिमालले जानकारी दिए । रिमालका अनुसार समाचारप्रति असन्तुष्टि भए प्रेस काउन्सिलमा जाने विषयमा उजुरीकर्ता हिमेश पन्त सहमत भएका छन् । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार पन्तले दिएको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई शनिबार ललितपुरको ...

फरकधार
विश्वकप लिग-२ सिरिज : क्यानडाविरुद्ध नेपाल २४ रनले पराजित
राजनीतिJust now

विश्वकप लिग-२ सिरिज : क्यानडाविरुद्ध नेपाल २४ रनले पराजित

आइसिसी विश्वकप लिग–२ अन्तर्गत शनिबार भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ । क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमा समेटियो । नेपालका अर्जुन कुमालले ८७ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । उनले ११२ बलमा चार चौकासहित उक्त रन जोडे । दीपेन्द्रसिंह ऐरीले २७, ईशान पाण्डे र गुलशन झाले समान २१ तथा आसिफ ...

फरकधार
मंगल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार
राजनीतिJust now

मंगल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली र नक्सा तयार गरेका छन् । यसले भविष्यमा मंगल ग्रहमा अन्वेषण, मानव बस्ती स्थापना तथा खाद्य उत्पादनका लागि सम्भावित स्थान पहिचान गर्न वैज्ञानिकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयद्वारा जारी विज्ञप्तिअनुसार, अनुसन्धानकर्ताहरूले मंगल ग्रहका करिब ८० करोड स्थानलाई वर्गीकरण गर्दै माटोका दुई हजार प्रकार पहिचान गरेका छन् । कक्षीय ...

फरकधार
रुसमाथि प्रतिबन्ध लगाउन जेलेन्स्कीको अनुरोध, ट्रम्पको निर्णयप्रति असन्तुष्टि
राजनीतिJust now

रुसमाथि प्रतिबन्ध लगाउन जेलेन्स्कीको अनुरोध, ट्रम्पको निर्णयप्रति असन्तुष्टि

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि नयाँ अमेरिकी प्रतिबन्ध लगाउने पक्षमा आवाज उठाउन आफ्ना समर्थकहरूलाई आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी अर्थतन्त्रलाई लक्षित गरी प्रस्तावित व्यापक प्रतिबन्धहरू अघि बढ्न नदिने निर्णय गरेको केही घण्टापछि जेलेन्स्कीले यस्तो आग्रह गरेका हुन् । ह्वाइट हाउसको यस निर्णयले युक्रेनमाथि रुसको आक्रमण तीव्र भइरहेका बेला र जाडो मौसम नजिकिँदै गर्दा युक्रेनको सुरक्षा जोखिम थप ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play