विश्वकप लिग-२ सिरिज : क्यानडाविरुद्ध नेपाल २४ रनले पराजित

आइसिसी विश्वकप लिग–२ अन्तर्गत शनिबार भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ । क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमा समेटियो । नेपालका अर्जुन कुमालले ८७ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । उनले ११२ बलमा चार चौकासहित उक्त रन जोडे । दीपेन्द्रसिंह ऐरीले २७, ईशान पाण्डे र गुलशन झाले समान २१ तथा आसिफ शेखले २० रन बनाए । क्यानडाका सुखजिन्दर सिंहले तीन तथा कलीम सना र शील पटेलले दुई/दुई विकेट लिए । यसअघि अलअमरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा २...
Read Complete Original Article
Published originally on फरकधार
Related News

पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती
आश्विन शुक्ल सप्तमीका दिन आज अपरान्ह पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भ्यिाइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, ...

रिहा भए किशोर श्रेष्ठ, के भयो सहमति ?
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ साइबर ब्यूरोबाट रिहा भएका छन् । समाचारसम्बन्धी विवादमा प्रेस काउन्सिल नेपालमा छलफल गर्ने सहमतिपछि उनलाई रिहा गरिएको जनआस्था अनलाइनका प्रबन्ध सम्पादक राजेन्द्र रिमालले जानकारी दिए । रिमालका अनुसार समाचारप्रति असन्तुष्टि भए प्रेस काउन्सिलमा जाने विषयमा उजुरीकर्ता हिमेश पन्त सहमत भएका छन् । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार पन्तले दिएको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई शनिबार ललितपुरको ...

मंगल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार
अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली र नक्सा तयार गरेका छन् । यसले भविष्यमा मंगल ग्रहमा अन्वेषण, मानव बस्ती स्थापना तथा खाद्य उत्पादनका लागि सम्भावित स्थान पहिचान गर्न वैज्ञानिकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयद्वारा जारी विज्ञप्तिअनुसार, अनुसन्धानकर्ताहरूले मंगल ग्रहका करिब ८० करोड स्थानलाई वर्गीकरण गर्दै माटोका दुई हजार प्रकार पहिचान गरेका छन् । कक्षीय ...


